दुर्लभ बायोपिक

Share:
  
- बच्चु विक
व्यत्तिा्कको कर्मलाई पुस्ता–दरपुस्तासम्म जीवित राख्ने माध्यम ठानिएको जीवनीमा आधारित चलचित्र (बायोपिक) निर्माणमा चलचित्रकर्मीहरु उदासीन देखिन्छन्।

पहिलो बायोपिक आदिकवि भानुभक्त को भूमिकामा दिलीप रायमाझी र निर्देशक यादव खरेल।
७ असारमा रुपचन्द्र विष्ट अर्थात् रुदानेको १८औं स्मृति दिवसमा उनको जीवनीमा आधारित चलचित्र (बायोपिक) रुदाने को पोस्टर सार्वजनिक गरेको दिन निर्माता जागृत रायमाझीले फेसबूक वालमा यी पंक्ति लेखे। उनले पुछारमा थपेका थिए, “हामीले रुदाने लाई दुनियाँभर चिनाउन, 'थाहा' दर्शनलाई फेरि फैलाउन, एउटा मिहिनेत गर्‍यौं...!”

अमित किशोर सुवेदी र विकास ढकालको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्र रुदाने को पहिलो पोस्टर ७ असारमा सार्वजनिक गरिएको थियो। चलचित्रमा दिव्यदेव, नम्रता श्रेष्ठ, रवि गिरीलगायतले अभिनय गरिरहेका छन्।

पहिलो नेपाली बायोपिक आदिकवि भानुभक्त का निर्देशक एवं लेखक यादव खरेल देश, समाजका लागि योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान दिन बायोपिक चलचित्र आवश्यक रहेको बताउँछन्। “समाजमा महत्वपूर्ण योगदान दिने अनुकरणीय व्यक्तिहरु पुस्तान्तरणका क्रममा बिर्सिंदै जान्छन्” खरेल भन्छन्, “उनीहरुलाई बायोपिकमार्फत जीवन्त राख्न सकिन्छ।”

नेपाली यात्रा

एक सय चालीस वर्षअघि अष्ट्रेलियाका सार्वजनिक बसमा लूटपाट मच्चाउनेमध्ये एक थियो, नेद केली नेतृत्वको समूह। केलीलाई ११ नोभेम्बर, १८८० मा २५ वर्षकै उमेरमा झुण्ड्याएर मृत्युदण्ड दिइयो। उनकै जीवनीमा आधारित भएर चार्ल्स टेइटले सन् १९०६ मा पहिलो बायोपिक बनाए, द स्टोरी अफ दि केली ग्याङ। त्यसयता हलिउडमा सयौं बायोपिक बनेका छन्, जसमध्ये अधिकांशले चर्चा, प्रशंसासँगै व्यावसायिक सफलता पनि पाएका छन्।

हलिउडको सिको गर्दै भारतमा पनि सन् १९१३ मा पहिलो बायोपिक बन्यो, राजा हरिश्चन्द्र। पौराणिक पात्र राजा हरिश्चन्द्रको जीवनीमा आधारित भएर दादा साहेब फाल्केको लेखन/निर्देशनमा निर्मित चलचित्र अत्यन्त सफल मानियो। त्यसयता बलिउडमा पनि थुप्रै बायोपिक निर्माण भइसकेका छन्।

नेपालमा भने बायोपिक बनाउन थालिएको १८ वर्ष मात्रै भयो। २०५६ मा आदिकवि भानुभक्त निर्माण गर्न निर्देशक खरेललाई झण्डै पाँच वर्ष लागेको थियो। स्वस्थानी व्रतकथामा आधारित श्री स्वस्थानी चलचित्र निर्माण गरेका खरेल केही नयाँ र सृजनात्मक काम गर्ने इच्छाले आदिकवि भानुभक्त चलचित्रसम्म डोर्‍याएको बताउँछन्। “व्यावसायिक नाफाघाटा छोडेर समाजलाई काम लाग्ने केही फरक काम गरौं भनेर आदिकवि भानुभक्त बनाएको हुँ”, उनी भन्छन्।

झ्ाण्डै २०० वर्षअघिको समय र पात्र भानुभक्त आचार्यलाई चलचित्रमा उतार्न सजिलो काम पक्कै थिएन। किनभने, भानुभक्तको जीवन र रचनाबारे मतैक्य थिएन, अझ्ौ पनि छैन। तर, यसका लागि खरेलले साहित्यकार कमल दीक्षितको नेतृत्वमा 'आदिकवि भानुभक्त चलचित्र निर्माण समिति' र रामचन्द्र पौडेल शर्माको नेतृत्वमा 'भानु जन्मस्थल विकास समिति' गठन गर्नुपर्‍यो। यससँगै आदिकवि भानुभक्तसँग सम्बन्धित सबै भौतिक संरचना समेत निर्माण गर्नु परेको उनी बताउँछन्। “पात्र त जेनतेन मिल्ला तर त्यतिबेलाको भेषभुषा, रहनसहन, समाज निर्माण गर्न गाह्रो हुँदोरहेछ”, खरेल सम्झिन्छन्। चलचित्रमा आदिकवि भानुभक्तको भूमिकामा दिलीप रायमाझीले अभिनय गरेका थिए।

त्यसपछि २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको जीवनीमा पनि वीर गणेशमान चलचित्र बन्यो। नवीन्द्रराज जोशीको लेखन तथा सम्झ्ाना श्रेष्ठ र विजयरत्न तुलाधरको निर्देशनमा बनेको वीर गणेशमान मा रामकृष्ण महर्जनले अभिनय गरे। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा बनेको आचार्य चलचित्रले बायोपिकलाई थप बहसमा ल्यायो। प्रशान्त रसाइली निर्देशित आचार्य मा भक्तराज आचार्यको भूमिकामा उनकै जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरे।

त्यस्तै किसानको पक्षमा आन्दोलन चलाएका भीमदत्त पन्तको जीवनीमा आधारित भएर नवल खड्काले भीमदत्त चलचित्र निर्माण गरे। हिमग्याप लामा (टासी) को निर्देशनमा बनेको भीमदत्त मा नबल खड्का, सुमिना घिमिरे र निशा अधिकारीले अभिनय गरेका थिए।

“बायोपिक चलचित्र बनाउन एउटा नयाँ संसार निर्माण गर्नुपर्छ।”

अनुप सुवेदी

चलचित्र समीक्षक

अर्को बायोपिक हो, ब्लाइन्ड रक्स। गायन, नृत्य र अभिनयमा अब्बल दृष्टिविहीन सृष्टि केसीको जीवनीमा आधारित चलचित्रमा वेनिशा हमालले अभिनय गरिरहेकी छन्। निकेश लिम्बू निर्माता रहेको चलचित्रको निर्देशकमा मिलन चाम्स रहेका छन्।

जोखिमको सिर्जना

हलिउड र बलिउडमा बायोपिकले चर्चा र व्यावसायिक रुपमा पनि सफलता पाइरहँदा नेपालमा भने खासै रुचि देखिन्न। किन त? चलचित्र निर्देशक छिरिङ रितार शेर्पा नेपालमा बायोपिक निर्माण गर्नु ठूलो जोखिम भएको बताउँछन्। “बायोग्राफिक चलचित्र बनाउन अरुजस्तो सजिलो छैन। ठूलो जोखिम, चुनौती र मिहिनेत गर्नुपर्छ”, उनी भन्छन्। व्यावसायिक रुपमा पनि लगानी धेरै चाहिने र 'रिटर्न' आउन गाह्रो हुने भएकोले निर्माताहरु यतातिर नलागेको उनको बुझाइ छ।

चलचित्र समीक्षक अनुप सुवेदी नेपालमा बायोपिकको 'ट्रेन्ड' नै शुरु नभएको बताउँछन्। सुवेदीका भनाइमा, एउटा कथा लेख्यो, केही दिनमा स्त्रि्कप्ट तयार गर्‍यो र केही कलाकार लिएर महीना दिनमा सुटिङ सक्नु जस्तो सजिलो बायोपिक चलचित्रमा हुँदैन। “वैचारिक, सैद्धान्तिक रुपमा पनि स्पष्ट हुनुपर्‍यो। त्यो सबैले गर्न सक्दैनन्” उनी भन्छन्, “हामीकहाँ बायोपिक बनाउनु भनेको १० किलोको भारी बोक्न नसक्नेले ५० किलोको भारी बोक्न खोजेजस्तै हो।”

चलचित्रकर्मीहरुका अनुसार बायोपिक निर्माण गर्दा अनुसन्धानको अवस्थादेखि नै मिहिनेत गर्नुपर्छ। त्यो बेलाको सामाजिक, राजनीतिक अवस्था देखाउन सक्नु चुनौतीपूर्ण हुन्छ। अझ्ा कलाकार मात्रै नभएर त्यतिबेलाको पृष्ठभूमि, समाज उतार्नु कम चुनौतीपूर्ण हुँदैन। “एउटा बायोपिक चलचित्र बनाउन एउटा नयाँ संसार निर्माण गर्नुपर्छ”, समीक्षक सुवेदी भन्छन्।

“बायोग्राफिक चलचित्र बनाउन अरुजस्तो सजिलो छैन। ठूलो जोखिम, चुनौतीको सामना र मिहिनेत गर्नुपर्छ।”

छिरिङ रितार शेर्पा

निर्देशक

छिरिङ रितार भने सबैभन्दा ठूलो जोखिम त चलचित्रलाई कसरी सन्तुलित बनाउने भन्ने नै हुने बताउँछन्। एउटा व्यक्तिबारे बनेका अनेकथरी धारणाबाट तथ्यमा रहेर विश्वासिलो चलचित्र बनाउनु साह्रै गाह्रो काम भएको बताउँदै उनी भन्छन्, “बायोपिक चलचित्र निर्माण गर्दा 'ओभर नेगेटिभिटी' बाट बच्नुपर्ने भएकोले पनि जो–कोही तयार हुँदैनन्।” तर, केही फरक र सिर्जनशील काम गर्न खोज्नेहरु यतातिर लाग्ने शेर्पाको विश्वास छ।

निर्देशक खरेल भने केही नयाँ गर्न, समाजलाई केही दिन र नाफाघाटाको हिसाब नगरेर सिर्जनात्मक काम गर्न बायोपिक चलचित्र निर्माणतर्फ ध्यान दिने समय आइसकेको बताउँछन्। हलिउड तथा बलिउडमा बायोपिक चलचित्र निर्माण गर्दा सरकारले सहयोग गर्ने भए पनि नेपालमा भने सरकारले वास्ता नगरेको उनको भनाइ छ। “चलचित्रकर्मीले कहिल्यै जोखिम नलिने भन्ने हुँदैन” खरेल भन्छन्, “तर, कतिपय सन्दर्भमा भने सरकारले पनि यसतर्फ ध्यान दिनुपर्छ।”

comments powered by Disqus

रमझम