१६-३१ भदौ २०६९ | 1-16 September 2012

गाउँमा सस्तो मोबाइल

Share:
  

बहुराष्ट्रिय दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलियासोनेराले ग्रामीण भेगमा सस्तो मोबाइल पुर्‍याउने भएको छ। भदौ दोस्रो साता टेलियासोनेरा युरेसिया प्रमुख टेरो किभिसारीसहित नेपाल भ्रमणमा आएका टेलियासोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लार्स नाइवर्सले गुणस्तरीय सेवाका लागि हेलो नेपाल को 'रि–ब्रान्डिङ' गर्ने जानकारी दिए। हेलो नेपाल ले मध्यपश्चिमाञ्चल विकास क्षेत्रका दूरसञ्चार सेवा नपुगेका २७३ गाविसमा सेवा विस्तारको लाइसेन्स पाएको छ। निजी क्षेत्रको प्रमुख कम्पनी एनसेल मा ८० प्रतिशत लगानी रहेको टेलियासोनेराले हालै नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) को ७५ प्रतिशत शेयर किनेको छ।

प्रीति ९० ग्राममा
एशियन थाई फुड्सको उत्पादन प्रीति चाउचाउ ९० ग्रामको प्याकमा बजारमा आएको छ। बजार सर्वेक्षणको क्रममा उपलब्ध तौलबाट ग्राहक सन्तुष्ट नभएको पाएपछि तौल बढाइएको कम्पनीले जनाएको छ। 'कोही अब भोको नरहोस्' भन्ने नाराका साथ आएको प्रीति को प्रतिप्याकेट मूल्य भने रु.१५ नै कायम रहेको जनाइएको छ।

कोलिन्स का जिन्स
युरोपेली ब्रान्ड कोलिन्स का जिन्स कपडा नेपालमा बिक्री शुरू भएको छ। रिचार्म प्रालिले टर्किस जिन्स एन्ड कोलिन्स का उत्पादन नेपाल भित्र्याएको हो। काठमाडौंको सिटी सेन्टरमा रहेको शो–रूममा युवा, महिला र बालबालिका लक्षित क्याजुअल पोशाकको मूल्य न्यूनतम रु.१५ सयदेखि रु.९ हजारसम्म छ।

क्यानन लाई अवार्ड
क्यानन इओएस ५ डी ३ ले 'वेष्ट एड्भान्स एसएलआर फर इयर २०१२–१३' अवार्ड जितेको छ। युरोपियन इमाजिन एन्ड साउन्ड एसोसिएसनले क्याननलाई सो सम्मान दिएको हो। यसैबीच क्याननले पहिलो 'डिजिटल सिङ्गल लेन्स नन रिफ्लेक्सन' क्यामरा इओएस एम सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त क्यामेरा केही समयपछि नेपाल भित्र्याइने जनाइएको छ।

एक्साइड होम यूपीएस
नेपालका लागि एक्साइड ब्रान्डको आधिकारिक बिक्रेता हुलास पावरले होम यूपीएस बजारमा ल्याएको छ। गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास पावरले एक्साइड का इन्भर्टर, इन्डष्ट्रियल सेक्टर र अटोमोबाइल रेञ्जमा राम्रो प्रभाव पारिसकेको छ। एक्साइड होम यूपीएस ६५० भिए, ८५० भिए र १४५० भिएको मूल्य क्रमशः रु.१९ हजार ९९९, रु.२४ हजार ९९९ र रु.३२ हजार ९९९ पर्ने जनाइएको छ।

डेल वर्कशप
डेल कम्प्युटरको नेपालस्थित आधिकारिक बिक्रेता जेनेरेसन नेक्ष्ट कम्युनिकेसन प्रालिले डेल ब्रान्ड एम्बेसेडर वर्कशप शुरू गरेको छ। हालसम्म काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट एमबीए, एस कलेजमा बीबीए र एमबीए तथा क्यास्पियन कलेजमा सो क्याम्पेन आयोजना गरेको जनाइएको छ। २५ भन्दा बढी कलेजमा एम्बेसेडर क्याम्पेन सञ्चालन गर्ने कम्पनीको योजना छ।

बर्जर सम्बन्ध योजना
बर्जर जोन्सन एन्ड निकल्सन प्रालिले चाडबाड लक्षित योजना ल्याएको छ। ९ भदौदेखि २९ माघसम्म चल्ने पेन्टर र कन्ट्याक्टर लक्षित योजनामा सहभागी हुन बर्जर पेन्ट्सका विभिन्न उत्पादन खरीद गरी न्यूनतम ५००० अंक आर्जन गर्नुपर्नेछ। प्राप्ताङ्कको आधारमा वाटर प्युरिफायर, क्यामेरा, रेफ्रिजेरेटर, एलसीडी टीभी, वासिङ मेसिन, ह्यान्डी क्याम, ल्यापटप, इन्भर्टर, आईफोन, मोटरसाइकल लगायतका उपहार पाउन सकिने जनाइएको छ।

बिफिटर लाई ट्रफी
अन्तर्राष्ट्रिय स्तरको जीन ब्रान्ड बिफिटर यस वर्षको जीन ट्रफी विजेता बनेको छ। अन्तर्राष्ट्रिय मदिराका ब्रान्डमाझ् यो एक प्रतिष्ठित प्रतियोगिता हो। प्रतियोगिताका निर्णायकले बिफिटर लाई ट्रफीसहित स्वर्ण पदकले सम्मान गरेका हुन्। सन् १८६० देखि उत्पादन थालिएको बिफिटर जीन विश्वका १०० भन्दा धेरै मुलुकमा उपलब्ध छ।

रियल स्कूल अफ नेपाल
स्कूले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग गर्दै आएको रियल जुसले 'स्कूल अफ नेपाल–२०१२' को प्रायोजन गरेको छ। राष्ट्रिय स्तरको सो प्रतियोगिता पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलपछि काठमाडौंमा हुनेछ। हरेक क्षेत्रबाट २०/२० विद्यालयबीचको प्रतिस्पर्धामा चयन हुने एक/एक विजेताबीच स्कूल अफ नेपाल–२०१२ को अन्तिम प्रतिस्पर्धा हुने जनाइएको छ।

पेप्सी का विजेता
पेप्सी ले गर्मी मौसमलाई लक्षित गरी शुरू गरेको 'ड्रिङ्क एन्ड ड्राइभ' अन्तर्गत ४ सातादेखि ८ सातासम्मका विजेता चयन गरेको छ। जस अनुसार हेटौंडाकी लालकुमारी दाहालले सुजुकीको अल्टो कार जितेकी छन् भने पुरानो बानेश्वरका मणिराज कालाखेती, कुपन्डोलका सुवास कटुवाल, गोङ्गबुका जयप्रकाश काफ्ले, लोकन्थलीका उत्तम खुलाल र जयवागेश्वरीका इन्दिरा कटुवाल बजाजको डिस्कभर मोटरसाइकल विजयी बनेका छन्। यस्तै २५ जना ३२ इन्चको सार्प एलसीडी टीभी विजेता बनेको कम्पनीले जनाएको छ। 

एभरेष्टको कृषि शाखा

p50
शाखा उद्घाटनपश्चात् किसानलाई
कर्जा प्रमाणपत्र वितरण गर्दै गभर्नर
खतिवडा (बायाँ) र ब्याङ्कका सिईओ महापात्र।

नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई कृषि क्षेत्रमा कर्जा विस्तार गर्न प्रेरित गरिरहेका बेला एभरेष्ट ब्याङ्कले कृषि उद्यम विकास गर्ने उद्देश्यले राजविराजमा नयाँ शाखा स्थापना गरेको छ। कृषि क्षेत्रमा कर्जा प्रवाह गर्ने शाखाको मुख्य लक्ष्य छ।

अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमता विकासका लागि तत्काल कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने बताउँदै आएका गभर्नर डा. युवराज खतिवडा शाखा उद्घाटन गर्न स्वयं उपस्थित भएर ब्याङ्कको नयाँ कदमको प्रशंसा गरे। नेपाल जस्तो कृषिमा आधारित देशमा ब्याङ्किङ क्षेत्रको लगानी र सहयोगले समग्र अर्थतन्त्रकै भलाइ हुने विश्वास तथा व्यावसायिक कृषिप्रतिको जागरुकता अभिवृद्धिमा मद्दत गर्ने लक्ष्य लिएको ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत पीके महापात्रको भनाइ छ। ब्याङ्कले ४७ शाखाका अलावा २० राजस्व काउन्टर र दुइटा एक्सटेन्सन काउन्टर तथा भारतको नयाँदिल्लीस्थित सम्पर्क कार्यालयबाट समेत ग्राहकलाई सेवा दिंदै आएको छ।


हिमालयन ब्याङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका छाउनीस्थिल 'हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होम' का बालबालिकालाई सहयोग प्रदान गरेको छ। ब्याङ्कले २१ जना अनाथ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता तथा ब्ल्याङ्केट प्रदान गरेको हो। 


इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेमिट्यान्स काउन्टरमार्फत रात्रीकालीन सेवा शुरू गरेको छ। रात्रीकालीन हवाई उडानको वृद्धिसँगै कम्पनीले साँझ् ६ बजेदेखि राती ११ बजेसम्म विदेशी मुद्रा सटही, ट्राभलर्स चेक खरीद बिक्री लगायत विदेशबाट पठाएको रकम पाउने र नेपालभर पैसा पठाउन मिल्ने सेवा शुरू गरेको हो।

comments powered by Disqus

रमझम