कार्तिक २०७८ | 18/10/2021

यात्रागीत

Share:
  
- विप्लप प्रतीक

एक्लै हिंड जिन्दगीमा ए बटुवा, तिमी बस् एक्लै हिंड
भीडमा पनि सब एक्लै छन्, तिमी पनि बस् एक्लै हिंड।

यहाँ माया छ, यहाँ आशा छ र यहाँ सपना पनि छ
ती तिम्रा मात्र होइनन्, त्यसमा अरूको पनि त हक छ,
अरूको हक पूरा गर्नलाई तिमी बस् एक्लै हिंड
भीडमा पनि सब एक्लै छन्, तिमी पनि बस् एक्लै हिंड।

कहीं पुग्छु जस्तो लाग्छ भने तिमी नजाऊ कहीं पनि
यात्रा र लक्ष्यको भेद जान्दैनौ भने नसोच केही पनि
आफ्नै आँसु किन पुस्छौ तिमी, अरूको सक्दैनौ भने
भीडमा पनि सब एक्लै छन्, तिमी पनि बस् एक्लै हिंड।

आँधीसँग डराउँछौ, अनि किन निस्कन्छौ तूफानमा?
तिम्रो पीर मात्रै ठूलो भनी किन कराउँछौ अञ्जानमा?
सबलाई प्यार गर्न समर्थ भए तिमी बस् एक्लै हिंड
भीडमा पनि सब एक्लै छन्, तिमी पनि बस् एक्लै हिंड।

comments powered by Disqus

रमझम