१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

गजल

Share:
  

एक रिसाए झैं गर्दा अर्कोले गरे फकाए झै

जिन्दगी पनि लाग्दो हो सजिलै कटाए झैं ।

**

कालो आकाशमा सेतो चन्द्रमा लाग्छ

मेरी आमाको अनुहार लिएर सजाए झै ।

**

तल चिहाइरहने आँखा बसाइँ सरिसके

झ्यालको पर्दा अझै गर्छ हेरेर मुस्कुराए झै ।

**

जिब्रो नभएको कुनै एउटा पुरानो तस्वीर

गर्दैछ भित्तामा झुन्डिएर केही बताए झै ।

**

तिमीले हातले हात समाएका थियौ

मलाई लाग्यो दिलले दिल समाए झै ।

comments powered by Disqus

रमझम