कार्तिक २०७८ | 18/10/2021

मर्निङ वाक

Share:
  
- रामलाल जोशी
अब त त्यो आश पनि लगभग सकियो। चालीस टेक्दा नटेक्दै सुगरले छोयो। सुगर लाग्नु भनेको आधा जीउ त उसै घट्नु हो। घट्यो।

भालेको डाकसँगै उनलाई निद्रादेवीले छाडिन्। उनको स्वप्न लोक एकाएक टुट्यो। यो लोक र उ लोकको सन्धिसाँधमा जाग्दै-उँघ्दै अन्ततः उनले आफ्नो तन्द्रा तोडे।

गालाभरि छरिन आएका स्वास्नीका सुनौला केशराशि सरक्क पन्छाए। छातीको जङ्गलमा रातभर खेल्न आउने धारिला औंलाहरू सुस्तरी पर सारे। दुइटा धवल जङ्घाका बीचमा च्यापिएको आफ्नो पिंडौलो बिस्तारै मुक्त गरे।

रातभर चुच्चाले ठुग्न आउने निर्वस्त्र पन्छीद्वयलाई चुनरीले छोपिदिए। मादकताले भरिएको वस्त्रहीन धवल देहमा लाल पछ्यौरी ओढाइदिए। ब्रह्ममुहूर्तमै उनी स्वास्नीको बाहुपाशबाट मुक्त भए।

शौचादि कर्मबाट निवृत्त भए। मर्निङ वाकमा जाने लुगा लगाए। स्वास्नीका अगाडि पुगे।

उषा अझै मस्त निद्रामा थिइन्। एक पटक स्वास्नीको अनुहार नियाले- चन्द्रमाको आभा छरिए जस्तो। कति प्यारो ! रातभर छोइराखेर पनि फेरि छोऊँ छोऊँ लागिरहने।

काँक्राको चिरा जस्तो नाक। अर्धचन्द्राकार आँखीभौं। डिम्पली गाला। गुलाबी मादक ओठ। आँखा झन् कति सुन्दर! निदाएका छन् र पो, नत्र कति नीला र गहिरा। गोरो र नौनीलो देह। उर्वरा नाभिकुम्भ। कमनीय कम्मर। र, भर्भराउँदो अग्निरूप।

सृष्टिको सप्पै सौन्दर्य आफ्नै भागमा परेको उनलाई लागिरहन्छ। स्वास्नीको गालामा चुम्बन गर्न मन लाग्छ। तर, सोचेरै उनी तर्सिन्छन्, ‘भो! भैरवीलाई जगाउनु भनेको आफैं झमटमा पर्नु हो।’

स्वास्नीका नाडी सुस्तरी समाए। झकझक्याए, “उषा, उठ न प्रियतमा। मर्निङ वाक जाऔं,” नाडीका चुरा खेलाउँदै फेरि भने, “बिहानको हिंडाइ कति फलदायक हुन्छ। यसरी सुत्दा त स्वास्थ्य बिग्रिन्छ। उठ न प्यारी।”

उनी अवाक् भए। अवाक् त दैनिक
बनिरहेकै थिए। तर पनि प्रत्येक बिहान उनी
मर्निङ वाकमा जान करकर गर्छन्। उनले
जिद्दी गरिरहे, तर जित्न सकेनन्।

उनी फुसफुसाउँछिन्, “नकराइस्योस् है। आफूलाई कति मीठो निद्रा लाग्या छ, ह्याँ। आफैं गइस्योस्।”

उनी अवाक् भए। अवाक् त दैनिक बनिरहेकै थिए। तर पनि प्रत्येक बिहान उनी मर्निङ वाकमा जान करकर गर्छन्। उनले जिद्दी गरिरहे, तर जित्न सकेनन्।

हो, उषालाई उनले कहिल्यै जित्न सकेनन्। आफ्ना सारा अस्त्रशस्त्रका शिर निहुराएर समर्पित हुन आएकी एक शालीन वराङ्गनासँग पनि उनी सधैं हारिदिए।

जवानीले नेटो काट्न थाल्दा आफूभन्दा चौध वर्ष कान्छी यौवनालाई पत्नी तुल्याएर दुनियाँका अगाडि उनले आफ्नोे पुरुषत्वको फुङ्कार गरेथे। कहीं नझुकेको उनको अभिमान आफ्नै श्रीमतीको बाहुपाशमा पुगेपछि धूलोमा मिल्थ्यो। लोग्नेको प्रत्येक पटकको विफलतापछि पनि उषा कल्पेर बस्थिन्, ‘यत्रा बलिष्ठ भुजाहरू छन्, एक दिन कसो आफ्नो सुनामी शमन नहोला!’

अब त त्यो आश पनि लगभग सकियो। चालीस टेक्दा नटेक्दै सुगरले छोयो। सुगर लाग्नु भनेको आधा जीउ त उसै घट्नु हो। घट्यो।

सुगरले भेट्यो भने ज्यानलाई कम खान्छ, मनलाई त्योभन्दा बढी। उसो त शरीरमा रोग भित्रिनु भनेको मनका लागि सौतै भित्रिनु हो। मन उदास र कमजोर भइरहने, रोग चाहिं जब्बर हुँदै जाने- कान्छी श्रीमती जस्तै।

कहिलेकाहीं उनलाई लाग्छ, ‘यत्रो विपुल
सुखका अगाडि दुःख कति दिन टिक्छ र!
मुला खान्छु। मकै टोक्छु। काँक्रा चपाउँछु।
पानी पिउँछु। मर्निङ वाक गर्छु। पसिना
बगाउँछु। त्यो जाबो सुगरलाई उडाइदिन्छु।”

यही द्वन्द्वमा निरासक्त छन्, दुर्बल थापा।

दुर्बल थापा एक उच्चपदस्थ सरकारी कर्मचारी। काठमाडौंमा घर छ। तराईमा जमीन छ। गाडी छ। ब्याङ्क ब्यालेन्स छ। फूल जस्ता छोराछोरी छन्। जून जस्ती श्रीमती छिन्। उनको जीवन उसै सुखी छ। दुःख भनेको त्यही एउटा सुगरमा छ।

कहिलेकाहीं उनलाई लाग्छ, ‘यत्रो विपुल सुखका अगाडि दुःख कति दिन टिक्छ र! मुला खान्छु। मकै टोक्छु। काँक्रा चपाउँछु। पानी पिउँछु। मर्निङ वाक गर्छु। पसिना बगाउँछु। त्यो जाबो सुगरलाई उडाइदिन्छु।”

डाक्टरले पनि त्यही भनेको हो, “शुरूआती चरणमा छ। टन्न पानी पिउनुुस्। काँक्रा र मुला बेस्सरी खानुस्। मकैको ढिँडो खानुस्। परिश्रम गर्नुस्। पसिना बगाउनुस्। आफैं भागेर जान्छ।”

तर, जब उनी कामोन्मत्त श्रीमतीका बाहुपाशमा बेरिन्थे, ओसिएको बारुद झैं क्षणभरमै फुस्स हुन्थे। यौवना श्रीमती रातभर छटपटाउँथिन्। जब रातभरिको अनिँदो मेट्न बिहानपख मस्त निद्रामा हुन्थिन्, तब उनी करकर गर्न थाल्थे, “उठ न प्यारी, मर्निङ वाक जाऔं।”

उनलाई यति वेला अगुल्टो पाए अगुल्टोले, कुचो पाए कुचोले हिर्काऊँ झैं रिस उठ्थ्यो। तर, रिस च्यापेर उनी भन्थिन्, “आफैं गइस्योस्। म जान्नँ।”

दिनहुँको करकर थेग्न नसकेपछि एक दिन अनायास उषा उठिन्। लोग्नेलाई चकित पार्दै एक वचनमै उनी तयार भइन्। दुवै मर्निङ वाकमा निस्किए।

“बिहान हिंड्नुको मजा नै अर्कै छ भाइ।
मानसिक र शारीरिक तन्दुरुस्ती पनि हुने,
दिनभरि स्फूर्ति पनि भइरहने।”

बालुवाटार, ज्ञानेश्वर, मैतीदेवी हुँदै कालिकास्थानको चोकसम्म पुग्दा उषा थाकिसकेकी थिइन्। हिंड्ने बानी नहुँदा थाक्नु स्वाभाविक थियो। लोग्नेले ढाडस दिए, “आज पहिलो दिन हुनाले हो प्यारी। भोलिदेखि बानी पर्छ।”

उनले ‘उम्’ मात्र भनिन्। पीपलको बोटलाई दाहिने पारेर फन्का मार्दा मिर्मिरे उज्यालो थियो। पूर्वबाट बहेर आएको बतासले पीपलका पात हल्लाइरहेको थियो। बिहानको चिसो हावाले आङ सिरिङ्ग पारिरहेको थियो।

मन्दिरको छेवैबाट कसैले जिस्क्याएर भन्यो, “दाइ-भाउजूलाई नमस्कार है। ओहो! ज्यान त मेन्टेन गरेर स्वाट्टै घटाउनुभएछ। फिलिम खेल्ने विचार हो कि क्या हो?”

दुर्बल थापालाई व्यङ्ग्यको झटारोले हिर्काए जस्तो भयो। ज्यान किन घट्दै छ, उनैलाई थाहा छ। खाइलाग्दो ज्यान सुगरले कसरी सुकाउँदै छ, त्यो मर्म कसले बुझ्ने?

“हो भाइ, त्यस्तै हो।” उनले यत्ति भने। उषाले ‘हिहि’ मात्र गरिन्। दुवै हिंडिरहे। ऊ पल्लै किनारमा हिंडिरह्यो।

अलि पर पुगेपछि बोल्ने मान्छेलाई उषाले बल्ल चिनिन्। “ओहो प्रभात बाबू ! को हो भनेको त तपाईं पो हुनुहुँदो रैछ।”

उसका पसिना बगेको ज्यान हेर्दै उषाले भनिन्, “आफू चाहिं केका लागि हो नि यति तकलिफ? कस्ती पाउने विचार हो, यतिका पसिना बगाएर?

मर्निङ वाक कतै दूर जाने यात्रा कहाँ हो र,
साथीलाई नछोडी हिंड्नुपर्ने? आफ्नो शक्ति
र सामर्थ्य अनुसार जसले जसरी हिंडे पनि
हुने व्यायाम न हो। किन कसैलाई पर्खीपर्खी
हिंड्नु?

प्रभातको थकित शरीरमा अर्कै उमङ्ग भरियो। उसले मजाक गर्‍यो, “भाउजू जस्तै राम्री पाउनलाई नि!”

“ओहोऽऽ।” मीठो मुस्कान छल्कियो उषाका ओठमा। उनले अनुभव गरिन्- केवल यत्ति बोलीले कस्तो कुतकुती फैलियो भित्रैसम्म। तर, लोग्नेलाई भने तिखो काँडाले घोचे झैं लाग्यो। उनी फिस्स हाँसिदिए।

उसले आफ्नो किनारा छोड्यो। फरक किनाराका यात्री एउटै किनारामा सँगसँगै हिंड्न थाले। चुपचाप हिंड्नु कसरी? केही कुरा त चाहियो। उनले भने, “बिहान हिंड्नुको मजा नै अर्कै छ भाइ। मानसिक र शारीरिक तन्दुरुस्ती पनि हुने, दिनभरि स्फूर्ति पनि भइरहने।”

प्रभातले सही थपे, “हो नि दाइ। त्यै भएर त हजुर सधैं फुर्तिलो देखिनुहुन्छ नि।”

प्रभातले गरेको प्रशंसा हो कि व्यङ्ग्य, उनले बुझ्न सकेनन्। भने, “तर के गर्नु भाइ, जति सम्झाए पनि तिम्रो भाउजूले टेरपुच्छरै लाउँदिनन्। कराउँदा कराउँदा आज बल्ल घैंटोमा घाम लाग्यो।”

“इस् बढ्यो स्फूर्ति शरीरमा !” यही भन्न मन थियो उषालाई। तर, केही भनिनन्।

“होइन दाइ, भाउजूको शरीर त यत्तिकै फुर्तिलो र स्लिम छ। अकबरी सुनलाई के कसी लाउनु?”

“उफ्ऽऽ।” प्रभातको बयानले उषाका खुट्टा उचालिए। मन चङ्गा भएर उड्न लागे जस्तो भयो। भनिन्, “भो भो, आकाशमा नउडाउनू। मेरा खुट्टा भुइँमै छन्।”

“हो भन्या भाउजू। मरिजाऊँ,” प्रभातले भन्यो।

लोग्नेले एक चोटि पुलुक्क हेरे- धपक्क बलेको उषाको अनुहार। ओठमा मुस्कानको चन्द्रमा। तर, प्रभातको प्रशंसा उनलाई मन परेन।

प्रभात अग्लो र हट्टाकट्टा जवान। उसका पाइला अलि लामा र जोशिला हुने भैगए। कुरा गर्दागर्दै ऊ एक-दुई पाइला अगाडि हुँदै गयो। उषाले आफ्ना पाइला उसैसँग मिलाइन्। लोग्ने अलि पछि परे। लोग्नेलाई ‘अलि छिटो हिंड्स्यो न’ भनेर अगाडि लम्किइन्।

मर्निङ वाक कतै दूर जाने यात्रा कहाँ हो र, साथीलाई नछोडी हिंड्नुपर्ने? आफ्नो शक्ति र सामर्थ्य अनुसार जसले जसरी हिंडे पनि हुने व्यायाम न हो। किन कसैलाई पर्खीपर्खी हिंड्नु? यही सोचेर उषाले प्रभातसँगै पाइला चाल्न थालिन्। बिचरा लोग्नेले स्वाँस्वाँ गरेर हिंड्दा पनि भेट्न सकेनन्। झन् पछाडि पर्दै गए।

पैतालाका चालहरू एकैनास बनाएर
प्रभातसँगै हिंड्दा उषाको शरीरमा रोमाञ्च र
स्फूर्ति भरियो। फुरुङ्ग भएर उनी हिंडिरहिन्।
क्षणभरका लागि लोग्नेलाई बिर्सिन्।

पैतालाका चालहरू एकैनास बनाएर प्रभातसँगै हिंड्दा उषाको शरीरमा रोमाञ्च र स्फूर्ति भरियो। फुरुङ्ग भएर उनी हिंडिरहिन्। क्षणभरका लागि लोग्नेलाई बिर्सिन्।

प्रभात बोल्दै हिंड्यो। उनी मुस्कुराउँदै हिंडिन्। खै, के के कुरा गर्दागर्दै टुप्लुक्क आइपुग्यो, बालुवाटार। उनलाई लाग्यो, ‘मनको सानो कुरा पनि नसकिँदै कति चाँडै कटेको यो बाटो। अलि लामो भइदिए हुने नि!”

यस्तो वेला अप्रकट मनका कुरा शायद आँखामा आई बस्छन्। आँखाको भाव आँखैले बुझ्छ। एकअर्काको आँखामा मुस्कान छोड्दै दुवै जना उभिइरहे, शमीको रूखनेर। यहींनेर उनले लोग्नेलाई पर्खिनु थियो, प्रभातसँग छुट्टिनु।

केही मीठा बात चल्दाचल्दै स्वाँस्वाँ गरेर आइपुगे, लोग्ने। उनलाई हीनताबोध होला भनेर उनीहरूले आआफ्नो ओठबाट फुस्किन थालेको हाँसो पनि रोके।

“कति चाँडो हिंड्न सकेका तिमीहरू,” स्वाँस्वाँ गर्दै उनले भने।

“होइन दाइ, एकछिन मात्रै भयो। लगभग सँगसँगै भनाैं न,” प्रभातले स्पष्टीकरण दियो।

उषालाई लाग्यो, ‘कति कुरा मिलाउन जानेको प्रभातले। कति बाठो।’ छुट्टिंदा प्रभातको अनुहारभरि मुस्कानको उज्यालो छरिन् र बाटो लागिन्। लोग्ने पछि पछि आए।

उषाले अनुभव गरिन्, आज कति चञ्चल भएको मन। चङ्गा झैं उडूँ उडूँ लाग्ने। घर पुगेर नुहाउन पस्दा पनि के के गीत गुनगुनाइरहिन्। लोग्ने अफिस जान लाग्दा आफैंले कोट लगाइदिइन्। पर्फ्युम छर्किदिइन्। मुसुक्क हाँसेर बिदा गरिन्।

लोग्नेलाई लाग्यो, ‘मर्निङ वाकले कति फाइदा गर्दो रहेछ। आज कति फुर्तिली छिन् श्रीमती।’

उही बाटो। उही समय। तर, शरीरमा अर्कै
तन्मयता। अर्कै चञ्चलता। उनी लमकलमक
हिंडिन्। हिजोसम्म कुनै खाल्डाखुल्डी र
अँध्यारो ठाउँ आउँदा दिक्क मान्दै लोग्नेको
हात समात्ने उषालाई आज कुन शक्तिले
जाँगर दियो कुन्नि, पछाडि नहेरी फटाफट
हिंडिन्।

त्यस रात उनी कति मायालु भइन् भने लोग्नेलाई स्पर्श गरिरहिन्। छातीको जङ्गलमा औंला चलाइरहिन्। उत्तेजनाको चरम चुलीमा अतृप्त छोडेर लोग्ने क्षणभरमै फुस्स भइदिंदा पनि उनी दुःखी भइनन्। फन्केर कोल्टो फर्किइनन्।

उनको मानसपटलमा प्रभात तीव्र भएर आयो। प्रभात लोग्नेको परिचित युवक हो। शायद उनकै अफिसमा काम गर्छ।

कहिलेकाहीं लोग्नेसँगै घरमा आउँदा उनले चिनेकी हुन्। कहिलेकाहीं भेट हुँदा हँसीमजाक गर्ने प्रभात लामो समयपछि संयोगले मर्निङ वाकमा भेटिएको हो।

बिहान कुखुराको डाकमा पहिला उनी उठिन्। श्रीमान्लाई जगाइन्। अधकल्चो निद्रा, त्यसले दिएको भारीपनलाई पर सारेर फटाफट शौचादि कर्मबाट निवृत्त भइन्। लोग्नेभन्दा पहिला नै लुगा लगाएर तयार भइन्।

उही बाटो। उही समय। तर, शरीरमा अर्कै तन्मयता। अर्कै चञ्चलता। उनी लमकलमक हिंडिन्। हिजोसम्म कुनै खाल्डाखुल्डी र अँध्यारो ठाउँ आउँदा दिक्क मान्दै लोग्नेको हात समात्ने उषालाई आज कुन शक्तिले जाँगर दियो कुन्नि, पछाडि नहेरी फटाफट हिंडिन्। लोग्ने पछाडि पर्दै गए। उनी छिटोछिटो लम्किरहिन्, कसैलाई भेट्न हतार भए झैं।

बालुवाटार, ज्ञानेश्वर, मैतीदेवी हुँदै कालिकास्थान चोकनेर पुग्दा फेरि उही आवाज। उही मान्छे। प्रभातले आज आफैंलाई पर्खिरहेको हो कि भन्ने मीठो संशयको लहरले उनलाई रोमाञ्चित तुल्यायो।

“गुड मर्निङ !”

एउटा मीठो खुल्दुलीले उषालाई जिस्क्यायोे प्रभातले, “के हो भाउजू, आज एक्लै? दाइ खोइ त?”

यस्तो भनेको उनलाई कति मजा लाग्यो भने, सोचिन्, ‘हो एक्लै’ भन्न पाएको भए उसलाई पनि कति मजा आउँदो हो। तर, कसरी भन्नु त्यो? भनिन्, “आउँदै छन् पछाडि।”

“एक छिन पर्खौं कि?”

“पर्खौं।”

करीब दुई सय मिटर टाढा मधुरो उज्यालोमा आउँदै गरेको लोग्नेको छाया देखियो। यता, फेरि उस्तै गुनगुन। उस्तै खितखित। लोग्ने नजिक आइपुग्दा उनले भनिन्, “हजुर अगाडि हिंडिस्योस्, हामी पछि पछि आउँला।”

“होइन, होइन। तिमीहरू हिंड्दै गर। म आइहाल्छु नि,” भन्न त भने, तर मनलाई ढाँटेर भने।

एक, दुई, तीन पाइला हुँदै उनीहरू अगाडि बढे। लोग्ने पछाडि पर्दै गए। उस्तै, फुर्तिलो हिंडाइ। प्रफुल्ल मन। मन्दमन्द मुस्कान। रमाइला कुरा। रोमाञ्चक अनुभूति। अव्यक्त भावना त कति हुन् कति। ती सबै बालुवाटारको उकालोनेर पुग्दा टक्क रोकिए।

]उषाले अचम्म मान्दै झकझक्याइन्, “के
भयो स्वामी? अहिलेसम्म किन उठिसेन?
मर्निङ वाकको समय ढल्किन लाग्यो त।”
यहींनेर लोग्नेलाई पर्खिनु थियो र प्रभातसँग छुट्टिनु पनि। उनले एउटा खल्लो सुस्केरा छोडिन् “कति नमीठो छुटाइ।”

यसरी दिनहरू बित्न शुरू भए। मर्निङ वाकले जीवनमा छलाङ पो ल्याइदियो। कुखुरा नबास्दै उनी उठ्न थालिन्।

तन्मयताका साथ तयार भएर लोग्नेलाई भन्न थालिन्, “कति ढिला गरिबक्स्या हो? मर्निङ वाक त चाँडै पो जानुपर्छ। फटाफट गरिस्योस् है।”

तर, अचानक एक दिन लोग्ने चाहिं बिस्तराबाट उठेनन्। दशौं चोटि चराहरू चिरबिराए। उषा शौचादि कर्म सकेर तयार भइन्। तर, उनी उठेनन्। फ्वाँफ्वाँ गरेर सुतिरहे।

उषाले अचम्म मान्दै झकझक्याइन्, “के भयो स्वामी? अहिलेसम्म किन उठिसेन? मर्निङ वाकको समय ढल्किन लाग्यो त।” “तिमी ह्याँनेर नकराऊ है। सुत्न देऊ मलाई। जान्नँ म मर्निङ वाक सर्निङ वाक। तिमी नै जाऊ।”

उषा चकित परिन्। आज एक्कासि के भयो स्वामीलाई? उनैले कर गरेर मर्निङ वाक शुरू गराएका हुन्। अब त लत नै भइसक्यो। प्रत्येक दिनको नित्य कर्म बनिसक्यो। तर, आज एकाएक के भयो उनलाई? बुझ्न सकिनन्।

“हैन, हजुरको गाथमा सन्चो भएन कि ? मर्निङ वाकले त हजुरलाई फाइदै गरेको छ त। उठिस्योस् न, जाऔं।” उनले लोग्नेको निधारमा हत्केला बिसाइन्।

“नकराऊ भनेको सुनिनौ?” स्वास्नीको कोमल हात कठोरतापूर्वक हुत्याइदिए, “तिमी जाऊ, म जान्नँ।” ठुस्स परेर ओढ्नेले मुख छोपे।

]रिसले उनको पारा झन् तात्यो। ओढ्ने
मिल्काएर जुरुक्क उठे। सरासर तीनतले
घरको छतमाथि पुगे। पूर्व फर्किएर
बालुवाटार र विशालनगरको सडकतर्फ हेर्न
थाले। उनले कल्पना गरेका दृश्य अग्ला
घरहरूले छेकिदिएपछि झन् मुर्मुरिंदै तल झरे।
उनले सोचिन्, थकानले जिउ गल्यो होला। आराम गर्न दिऊँ।

“म गएँ त है।” उनी फटाफट निस्किइन्।

यता बिस्तरामा मुर्मुरिंदै उनी कोल्टो फर्किरहे। रिसले दाह्रा किटिरहे, ‘आइमाईको मन बुझ्न सकिंदैन भन्थे, हो रै’छ। यत्रो सम्पत्तिकी मालिक्नी भएर पनि त्यो जाबो फकिरसँग कसरी पैताला मिलाएर हिंडेकी त्यो? छिऽऽ।”

रिसले उनको पारा झन् तात्यो। ओढ्ने मिल्काएर जुरुक्क उठे। सरासर तीनतले घरको छतमाथि पुगे। पूर्व फर्किएर बालुवाटार र विशालनगरको सडकतर्फ हेर्न थाले। उनले कल्पना गरेका दृश्य अग्ला घरहरूले छेकिदिएपछि झन् मुर्मुरिंदै तल झरे।

फेरि बिस्तरामा पल्टिए। दिमागमा एउटा दृश्य बनाउन थाले-

उषा अहिले कालिकास्थानको चोकनेर पुगिन्। प्रभात उसैलाई पर्खेर उभिइरहेको थियो। उषालाई देखेर ऊ आनन्दले फुल्यो। उत्साहित भएर उसले सोध्यो, “आज एक्लै हो?”

आफ्ना कौतुकप्रिय आँखा नचाउँदै उनले भनिन्, “एस्।” अहो कति मीठो गरी ‘एस्’ भनेकी उनले। कति ठूलो राज लुकेको छ, त्यति सानो ‘एस्’ मा।

ऊ मख्ख परेर नजिक आयो। उषाको कुहिनामा आफ्नो नाडीले छोयो। “लौ त जाऔं।” दुवै जना सँगसँगै हिंडे। प्रभातले उषाको कान्छी औंला समात्यो। औंलाहरू चलाउँदै उनीहरू हिंड्न थाले।

हिंड्दाहिंड्दै प्रभातको मुखमा पुलुक्क हेरिन् उषाले। मनका सप्पै चाहना आएर आँखामा छचल्किए। ओहो! कति रहस्यमय हेराइ। कस्तो मौन आमन्त्रण आँखाको। कुतकुतीको मीठो लहरले शरीर रोमाञ्चित भयो।

अब उनीहरू नारिएरै हिंड्न थाले। उषाको गोरो काँधमाथि प्रभातको अङ्कमाल पर्‍यो। उषाको आङ सिरिङ्ग भयो।

उज्यालो हुन अझै बाँकी थियो। मुख्य सडक छोडेर खै के चिजले उनीहरूलाई अँध्यारो गल्लीतिर डोर्‍यायो। सुनसान गल्लीमा पुगेपछि प्रभातको दायाँ हात उषाको कम्मरमा फेरो पर्‍यो। उषा लल्याकलुलुक भइन्। आफ्नो पूरै जीउ प्रभातको जिम्मामा सुम्पिदिइन्। प्रभातले अँगालोमा लियो। उठायो। र, सुस्तरी एउटा पेटीमा सुतायो। यहाँनेर उनीहरूका नजर बन्द थिए, तर अधर खुला। बाहिरी संसार बिर्सिएर उनीहरू आ-आफ्ना सास साटिरहेका थिए।

कुनै निर्देशन विना, सोधपुछ विना, बोली
विना आफैं कति कुशलताका साथ अगाडि
बढे प्रक्रियाहरू। एउटा अमुक क्षणमा आफैं
कसरी शमन भए अप्रकट सुस्केराहरू उफ्!

कुनै निर्देशन विना, सोधपुछ विना, बोली विना आफैं कति कुशलताका साथ अगाडि बढे प्रक्रियाहरू। एउटा अमुक क्षणमा आफैं कसरी शमन भए अप्रकट सुस्केराहरू उफ् ऽऽऽ!

क्षणभरमै उनले देखे- उषा कसरी पानीपानी भइन्। बिहानको यस चिसो सिरेटोमा पनि शरीर पग्लिएर कसरी निथ्रुक्क भिजेकी! गेटभित्र छिर्दा झरीको चरा जस्तै थिइन्, निथ्रुक्क।

छि! उनले मुन्टो बटारे, र झ्यालबाट थुथु गरे।

उनी बाहिरबाटै कराइन्, “अझै उठिबक्सेन प्राणनाथ? आज एक्कासि के भयो त मेरो राजाको गाथमा?” सरासर बिस्तराको छेउमा पुगिन्। लोग्ने गोबर फुले झैं ठुस्स फुलेर पल्टिरहेथे। आफ्ना चिसा हत्केला लोग्नेको निधारमा पुर्‍याइन्, “जरो पनि त छैन। आज उसै के भयो हजुरलाई? भनिस्यो त।”

गोमन सर्पको फणा झैं उनले नाकका पोरा फुलाए। तर, एक शब्द बोलेनन्। मनमनै भने, आइमाईको जोबन र रूपै वैरी रैछ!

उषाले तातोपानी ल्याइदिइन्। ग्रीन टी टेबुलमा राखिदिइन्। लोग्ने रिसाउनुको कारण खुट्याउन सकिनन्।

दिनचर्या यसरी नै अगाडि बढ्यो। प्रत्येक बिहान निद्रा खुल्दा उनी ठुस्स परेर सुतिरहन्थे। कति कोशिश गर्दा पनि मर्निङ वाक जान मानेनन्।

यत्तिकै रिसाइरहन्थे।

तर, उषा प्रत्येक दिन ब्रह्ममुहूर्तमै निस्किन्थिन्। मर्निङ वाकबाट भिजेको चरा झैं निथ्रुक्क भएर आउँथिन्। उनको अनुहारको ज्योति दिनानुदिन तेज हुँदै थियो।

अचानक एक दिन प्रभात मर्निङ वाक आएन। सधैं भेट हुने कालिकास्थानको चोकनेर ठीक समयमा उनी पुगिन्। चोक वरपर हेरिन्। मन्दिर छेउछाउमा आँखा तन्काइन्। पीपलको रूखनेर लामो समयसम्म पर्खेर बसिन्। छर्लङ्ग उज्यालो भयो। तर, प्रभात आएन।

उनी निराश भइन्। प्रभातसँग कति लगाव भइसकेछ, बल्ल थाहा पाइन्। दिक्क मानेर फर्किइन्। भोलि त भेट होला नि भन्दै अर्को दिनको पर्खाइमा छटपटाइन्।

भोलि पल्ट पनि प्रभात आएन। उनलाई
लाग्यो, उसले कतै मर्निङ वाकको रुट पो
बदल्यो कि? केही दिन मैतीदेवीबाट घुमिन्।
केही दिन डिल्लीबजारबाट। गौशाला र
कमलादीतिर पनि पुगिन्। कुनै रुटमा ऊ
भेटिएन।

तर, भोलि पल्ट पनि प्रभात आएन। उनलाई लाग्यो, उसले कतै मर्निङ वाकको रुट पो बदल्यो कि? केही दिन मैतीदेवीबाट घुमिन्। केही दिन डिल्लीबजारबाट। गौशाला र कमलादीतिर पनि पुगिन्। कुनै रुटमा ऊ भेटिएन।

मर्निङ वाकको समय पो बदलेको हो कि भन्ने सोचेर नियमित समयभन्दा चाँडो पनि निस्किन्, ढिलो पनि। तैपनि प्रभात भेटिएन। उनी साह्रै थकित भइन्, निराश पनि। मर्निङ वाकले ताजगीको बदला उषालाई थकान दिन थाल्यो। तथापि बानी जस्तो भइसकेको थियो। ठीक समयमा उठ्थिन् र एकसरो डुलेर फर्किन्थिन्।

एक दिन फेरि अचानक कालिकास्थान चोकनेरैबाट कसैले हात उठायो, “हेलो भाउजू।”

उनले यसो हेरिन्, प्रभात रहेछ। यो अप्रत्याशित उपस्थितिबाट उनी खुशी भइन्। उनलाई रोऊँ रोऊँ जस्तो लाग्यो, हाँसूँ हाँसूँ जस्तो पनि। घुर्की देखाउँदै भनिन्, “बोल्दिनँ तपाईंसँग। यत्तिका दिनसम्म कहाँ हराउनुभएको थियो?”

“यस्तै त हो भाउजू, बिहेको अलमलमा परें,” पछिल्तिर उभिएकी युवतीलाई भने, “उहाँ उषा भाउजू।” युवतीले नमस्कार गरिन्। “अनि यिनी चाहिं मेरी दुलही हुन्, भाउजू।”

उनी खङ्ग्रङ्ङ भइन्। युवतीलाई अपलक हेरिरहिन्। “ओहो ! बिहे पनि गर्नुभएछ ! कति राम्री दुलही। कस्तो राम्रो जोडी। खै, हाम्लाई त थाहै दिनुभएन।” उनले आश्चर्यले हेरिरहिन्। मनमा कतै खिल बिझे जस्तो लाग्यो।

“हतारमा गाउँ जानुपर्‍यो। उतै भयो बिहे। हिजो मात्रै यहाँ आइपुगेको। दाइलाई त भनेको थिएँ, भन्नुभएन कि क्या हो?”

“लौ बधाई। सुखद दाम्पत्य जीवनको कामना।” उनी अगाडि बढिन्। सँगसँगै उनीहरू पनि बढे। उनले सम्झ्इिन्, ‘मर्निङ वाकको पहिलो दिन पनि यसरी नै तीन जना सँगसँगै हिंडेका थियौं। लोग्नेलाई पछिल्तिर छोडेर त्यस वेला प्रभातसँग अघि बढेकी थिएँ। तर, आज ठीक उल्टो मलाई पछिल्तिर छोडेर उसका पाइला स्वास्नीसँग अघि बढेका छन्। उफ्ऽऽ!” उनीहरू छुट्टिएर गए, कमलादीतिर।

मर्निङ वाकदेखि उषालाई विरक्त लागेर
आयो। हिंड्दाहिंड्दै उनका गोडा फतक्क
गले। मनमा बेचैनी भयो। सधैं उभिने
बालुवाटारको शमी चौतारीमा पुग्दा आँखा
डम्म भरिए।

मर्निङ वाकदेखि उषालाई विरक्त लागेर आयो। हिंड्दाहिंड्दै उनका गोडा फतक्क गले। मनमा बेचैनी भयो। सधैं उभिने बालुवाटारको शमी चौतारीमा पुग्दा आँखा डम्म भरिए।

आज उनको शरीरमा पसिनाको थोपा थिएन। जाडो लागेर शरीर सिकुडिएको थियो। ज्वरो आउला जस्तो भइरहेथ्यो। घर पुग्दा उनको अनुहारको रङ फुङ्ग उडेको थियो। दिनभरि घाममा लोलाएर बसिरहिन्।

साँझपख लोग्ने ढिलो गरी फर्किए। भने, “डक्टरकोमा गएको थिएँ। सुगर अलि बढ्या छ रे। बिहान बेस्सरी दौडिनू, पसिना निकाल्नू भन्या छ। खाना पनि बार्नू अरे। प्रेसर नि बढेछ।”

“प्रेसर त मेरो पनि बढ्या छ,” यत्ति भनेर उनी कोल्टो फर्किन्।

कुखुराको डाकसँगै उनी ब्युँझिए। झटपट शौचादि कर्म सके। कपडा लगाएर मर्निङ वाकका लागि तयार भए। तर, सधैं अगाडि नै तयार हुने उषा आज फ्वाँफ्वाँ सुतिरहिन्।

उनले उसैगरी झकझक्याए, जसरी पहिलो दिन झकझक्याएका थिए, “के भो प्रिया, सन्चो भएन कि?”

उनले आवाज दबाएर ‘हुँ’ मात्र गरिन्। उनले फेरि भने, “मर्निङ वाकले तिमीलाई फाइदै गरेको छ प्यारी। जीउ फुर्तिलो भएको छ। ढिलो हुन लाग्यो, उठिहाल त।”

ओढ्नेबाट मुख निकालेर उनले राँक्किएर भनिन्, “नकराइस्योस् है, मलाई सुत्न दिइस्योस्। आफैं गइस्योस्, म जान्नँ।”

उनी ट्वाँ परे। के भयो आज उषालाई, केही बुझ्न सकेनन्। उनी फटाफट निस्के र मर्निङ वाकको बाटो लागे।

comments powered by Disqus

रमझम