६-१२ चैत २०७३ | 19-25 March 2017

सम्भावनाशील

Share:
  

कुबेर डंगोल
अमेरिकामा अध्ययन गरिरहेकी १७ वर्षीया किशोरी सहारा कार्कीलाई निर्देशक तुलसी घिमिरले सोधे, 'फिल्म खेल्ने हो?' केही नसोची उनले फ्याट्ट जवाफ दिइन्, 'हुन्छ'। त्यसपछिको एक वर्ष सकसमा बिताएकी उनी २७ फागुनमा दर्पण छायाँ–२ प्रदर्शनमा आएपछि भने प्रफुल्ल छिन्। सहारा भन्छिन्, “सबैले राम्रै भनिराखेका छन्, खुशी छु।”

सहाराका लागि योभन्दा खुशीको कुरा त, धेरैले उनीमा निरुता सिंहको छायाँ देख्नु हो। १६ वर्षअघि घिमिरेकै निर्देशनमा बनेको सुपरहिट चलचित्र दर्पण छायाँ बाटै डेब्यू गरेकी निरुताको लोकप्रियता यति चुलियो कि डेढ दशकमा करीब चारदर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिन्।

सहाराको अभिनय क्षमतालाई पनि धेरैले 'सम्भावनाशील' भनी अर्थ्याएका छन्। तर, यस्तो प्रशंसा पाउनु उनका लागि सहज थिएन। “एकातिर अभिनय कहिल्यै नगरेको र अर्कोतिर नेपाली बोल्न र बुझ्नै गाह्रो”, उनी भन्छिन्, “बेला बेला काम गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो, तर निर्देशकले हौसला दिइराख्नुहुन्थ्यो।”

परिवारसँगै अमेरिकामा बस्दै आएकी उनी चलचित्रको प्रदर्शनसँगै उतै जाने तयारीमा छन्। विश्वविद्यालयको अध्ययन सकेर मात्र नेपाल फर्कने उनको लक्ष्य छ। त्यसो त अहिल्यै उनलाई चलचित्रका प्रस्तावहरु आउन थालिसकेका छन्। “पहिले पढाइ सक्छु अनि चलचित्र क्षेत्रमा लाग्छु”, वायो केमेस्ट्री विषयमा पढाइ थाल्ने तयारी गरिरहेकी उनी भन्छिन्।

बच्चु

comments powered by Disqus

रमझम