१९-२५ साउन २०७६ | 4-10 August 2019

मुदित मुस्ताङ

Share:
  
- भरतबन्धु थापा

त्यसो त मुस्ताङको मोहक भू–परिदृश्य यहाँको मुख्य आकर्षण हो । भनिन्छ, जहाँ जतासुकैबाट हेरे पनि यो भूगोल विलक्षण देखिन्छ । धौलागिरी र नीलगिरी हिमाल पार गरेर आउनुपर्ने भएकोले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिन्छ ।

कागबेनी । तस्वीरः भरतबन्धु थापा

मुस्ताङको भू–परिदृश्य ।

पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकहरुको समेत प्रमुख गन्तव्य बनिरहेको छ । खासगरी, मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको छ । सदरमुकाम जोमसोम, कागबेनी, लोमान्थाङका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ । पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा पनि फाइदा पुगेको छ ।

भारतीय भक्तजन ।

मुक्तिनाथमा पर्यटक ।

पोखरा–जोमसोम (मुस्ताङ) हवाई यात्रामा देखिएको दृश्य ।
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ जोमसोम–कोरला नाका बनेपछि माथिल्लो मुस्ताङसम्म पर्यटकको संख्या झन् बढ्ने बताउँछन् । अहिले यो सडक–खण्डको निर्माण धमाधम भइरहेको छ ।

हरेक वैशाख र साउनमा जिल्लामा चौंरीको आलो रगत खाने पर्व पनि लाग्छ, जसमा नजिकका जिल्लाका मानिसको भीड हुन्छ ।

कसरी पुग्ने

पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट मुक्तिनाथ पुग्न भने ६ घण्टा पैदल हिंड्नुपर्छ ।

पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ ।

comments powered by Disqus

रमझम