११-१७ असार २०७४ | 25 June - 1 July 2017

विद्यालय संचालकहरूको सुझाव

Share:
  

सुरेन्द्र सुवेदी

प्राचार्य, नेशनल मावि

कुन विद्यालय कस्तो छ भनेर छुट्याउने सबभन्दा बलियो आधार प्लस टुको रिजल्ट हो। प्लस टुको रिजल्ट र विद्यार्थीको सर्वाङ्गीण विकासको आधार गुणस्तरीय टिचिङ फ्याकल्टी र उचित भौतिक वातावरण हो, जसलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं। आन्तरिक परीक्षाको रिजल्टका आधारमा छात्रवृत्तिको व्यवस्था समेत गरेका छौं। त्यसैगरी अनुशासन र विद्यार्थीकेन्द्रित सिकाइ हाम्रो विशेषता हो।

डा. एसपी सिंह,

अध्यक्ष, पेन्टागन इन्टरनेशनल कलेज

एसईईपछि कुन विषय पढ्न पाइन्छ भन्ने द्विविधा विद्यार्थीमा छ। नतिजाका कारणले पनि केही विद्यार्थीले रोजेको विषय पढ्न पाउँदैनन्। आफ्नो नतिजाबारे प्रष्ट भएर विषय छनोट गर्नुपर्छ। अभिभावक र विद्यार्थी दुवैको सहमतिमा विषय छान्नु उपयुक्त हुन्छ। विद्यालय छान्दा पढाइ, भौतिक पूर्वाधार, प्रयोगशालाका साथै शिक्षकबारे बुझ्नुपर्छ। पढ्न खोजेको विद्यालयको नतिजा पनि हेर्नुपर्छ।

हरिसिंह केसी

सहायक प्राचार्य, साउथ वेस्टर्न स्टेट कलेज

हामीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै अनुसन्धान र सामाजिक गतिविधिमा आधारित अध्यापन गराइरहेका छौं। उत्कृष्ट नतिजा, गुणस्तरीय टिचिङ फ्याकल्टी र उचित भौतिक वातावरण हाम्रा मुख्य विशेषता हुन्। साथै विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउन, मानवीय मूल्य–मान्यता बुझाउन प्रतिबद्ध छौं।

प्रा. डा. श्रीराम भगत माथेमा

अध्यक्ष तथा प्राचार्य, जेभियर एकेडेमी

विद्यार्थीले रुचिको विषय नै छान्नुपर्छ। अभिभावकले पनि छोरीछोरीको रुचि बुझेर साथ दिनुपर्छ। जुन विद्यालयमा पढ्ने हो सो विद्यालयको विगतको रिजल्ट तथा शैक्षिक र भौतिक वातावरण पनि ख्याल गरेर भर्ना गर्नुपर्छ। विद्यार्थीको चौतर्फी विकासको लागि कलेजले दिने सेवा तथा सुविधाबारे अभिभावक र विद्यार्थी दुवै सचेत हुनुपर्छ।

प्रा. डा. चिन्तामणि पोखरेल

प्राचार्य, काठमाडौं मोडेल कलेज

मुख्यतः विद्यालयको शैक्षिक गुणस्तर बुझ्नुपर्दछ। विगतमा विद्यालयको नतिजा, शिक्षक र सञ्चालकको योग्यता, अनुभव तथा आफूलाई पायक पर्ने स्थानको विद्यालय छनोट गर्दा प्रभावकारी हुन्छ। कलेजको वातावरण, पूर्वाधार, अध्यापन पद्धति, नतिजा सबै कुरामा ध्यान दिनुपर्छ।

रमण कर्ण

सञ्चालक, चाणक्य कलेज

यो वर्षको कक्षा १२ को नतिजामा उत्कृष्ट १० मध्ये चार जना हाम्रै कलेजका विद्यार्थी छन्। यो नतिजाले हाम्रो उत्कृष्टता प्रमाणित गरेको छ। विद्यार्थीकेन्द्रित र व्यावहारिक पढाइ हाम्रो प्रमुख विशेषता हो। पढाइसँगै अतिरिक्त क्रियाकलापलाई त्यतिकै महत्व दिएका छौं।

ध्रुव पौडेल

सहायक प्राचार्य, माइलस्टोन कलेज

अरूको लहैलहैमा भन्दा पनि आफूले पढ्न सक्ने, रुचि भएको र भविष्यमा राम्रो गर्न सक्छु भन्ने विषय छान्न उपयुक्त हुन्छ। कलेज सञ्चालक, शिक्षक, शैक्षिक र भौतिक वातावरण पनि हेर्न जरूरी छ। अनुशासनमा कडाइ गर्ने, विद्यार्थीलाई व्यक्तिगत रूपमा ध्यान र परामर्श दिने विद्यालय छान्नुपर्छ।

पवनकुमार थापा

प्रबन्ध निर्देशक, बेलोर एकेडेमी

पढाउने शैली, विगतको नतिजाको साथमा पुस्तकालय, सूचना र प्रविधिमैत्री विद्यालय छनोट गर्नुपर्छ। महँगो शुल्क र तामझाम भएको भन्दा गुणस्तरीय शिक्षा दिने विद्यालय छान्नुपर्छ।

पीताम्बर पन्त

सहायक प्राचार्य, ओमेगा कलेज

विद्यार्थीले छनोट गर्ने विषयको 'स्कोप' ख्याल गर्नुपर्छ। शिक्षण सिकाइको लागि आवश्यक पर्ने पूर्ण शैक्षिक सामग्री र पुस्तकालय भएको विद्यालय छनोट गर्नुपर्छ। त्यस्तै विद्यालयमा कुन तरिकाले पढाइ हुन्छ, यसअघिको नतिजा कस्तो छ, प्रयोगात्मक ज्ञानलाई कत्तिको प्राथमिकता दिइन्छ भनेर पनि हेर्नुपर्छ।

दशरथ श्रेष्ठ

निर्देशक, नासा कलेज

हामीकहाँ एकदमै गुणस्तरीय शिक्षकको टीम छ। शिक्षण सिकाइको लागि आवश्यक सबै शैक्षिक सामग्री र भौतिक संरचनाले सम्पन्न छ। त्यसका साथै विद्यार्थीकेन्द्रित पढाइ हाम्रो कलेजको बलियो पक्ष हो।

एच.सी. लामिछाने

प्राचार्य, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर

शिक्षकको टीम, उत्तीर्ण विद्यार्थीको अवस्था, भौतिक तथा शैक्षिक वातावरण आदिबारे जानकारी लिएर कलेज छान्नुपर्छ। कलेजबाट आफूले पाउने सुविधा र सुरक्षित हुने वातावरणमा पनि ध्यान दिनुपर्छ। पढाउने मात्रै नभएर विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउने, व्यावहारिक ज्ञान सिकाउने विद्यालय छान्नुपर्छ। विद्यार्थीले अभिभावकसँग सल्लाह गरेर, योजना बनाएर पढ्न सक्ने र रुचिको विषय रोज्नुपर्छ।

वरुण पन्थी

निर्देशक (प्लस टु),

नेपाल मेगा कलेज

औसत शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो मुख्य जोड हो। पाठ्यक्रममा आधारित सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक शिक्षामा पनि विशेष ध्यान दिएका छौं। पढाउनुभन्दा सिकाउनुमा हामी बढी केन्द्रित छौं।

भुवनकुमार वाग्ले

प्रमुख कार्यकारी अधिकृत

होलिभिजन कलेज

हामी प्रोजेक्टरको माध्यमबाट पढाउँछौं। प्रविधि प्रयोग र प्रयोगात्मक कक्षामा विशेष जोड रहेको छ। पाठ्यक्रमका साथै अनुसन्धानमा केन्द्रित छौं। एउटा कक्षामा ३० जना मात्र विद्यार्थी राखेर पढाउँछौं। शिक्षण पद्धतिलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ भन्ने हाम्रो जोड हो।

इन्द्र सुवेदी

कार्यकारी निर्देशक, किष्ट कलेज

सञ्चालक र शिक्षक टीमको जानकारी लिएर कलेज छान्नुपर्छ। नतिजा कस्तो छ? विगतका विद्यार्थी कहाँ के गर्दैछन् भन्ने जानकारी पनि लिनुपर्छ। त्यसका साथै पर्याप्त भौतिक सुविधा, अनुशासन र अतिरिक्त क्रियाकलापलाई जोड दिने विद्यालय रोज्नु उपयुक्त हुन्छ।

पुरुषोत्ताम बिष्ट

प्राचार्य, अरनिको स्कूल

अभिभावकको जोडबल भन्दा विद्यार्थीले आफ्नो रुचिको विषय छनोट गर्नुपर्छ। अभिभावकले पनि छोराछोरीलाई कुनै निश्चित विषय पढ्नलाई दबाब दिनुको साटो उसको रुचिलाई ख्याल गरेर सहयोग गर्नुपर्छ। साथै घर नजिकैको विद्यालय, विगतको नतिजा, विगतका विद्यार्थी कहाँ के गर्दैछन् आदि कुरा ख्याल गरेर भर्ना हुनुपर्छ।

केशवप्रसाद जोशी

कार्यक्रम संयोजक, अरुणिमा मावि

हामीकहाँ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकाय पढाइ हुन्छ। सामूहिक नेतृत्वमा सञ्चालन भएकोले हामी सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिन सफल भएका छौं। उत्कृष्ट शिक्षण सिकाइको साथै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको शारीरिक र मानसिक विकासमा विशेष जोड दिएका छौं।

सम्झना बस्न्यात

प्राचार्य, आईएसटी कलेज

अन्तर्राष्ट्रियस्तरको पढाइ नेपालमै दिने हाम्रो अभियान हो। यसकै आधारमा हामीले भौतिक सुविधादेखि शिक्षण सिकाइलाई अगाडि बढाइरहेका छौं। हाम्रोमा होटल म्यानेजमेन्ट र टुरिज्म म्यानेजमेन्टको मात्रै पढाइ हुन्छ। यसका लागि विशेषज्ञ शिक्षक र व्यावहारिक शिक्षण पद्धति हाम्रो विशेषता हो।

मेदिन लामिछाने

प्राचार्य, यूलेन्स स्कूल

विद्यार्थीले एसईईको ग्रेड अनुसारभन्दा आफ्नो रुचिको विषय छान्नुपर्छ। यसमा अभिभावक, शिक्षक र विद्यालयले पनि विद्यार्थीलाई साथ दिनुपर्छ। हामीले विद्यार्थीको रुचि अनुरुप शिक्षण पद्धति अपनाएका छौं। विज्ञान र व्यवस्थापनमा निश्चित कोटामा मात्रै विद्यार्थी भर्ना गर्ने हुँदा हामी गुणस्तरमा सचेत छौं।

सुमन बस्नेत

एकेडेमिक डाइरेक्टर, डीएभी कलेज

शिक्षण सिकाइको लागि आवश्यक सबै भौतिक पूर्वाधार, पुस्तकालय, प्रविधिमैत्री वातावरण भएको विद्यालय छनोट गर्नुपर्छ। त्यस्तै गुणस्तरीय शिक्षा, राम्रो टिचिङ फ्याकल्टी र सञ्चालक पनि हेर्नुपर्छ। राम्रो नतिजा र कडा अनुशासन भएको विद्यालयमा भर्ना हुँदा भविष्य उज्ज्वल हुन्छ। आफूले पढ्न सक्ने र रुचिको विषयलाई प्राथमिकता दिनुपर्छ।

प्रा. डा. बिहारीविनोद पोखरेल

प्राचार्य, टि्रटन इन्टरनेशनल कलेज

आफ्नो क्षमता र रुचिको विषय पढ्नु उपयुक्त हुन्छ। त्यस्तो विषय पढेपछि के गर्ने? भविष्यमा उक्त विषयको 'स्कोप' कस्तो छ? आदि कुरा ख्याल गरेर विषय छान्नुपर्छ। अर्को कुरा विद्यालय सञ्चालक र शिक्षकको टीमबारे पनि जानकारी लिनुपर्छ। शुल्कभन्दा पनि उक्त विद्यालयको शैक्षिक गुणस्तर बुझ्ोर भर्ना हुँदा उपयुक्त हुन्छ।

राजु महर्जन

अध्यक्ष, न्यू जेनिथ मोडेल स्कूल

हामीकहाँ व्यवस्थापन संकायअन्तर्गतका विषय मात्रै पढाइ हुन्छन्। गुणस्तरीय शिक्षामा विशेष जोड भएकोले निश्चित संकायमा मात्र केन्द्रित छौं। विद्यार्थीलाई सैद्धान्तिकभन्दा व्यावहारिक हिसाबले पढाउँदै आइरहेका छौं।

नरेशप्रसाद भट्ट

को–अर्डिनेटर (डे–सिफ्ट), तक्षशिला एकेडेमी

शिक्षक र सञ्चालकको टीम बलियो भएको विद्यालय छनोट गर्नुपर्छ। भर्ना हुने विद्यालयबारे विगतका विद्यार्थीको प्रतिक्रियासमेत बुझ्नुपर्छ। ठूला भवनभन्दा शैक्षिक गतिविधि र पाठ्यक्रम मिल्दो प्रयोगशाला, पुस्तकालय भएका विद्यालय हेर्नुपर्छ। विषय छनोट र पढाइमा उत्कृष्ट हुन विद्यालयले दिने सिकाइ र सल्लाहको प्रमुख भूमिका हुने भएकोलेे भर्ना हुनुअघि यसमा ध्यान दिनुपर्छ।

चन्द्रप्रसाद ढकाल

कार्यकारी निर्देशक, सगरमाथा मल्टिपल कलेज

हामीकहाँ विज्ञान, मानविकी र व्यवस्थापन संकायको पढाइ हुन्छ। आवश्यक सम्पूर्ण सामग्रीसहितको ल्याब र पुस्तकालय छ। विद्यार्थीलाई नियमित गृहकार्य र असाइन्मेन्ट दिनु हाम्रो विशेषता हो। कुशल सञ्चालक र स्मार्ट शिक्षकको टीम हाम्रो अर्को बलियो पक्ष हो। भर्ना हुँदा विद्यार्थीले विद्यालयको वातावरण, पूर्वाधार, अध्यापन पद्धति, पूर्व नतिजा आदिमा ध्यान दिनुपर्छ।

राजेन्द्र अधिकारी

संस्थापक प्राचार्य, नवोदित कलेज

अहिलेको समयमा सैद्धान्तिक ज्ञानसहितको व्यावहारिक शिक्षा आवश्यक छ। होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म, कम्प्युटर साइन्स, पत्रकारितालगायतको अध्यापन आवश्यक छ। व्यावहारिक शिक्षामा जोड दिंदा विद्यार्थीले गुणस्तरीय जीवनोपयोगी शिक्षा पाउँछन्। गुणस्तरीय शिक्षासँगै विद्यार्थीको मनोविज्ञान बुझेर अध्यापन गर्ने कलेज छान्नु उपयुक्त हुन्छ।

राजकुमार राई

प्राचार्य, ग्रामर पब्लिक कलेज

विद्यार्थीले पढ्ने विषय छान्दा साथीभाइ, अभिभावक, शिक्षक सबैसँग छलफल गरेर आफ्नो रुचिको विषय छान्नुपर्छ। भविष्यमा जुन विषय पढेर राम्रो गर्न सक्छु भन्ने लाग्छ त्यही पढ्नुपर्छ। विद्यालयमा उपलब्ध सेवा सुविधा, वातावरण सबै कुरामा ख्याल गर्नुपर्छ।

नन्दुप्रसाद कुशवाह

सह–प्राचार्य, रिलायन्स एकेडेमी

पढाइ मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकासमा सघाउ पुर्‍याउने विद्यालय रोज्नुपर्छ। पढाइको साथमा विद्यार्थीलाई संस्कार पनि सिकाउने कुरामा हामीले विशेष जोड दिएका छौं। विद्यार्थीको मनोविज्ञान बुझेर पढाउने, सैद्धान्तिकसँगै प्रयोगात्मक विषयमा ध्यान दिने विद्यालय रोज्नु उपयुक्त हुन्छ।

comments powered by Disqus

रमझम