२९ भदाै - ४ असाेज २०७६ | 15-21 Sep 2019

लिमीको तिब्बती लय

Share:
  
- भरतबन्धु थापा

टहिल्सा बोर्डर । तस्वीरहरुः भरतबन्धु थापा
हुम्लाको सदरमुकाम सिमकोटदेखि पाँच दिनको पैदल यात्रापछि पुगिन्छ, लिमी उपत्यका । तिब्बती संस्कृति र हिमाली भूदृश्य यो उपत्यकाको विशेषता हो । भौगोलिक विकटताका कारण सदरमुकामभन्दा चीनको ताक्लाकोटसँग निकट सम्बन्ध रहेका कारण यहाँ तिब्बती जीवनशैलीको प्रभाव परेको हो ।

टतिल गाउँ ।
उपत्यकामा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन् । यो स्थानमा रहेका गुम्बा र मूर्तिहरू एक हजार वर्ष भन्दा पनि पुराना मानिन्छ ।

लाप्चा स्यार नाका ।
सिमकोटबाट लिमी उपत्यका हुँदै ६ दिनको यात्रामा पुगिने लाप्चा स्यार (५००० मिटर) विशिष्ट महङ्खव बोकेको ठाउँ हो । हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान नसक्नेहरूले तिब्बतको सिमानामा रहेको यही ठाउँबाट दर्शन गर्छन् । कैलाश जान भिसाको समस्या हुने भएका कारण पनि लाप्चा स्यार कैलाश दर्शनको विकल्प बनेको नेपाल भ्रमण वर्ष २०२० का कर्णाली प्रदेश संयोजक राजु कार्की बताउँछन् ।

लिमी जाँदै पैदल यात्री ।
लिमी उपत्यकाबाट लाप्चा स्यार पुग्न एक दिन लाग्छ भने सिमकोटबाट लाप्चा स्यार पुगेर फेरि सिमकोट आउन करीब तीन साता छुट्याउनुपर्छ । बाटोका दुई विकल्पमध्ये हिल्साबाट लिमी भएर तथा न्यालो पास (४,९५० मिटर) बाट लिमी हुँदै लाप्चा स्यार पुग्न सकिन्छ । बाटोमा टी हाउस र होटल सुविधा नभएका कारण खानेकुरा र बासको लागि टेन्ट आफैंले बोक्नुपर्छ ।

comments powered by Disqus

रमझम