लम्बियो दिन !

Share:
  
- सन्त गाहा मगर
अँध्यारोबाट हैरान उपभोक्ता लोडशेडिङ हटेपछि दङदास भइरहँदा नेपाल विद्युत् प्राधिकरण आम्दानीसँगै ऊर्जा खपत बढाउने सुरमा लागेको छ ।

तस्वीरहरूः गोपेन र्राई
३० चैत साँझा हलचोकबाट देखिएको स्वयम्भू क्षेत्र ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली ३० चैतमा बालाजु सब-स्टेशन पुग्यो । प्रहरी टोली समेत लिएर गएका घिसिङ त्यहाँ आन्तरिक निर्देशन वा अनुगमनका लागि नभई प्राधिकरणको जमीन अतिक्रमण रोक्न पुगेका थिए । बालाजुमा प्राधिकरणको ३६ रोपनी दुइ आना जग्गा अतिक्रमणमा परेको छ । जग्गा अतिक्रमण विरुद्ध दायर मुद्दामा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले प्राधिकरणको पक्षमा फैसला सुनाइसकेको छ । अबको एक महीनाभित्र टेण्डर आहृवान गरेर त्यो जग्गामा तारबार गर्ने प्राधिकरणको तयारी छ ।

लोडशेडिङको समस्याबाट मुक्तिपछि आफ्नो स्वामित्वको जग्गा संरक्षणमा लागेको र बालाजुबाट त्यसको शुरूआत गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । उनका अनुसार, यसअघि लोडशेडिङले यसरी जकडेको थियो कि दायाँ-बायाँ हेर्ने फुर्सदै नभए जस्तो भयो । हो, लोडशेडिङको तालिका प्रकाशन गर्न छाडेको प्राधिकरण यतिबेला आफ्नो सम्पत्ति संरक्षणसँगै आम्दानी र विद्युत् खपत बढाउनेदेखि पुर्वाधार निर्माण र नयाँ आयोजनाहरूको अध्ययनसम्ममा जुटेको छ ।

नेपाललाई ३७५ मेगावाट विद्युत् अझै अपुग छ । पिक आवरको १२ सय ५० मेगावाट मागलाई प्राधिकरणको ३४६ मेगावाट, निजी क्षेत्रको १५० मेगावाट र भारतबाट आयात भइरहेको ३६० मेगावाटले धान्दैन । ९२ मेगावाटको कुलेखानी बाहेक सबै आयोजना रन अफ दि रिभर -बगेको पानीमा आधारित) भएकाले सुक्खा मौसममा दुइतिहाइ उत्पादन घट्छ । पर्याप्त विद्युत् नहुँदा-नहुँदै पनि आम उपभोक्तालाई उज्यालोमा राखेको प्राधिकरणले उद्योगमा भने अहिले पनि चारघण्टा लोडशेडिङ कायम राखेको छ । प्राधिकरण वैशाख अन्तिम वा जेठ पहिलो सातापछि उद्योगहरूमा पनि लोडशेडिङ हटाउने गरी काम गरिरहेको छ । यही हो, अहिलेको प्राधिकरण नेतृत्वको खासियत ।

देशभर १४ सय ४४ मेगावाट विद्युत् माग भएको गत लक्ष्मी पूजाका दिन पनि प्राधिकरणले लोडशेडिङ तालिका निकालेको थियो । त्यही दिन कार्यकारी निर्देशक घिसिङको दिमागमा मुलुकलाई लोडशेडिङ मुक्त बनाउन सकिने आत्मविश्वास पलाएको थियो । लोडशेडिङ नगर्न १५ सय ६० देखि १६ सय मेगावाट विद्युत् चाहिने प्राधिकरणको प्रक्षेपण थियो, तर पिक आवरको माग १३ सय मेगावाटबाट माथि उक्लेको थिएन । अनि घिसिङले पिक आवरमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाइदिन आग्रह गरे । "सफलता यहींनेर मिल्यो" घिसिङ भन्छन्, "आम जनताले त्यो आग्रह मान्दा देश लोडशेडिङ मुक्त भयो ।"

अब ध्यान आम्दानीमा

उज्यालोले उपभोक्तालाई खुशी र प्राधिकरणलाई आम्दानी बढाएको छ । गत वर्षरु.३२ अर्ब आम्दानी गरेको प्राधिकरण यो वर्षरु.४४ अर्ब पुर्‍याउने सुरमा छ । अघिल्लो वर्षो ५ हजार गिगावाट आवर विद्युत् बढेर ६ हजार गिगावाट आवर पुगेपछि आम्दानी स्वतः वृद्धि भएको हो । गत आर्थिक वर्षा प्राधिकरणको घाटा सवा नौ अर्ब थियो । अब चाहिं एक वर्षभत्रै नाफामा जाने गरी काम भइरहेको प्रवक्ता अधिकारी बताउँछन् । उनी भन्छन्, "अबको एक वर्षा मुनाफा आर्जन नै नभए घाटालाई शून्यमा झार्छ ।"

यो वर्षभारतबाट १ अर्ब ९७ करोड २० लाख युनिट विद्युत् ल्याउने योजना छ । गत आवमा १ अर्ब ७३ करोड ९ लाख युनिट ल्याइएको थियो । अघिल्लो वर्षन्दा २४ करोड ११ लाख युनिट बढी आयात हुने भए पनि व्ययभार करीब रु.१ अर्ब मात्रै बढी हुनेछ । प्राधिकरणले प्रतियुनिट रु.५.७६ देखि रु.९.७२ मा विद्युत् खरीद गरेको छ । यो दर विगतको तुलनामा सस्तो हो । यो वर्षकुल रु.१५ अर्ब बराबरको विद्युत् आयात हुँदैछ । विद्युत् चोरी नियन्त्रणबाट पनि आयमा बढोत्तरी भएको छ । गत वर्ष२५.७८ प्रतिशत विद्युत् चुहावट भएको थियो । अहिले ४ प्रतिशत चुहावट नियन्त्रण र त्यसबाट रु.१ अर्ब २० करोड आम्दानी भइसकेको छ । वितरण लाइन, प्रसारण लाइन र उत्पादनबाट हुने सबै चुहावट नियन्त्रण गर्न सक्दा २०१ मेगावाट विद्युत् स्वतः थपिने कार्यकारी निर्देशक घिसिङको हिसाब छ ।

कुल चुहावटको आधाभन्दा बढी प्राविधिक चुहावट छ । चोरी भएको विद्युत्को बिल भुक्तानी नहुने हुनाले प्राधिकरणलाई स्वतः घाटा छ । कुल गार्हस्थ उत्पादनमा भने त्यसले योगदान पुर्‍याउने राष्ट्रिय योजना आयोगका सदस्य डा. अरविन्दकुमार मिश्र बताउँछन् । तर, सबैखाले चुहावट नियन्त्रणमा विद्युत् प्राधिकरण कठोर हुनैपर्ने उनको सुझाव छ ।

चालू आवमा निजी क्षेत्रबाट १०५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ भने असार मसान्तसम्ममा ४५ मेगावाट थपिंदैछ । डेढ वर्षभत्र ६०० मेगावाट र तीन वर्षा १२ सय मेगावाट विद्युत् थपिंदैछ, जुन गत सय वर्षा प्राप्त गर्न नसकेको उपलब्धि हो । १९६८ सालमा फर्पिङमा ५०० किलोवाट क्षमताको प्लान्टबाट शुरू भएको नेपालको विद्युत् उत्पादन क्षमता १०५ वर्षन्दा बढी समयमा पनि ६०० मेगावाट नाघ्न सकेको छैन ।

आगामी वर्षमाथिल्लो तामाकोशी आयोजनाको ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि भने प्राधिकरणलाई विद्युत् खपत कसरी गर्ने भन्ने समस्या पर्ने देखिन्छ । तर, दोलखामा निर्माणाधीन तामाकोशीको दैनिक ब्याज नै रु.१ करोड भएकाले पनि निर्माण चाँडो सकेर विद्युत् खपत बढाउनुको विकल्प नरहेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । "तामाकोशी आयोजना सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने अवस्था आउन सक्छ" उनी भन्छन्, "त्यसकारण पनि देशभित्र खपत र बाहिर निर्यात बढाउने योजना बनाइरहेका छौं ।"

ऊर्जा मन्त्री जनार्दन शर्माले घोषणा गरेको १० वर्षा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य हासिल गर्न ३० हजार मेगावाट उत्पादन पुग्ने आयोजनाहरूबारे सोच्नुपर्ने घिसिङ बताउँछन् ।

'१० वर्षा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य भेट्न ३० हजार मेगावाट उत्पादन पुग्ने आयोजनाबारे सोच्नर्ुपर्छ ।'

कुलमान घिसिङ

कार्यकारी निर्देशक

नेपाल विद्युत् प्राधिकरण

निराशाको अन्त्य

स्वतन्त्र ऊर्जा उत्पादकहरूले वर्षोनि २०० देखि ३०० मेगावाटसम्म विद्युत् थप्दैछन् । उनीहरूको संस्था इप्पान, नेपालका पुर्व अध्यक्ष खड्गबहादुर विष्ट विद्युत्मा न्यूनतम आवश्यकता -थ्रेस होल्ड) पार गरिसक्दा नयाँ अवसरसँगै चुनौती थपिएको बताउँछन् । भारतसँग विद्युत् खरीद सम्झौता भए पनि नेपालले किन्न केही कठिनाइ भएको बताउँदै उनी भन्छन्, "नेपाल २०७४ को बर्खामै विद्युत् कहाँ बेच्ने भनेर सोच्ने अवस्थामा पुग्नु भनेको गर्वसँगै चुनौती पनि हो ।"

आपर्ूर्ति व्यवस्थापन, प्रसारण लाइन सुधार, उत्पादन वृद्धि, समान वितरण, उपभोक्ताको सहयोगलगायतका कारणले नेपालमा अहिले लोडशेडिङ हटेको छ । आर्थिक समृद्धिमा पनि यसले प्रभाव पार्ने नै छ । अर्थशास्त्रीहरू नियमित विद्युत् आपर्ूर्तिबाट उत्पादन लागत घट्नुको साथै भुक्तानी सन्तुलन कायम हुने बताउँछन् । तिनैमध्येका एक केशव आचार्य उत्पादन लागत घट्ने अवस्थामा लगानीकर्ता स्वतः आकषिर्त हुने बताउँछन् ।

बिजुली आपुर्तिले डिजल आयात घटाउँदा प्रदूषण पनि स्वतः न्यून हुन्छ । आर्थिक समृद्धि, स्वच्छ वातावरण जस्ता विषयमा परेको सकारात्मक असरको फाइदा देखिन केही समय लाग्न सक्छ । तर, लोडशेडिङबाट मुक्तिले यस्ता भौतिक उपलब्धिभन्दा ठूलो सफलता मनोवैज्ञानिक प्रभावमा देखाएको छ । 'चौबीसै घण्टा बत्ती जान्छ, केही हुँदैन' भन्ने विभिन्न पेशा, उमेर समूहमा भएको निराशा उज्यालोले हटाएको छ । निष्त्रिmय बस्नेहरूमा समेत 'वरको सिन्को पर सार्ने' दबाब र उत्साह थपेको छ । "नेपालीलाई 'फिल गुड' गराउनु उज्यालोको सबभन्दा ठूलो उपलब्धि हो" अर्थशास्त्री आचार्य भन्छन्, "यो देशमा केही हुँदैन भन्नेहरूलाई मुख चलाउन छाडेर काममा अग्रसर हुने प्रेरणा हो ।"

विद्युत् आधुनिक जीवनको अनिवार्य आवश्यकता बनिसकेको परिवेशमा लोडशेडिङ नहुनुको सीधा प्रभाव दैनिक जनजीवनमा पर्छ । समाजशास्त्री चैतन्य मिश्र लोडशेडिङ हटेपछि सरकारको आलोचना समेत घटेको बताउँछन् । उनको विचारमा, १६ घण्टे लोडशेडिङ भोगिरहेकाहरूलाई नियमित विद्युत् भनेको दिन लम्बिए सरह हो । "लम्बिएको दिनले उत्पादन वृद्धि मात्र होइन, समाजका हर अवयवलाई चलायमान बनाएको छ" मिश्र भन्छन्, "सकारात्मक सोच बढाएको छ ।"

comments powered by Disqus

रमझम