५-११ जेठ २०७६ | 19-25 May 2019

आधार शिविरको यात्रा

Share:
  
- भरतबन्धु थापा

नेपाल आउने विदेशी पर्यटकको रोजाइमा पर्ने प्रमुख ठाउँ हो, सगरमाथा क्षेत्र । सक्नेहरू सर्वोच्च शिखरको आरोहण गर्छन्, धेरै चाहिं आधार शिविरसम्मको पदयात्रा गरेर हिमालको तिर्खा मेटाउँछन् । आधार शिविरको यात्रा पछिल्लो समय आन्तरिक पर्यटकको पनि रोजाइमा पर्न थालेको छ ।

सगरमाथाको प्रवेशद्वार मानिने नाम्चेबजार (३,४४० मिटर) बाट आधार शिविर (५,३६२ मिटर) जाने मुख्य दुई पदमार्ग छन् । एउटा बाटो, नाम्चेदेखि गोक्यो लेक, चोला पास हुँदै । अर्को, तेङ्बोचे, डिङ्बोचे, प्याङ्बोचे, थुक्ला, गोरकशेप हुँदै ।

सगरमाथाको प्रवेशद्वार नाम्चेबजार । तस्वीरः भरतबन्धु थापा

कालापत्थरतर्फ जाँदै ।

तेङ्बोचे मोनास्ट्री ।

कालापत्थरबाट सगरमाथाको तस्वीर खिचेर हेर्र्दै ।

सगरमाथा आधार शिविर जाँदा थुक्ला नजिकै देखिएका च्याखुरा ।

पदयात्रामा कतै समथर त कतै कष्टकर उकालो भए पनि आँखै अघि सेताम्मे हिउँचुलीका लस्करले ऊर्जा थपिरहन्छन् । सगरमाथा हेर्ने उपयुक्त ठाउँ भने कालापत्थर हो । ५,५५५ मिटर उँचाइमा रहेको कालापत्थरबाट सगरमाथा सहितका हिमालहरू ३६० डिग्रीमा हेर्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट आधार शिविरको यात्रामा जाँदा दुई साता छुट्याउनुपर्छ । हवाई यात्रामा सोलुखुम्बुको लुक्ला पुगेपछि पदयात्रा शुरू हुन्छ । लुक्लाबाट पहिलो दिन फाकदिङ, दोस्रो दिन नाम्चे, तेस्रो दिन तेङ्बोचे, चौथो दिन डिङ्बोचे र पाँचौं दिन गोरकसेपमा बास बस्ने । ५,१८० मिटरको उँचाइमा रहेको गोरकशेपसम्म होटलहरूको सुविधा छ । यहाँबाट तीन घण्टा उकालो हिंडेपछि कालापत्थर र साढे दुई घण्टामा सगरमाथा आधारशिविर पुगिन्छ । ल

comments powered by Disqus

रमझम