२०-२६ पुस २०७६ | 5-11 Jan 2020

याक अट्याक ऐतिहासिक साइकल दौड

Share:
  
- टेलर म्याकमहोन, मनाङ
साग हुनुभन्दा दुई साताअघि मात्र भएको विश्वकै सबैभन्दा उँचाइको याक अट्याक प्रतियोगितामा अभ्यास गर्दै बुद्घिबहादुर तामाङले देशका लागि सागमा स्वर्ण पदक जिते।

तस्वीरहरुः फ्लसन पिक्चर्स
धर्तीकै सर्वाधिक उँचाइमा माउन्टेन बाइक दौड प्रतियोगिता ‘याक अट्याक’ को आयोजक एमटीबी–वल्र्डवाइडले पोखरामा आउँदो जनवरी २५–२८ मा ‘पोखरा चौथो’ माउन्टेन बाइक दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नयाँ प्रतियोगीका लागि प्रोत्साहनस्वरुप आयोजना गर्न लागिएको प्रतियोगितामा स्थानीय र विदेशीका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

लेकसाइडदेखि विश्व शान्ति पगोडा, वेगनास ताल हुँदै विभिन्न स्थानमा सञ्चालन गरिने प्रतियोगिता यस वर्षको पहिलो माउन्टेन बाइक रेस हुने भएको छ । यसअघि गएको १० डिसेम्बरमा काठमाडौंमा आयोजित दक्षिण एशियाली खेलमा माउन्टेन बाइक रेस आयोजना गरिएको थियो ।

प्रतियोगितामा नेपालका बुद्धिबहादुर तामाङ (रोअन) ले क्रस कन्ट्रीतर्फ स्वर्ण पदक जितेका थिए । तर, तामाङलाई यो प्रतियोगिता जित्न १८ नोभेम्बरमा सकिएको ‘याक अट्याक’ गतिलो पूर्वाभ्यास बनेको थियो । प्रतियोगितामा तामाङले दोस्रो स्थान हासिल गरेका थिए ।

याक अट्याक

नेपालका तामाङ दोस्रो भएको याक अट्याक–२४ घन्टे माउन्टेनबाइक रेसमा तीन पटकसम्म आधिपत्य जमाएका विश्वविजेता क्यानाडाका कोरी वालेसले यसपटक पनि उपाधि रक्षा गरे । ‘याक अट्याक’ मा यो चौथो संस्करणमा प्रतियोगिताको संरचनामा केही परिवर्तन गरिएको थियो । संस्करणलाई अविस्मरणीय बनाउने उद्देश्यका साथ थपिएका दुई दौडमा एउटा विश्वमै धेरै समय लाग्ने लामो दूरीको एन्डुरो दौड र तेस्रो चरणको नयाँ बाटो थियो ।

पहिलो चरणको रेस लमजुङ जिल्लाको बेसीशहर वरिपरि ३० किलोमिटरको घुम्ती थियो । यसले प्रतियोगीलाई प्रतियोगिता अघि वरिपरिका दृश्यावलोकन गर्दै बाटोको अवस्था जान्ने अवसर दिएको थियो । बेसीशहरदेखि चामेसम्मको ६१ किलोमिटर लामो २८०० मिटर उँचाइको दोस्रो चरणमा धेरै उकाली–ओराली थिए ।

तेस्रो चरणको ३५०० मिटर उँचाइको मनाङ गाउँमा पुगेपछि नयाँ मोड आइपुग्यो । त्यहाँ घ्यारुइन हुँदै मनाङ ओर्लने नयाँ सिङ्गल ट्र्याक जोडिन्छ । वालेस र तामाङले पहिलो र दोस्रो चरण पूरा गरेर आफ्नो पकड कायम राखे ।

चौथो चरणमा प्रतियोगीहरूले मनाङदेखि फेदीसम्मको साँघुरो बाटो पार गरे । १६ किमी दूरीको यो बाटो कठिन मध्येको एउटा हो । वालेस र तामाङ अगाडि नै थिए, तर तेस्रो स्थानमा २० मिनेटभन्दा कम समयमा को पुग्ने भनेर चार प्रतियोगीबीच घमासान प्रतिस्पर्धा भइरहेको थियो ।

पाँचौं चरणमा प्रतियोगीले ५,५१६ मिटर उँचाइमा रहेको थोराङला पास पार गरे । २७ किलोमिटरको यो चरण ‘याक अट्याक’ कै सबैभन्दा चुनौतीपूर्ण बाटो थियो । किनभने, पहिलो तीन किलोमिटरको लगभग ठाडो उकालो बाटो छिचोल्न नै प्रतियोगीहरूलाई चार घन्टासम्म लाग्न सक्छ ।

थोराङला उकालोपछिको ओरालो सकिएपछि लामो दूरीको ‘एन्डुरो’ खण्ड समावेश गरिएको थियो । यो विश्वकै सबैभन्दा उँचाइको बाटो हो । वालेसले सबै चरण जित्दै गए, तामाङले पछ्याइ रहे । अर्का प्रतिस्पर्धी क्यानाडेली राइस भर्नर ‘एन्डुरो’ खण्डमा तामाङसँगै थिए ।

छैटौं चरण नयाँ साँघुरो बाटो (सिङ्गल ट्र्याक) हो । यसले प्रतियोगीहरूलाई कागबेनी हुँदै लुब्रा उपत्यकाको घुम्तीमा पु¥याउँथ्यो । वालेसले आफ्नो दबदबा कायम राखे । तामाङ अलि सुस्त देखिए तर दोस्रो स्थानमा पुग्न प्रयास गरिरहे ।

पोखरामा आयोजित समापन समारोहमा पुग्न बस चढ्नु अघि प्रतियोगीलाई तातोपानीमा भिजाउने तयारी स्वरुप अन्तिम सातौं चरणको रेस बाँकी थियो । यो रेसमा तिति ताल हुँदै कागबेनीबाट तातोपानी जानुपर्ने थियो । १२ किलोमिटरको यो यात्रापछि याक अट्याकले विश्राम लियो ।

वालेसले चौथो पटक पनि सहजै ‘याक अट्याक’ प्रतियोगिता जिते । तामाङ दोस्रो र वर्नर तेस्रो स्थानमा रहे । कुल २५ जनाको दौडमा महिलातर्फ क्लेयर डेमारक्वेट सबैभन्दा अगाडि रहिन् । चौथो पनि नेपालकै पदमबहादुर घले भए ।

comments powered by Disqus

रमझम