१६-३२ साउन २०६९ | 31 July-16 August 2012

'मनि एक्स्पो २०१२' भदौमा

Share:
  


'आर्थिक अभियान' राष्ट्रिय दैनिक तथा ज्याम्ब टेक्नोलजिज्द्वारा १५–१७ भदौमा काठमाडौंको भृकुटीमण्डपमा 'मनि एक्स्पो २०१२' को आयोजना हुने भएको छ। माइण्डस् नेपाल प्रा.लि. र मर्निङ्गस्टार इन्भेष्टमेन्टको सहयोगमा हुने एक्स्पो वर्षकै ठूलो वित्तीय तथा लगानी मेला हुने आयोजकको दाबी छ। तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा व्यापार, लगानी, ब्याङ्किङ, बीमा, म्युचुअल फण्ड, शेयर, कर रणनीति, कमोडिटिज र व्यक्तिगत लगानीबारे छलफल हुनेछ।

एफ–१८ इनर्जी ड्रिङ्क्स
नेपालमा वाइन आयात गरिरहेको मार्क डेभिन्सन प्रालिले फेसन टिभी (एफटिभी) द्वारा उत्पादित एफ–१८ नामक इनर्जी ड्रिङ्क्स नेपाल भित्र्याएको छ।

ज्यास्मिन हेयर आयल
डाबर नेपालले ज्यास्मिन हेयर आयल बजारमा ल्याएको छ। प्राकृतिक ज्यास्मिन युक्त यो लाइट हेयर आयलले कपाल सुगन्धित बनाई सुन्दर र चम्किलो बनाउने कम्पनीको दाबी छ। ५०, १०० र २०० मि.लि. का प्याकमा उपलब्ध हेयर आयलको मूल्य क्रमशः रु.३०, रु.५५ र रु.१०० तोकिएको छ।

केटीएम को सर्भिस सेन्टर
केटीएम मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको गैह्रीधारामा नयाँ सर्भिस सेन्टर खोलेको छ। सर्भिस सेन्टरले कावासाकी निन्जा मोटरसाइकलको लागि सर्भिसिङ सेवा प्रदान गर्नेछ।

स्कोडा र्‍यापिडको बुकिङ
स्कोडा को नेपालस्थित अधिकृत बिक्रेता एम.ए.डब्लू इन्टरप्राइजेजले नयाँ सेडान गाडी र्‍यापिड को बुकिङ खुला गरेको छ। एक्टीभ, एम्बीएशन र एलिगेन्स गरी तीन फरक मोडलको मूल्य क्रमशः रु.३१ लाख २५ हजार, रु.३३ लाख ७५ हजार र रु.३६ लाख ९५ हजार छन्।

स्प्राइट बाटो क्लियर
टिभी, रेडियो र छापामार्फत सञ्चालित 'स्प्राइट बाटो क्लियर छ' योजना शुरू भएको एक सातामै पहिलो तीन विजेता घोषणा गरिएको स्प्राइटले जनाएको छ।
नाफामा पोखराका ब्याङ्क

पोखरामा केन्द्रीय कार्यालय रहेका विकास ब्याङ्कहरुले गत आर्थिक वर्ष २०६८/६९ मा उल्लेख्य नाफा कमाएको जनाएका छन्। जोखिम निवारणमा चनाखो हुँदा नाफा वृद्धि भएको ब्याङ्करहरू बताउँछन्।

अघिल्ला वर्षको तुलनामा ७२ प्रतिशत वृद्धि गरी रु.८ करोड सञ्चालन मुनाफा आर्जन गरेको सांग्रिला डेभलपमेन्ट ब्याङ्क ले निक्षेप र कर्जा क्रमशः रु.२ अर्ब ५७ करोड र रु.२ अर्ब १२ करोड पुर्‍याएको कामु प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए। सिटी डेभलपमेन्ट ब्याङ्क ले रु.२ अर्ब ३३ करोड निक्षेप संकलन गरी रु.१ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए।

गरिमा विकास ब्याङ्क ले गत आवमा रु.७ करोड ८४ लाख खुद मुनाफा आर्जन गरेको छ। सो अवधिमा निक्षेप रु.२ अर्ब १५ करोड तथा कर्जा लगानी रु.१ अर्ब ६७ करोड पुगेको र निष्त्रि्कय कर्जा १ प्रतिशतभन्दा कम रहेको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल बताउँछन्। विश्व विकास ब्याङ्क ले रु.२ अर्ब २७ करोड निक्षेप र रु.१ अर्ब ९२ करोड कर्जा प्रवाह गरी रु.८ करोड ४२ लाख सञ्चालन मुनाफा कमाएको प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले बताए।

मुक्तिनाथ विकास ब्याङ्क को सञ्चालन मुनाफा रु.११ करोड ५२ लाख तथा निक्षेप परिचालन रु.२ अर्ब ७५ करोड तथा कर्जा लगानी रु.२ अर्ब १७ करोड पुगेको प्रमुख कार्यकारी अधिकृत भरतराज सुवेदी बताउँछन्। गण्डकी विकास ब्याङ्क ले भने रु.६ करोड ७ लाख सञ्चालन मुनाफा आर्जन गरेको जनाएको छ। निष्त्रि्कय कर्जा ०.२५ मात्र रहेको ब्याङ्कको निक्षेप रु.२ अर्ब ८ करोड र कर्जा लगानी रु.१ अर्ब ५० करोड छ। रु.५ करोड ५३ लाख नाफा पुगेको कामना विकास ब्याङ्क को निक्षेप रु.१ अर्ब ४८ करोड, कर्जा रु.१ अर्ब १६ करोड पुगेको प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए। मेट्रो डेभलपमेन्ट ब्याङ्क को रु.७५ करोड निक्षेप र रु.६१ करोड कर्जा लगानी भई रु.१ करोड ८५ लाख सञ्चालन मुनाफा आर्जन भएको प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद तिवारीको भनाइ छ। 

दुर्गाप्रसाद हुमागाईं, पोखरा

एभ्को ब्याट्री नेपालमा
बौद्ध इन्टरनेशनल प्रालिले भारतमा बनेको एभ्को ब्याट्री नेपाल भित्र्याएको छ। दुईपाङ्ग्रे सवारी साधनको लागि एभ्को ब्याट्री भारतकै प्रसिद्ध भएको कम्पनीको दाबी छ। एभ्को ले भारतमा ५७ वर्षदेखि विभिन्न सवारी साधनका ब्याट्री उत्पादन गर्दै आएको छ। 

मेगा ब्याङ्क नेपालले स्थापनाको दुई वर्षमा २८ शाखा स्थापना गरेको छ। आगामी तीन वर्षभित्र शाखा सङ्ख्या ५० पुर्‍याउने घोषणा गरेको ब्याङ्कको निक्षेप रु.९ अर्ब २० करोड र कर्जा ८ अर्ब छ।

एनएमबी ब्याङ्कले भिसा डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ। यो कार्डले नेपालसहित भारतका चार लाख एटीएम र पीओएसमा रकम झ्िक्न, सामान खरीद तथा भुक्तानी गर्न मिल्छ। 

comments powered by Disqus

रमझम