१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

मूला

Share:
  

राज माङलाक

‘कस्तो मूला र’छ ।’

**

मूलाबारीतिर फर्किएर

एक हरफ गाली गर्‍यो

र भन्यो, ‘म स्थानीय सरकार प्रमुख हुँ ।’

**

ऊ भन्दा अघि

आफ्नै विवेक र श्रमले बनेका

अनुहारहरु लहरै उभिएका थिए ।

**

गणितका शिक्षक

सिपालु कृषक

अनुभवी पशुपालक

डकर्मी

सिकर्मी

ज्यामी .....

**

आफ्नो अघिल्तिर

गुनासोका चाङ

अलपत्र योजनाका फाइल

र पल्टाउन बिर्सिएको पुरानो ढड्डा राखेर

ढसमस्स बसिरहेको थियो

कार्यालय प्रमुख

अर्थात् वडाध्यक्ष

**

र, त्यहाँ

सबैभन्दा अगाडि थियो

आफ्नो निजी डोजरको

शुरु गरिहाल्नुपर्ने – कार्ययोजना ।

comments powered by Disqus

रमझम