१-१५ असार २०६९ | 15-29 June 2012

क्यानन को नयाँ क्यामेरा

Share:
  

आउँदो जुलाइदेखि नेपाली बजारमा क्याननको नयाँ ईओएस ६५० डी क्यामेरा बिक्री शुरू हुँदैछ। कम्पनीको अधिकृत बिक्रेता प्राइमेक्स इन्टरनेशनलका अनुसार डीजी सी ५ इमेज प्रोसेसर रहेको क्यामेराको आईएसओ स्पिड १०० देखि १२ हजार ८०० सम्म रहेको र यसलाई २५ हजार ६०० सम्म बढाउन सकिनेछ। क्यामेराको ब्याट्री भ्यू फाइन्डरमा ४४० सट्स र लाइभ भ्यूमा १८० सट्स खप्ने तथा क्यामेरामा मल्टी सट नोइन रिटक्सन फङ्सन, एचआरडी ब्याकलाइट कन्ट्रोल मोड, ह्यान्डहेल्ड नाइट सिन मोडहरू नयाँ ढंगले विकास गरिएको कम्पनीले जनाएको छ।

सिजी को लूट विजेता
चौधरी समूह अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नयाँ वर्षको अवसरमा ल्याएको 'सिजीको एलसीडी लूट' योजनाको पहिलो चरणमा ३२ इन्चको सिजी एलसीडी टिभी का भाग्यशाली विजेता गोलाप्रथाद्वारा चयन गरेको छ। विजेताहरूमा नारायणगढका भरतमणि पाण्डे, बुङ्मतीका बाबुकुमार महर्जन, जावलाखेलका एलपी श्रेष्ठ, पोखराका विष्णु अधिकारी, मध्यपुर ठिमीकी माइली तामाङ, इमाडोल ललितपुरका मनकाजी श्रेष्ठ र बनेपाका निशा पोते छन्। कम्पनीका अनुसार यो योजना अब केही समय मात्र रहनेछ।

कोकाकोला को फूटबल ह्याप्पीनेस
युरोकप–२०१२ लाई लक्षित गरी कोकाकोला ले विश्वव्यापी उपभोक्ता योजना सार्वजनिक गरेको छ। चार सातासम्म चल्ने योजनामा 'स्पिरिट अफ युरो' र 'ट्रान्सफरमेसन' गरी दुई टिभी विज्ञापनमार्फत फूटबलप्रेमीहरू कसरी कोकाकोला को साथ युरोको रंगमा रमेका छन् भनेर देखाइने कम्पनीले जनाएको छ। योजनामा दिनहुँ टेलिभिजन, रेडियो तथा पत्रपत्रिकामा सोधिएका प्रश्नको सही जवाफ फूटबलप्रेमीहरूले ७७२२ मा एसएमएस गरेका आधारमा हरेक साता दुई जनाले सार्पको ३२ इन्च एलसीडी टिभी पाउने जनाइएको छ। साथै क्युएफएक्सको ठूलो पर्दामा युरो कप– २०१२ को फाइनल हेर्न पाउने अफर अन्तर्गत सातामा २० जोडीका दरले कुल ५०० जना भाग्यशालीले टिकट पाउनेछन्।

स्कोडा फाविया पोखरामा
नेपालका लागि युरोपेली मोटर स्कोडा को आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा फाविया को पोखरामा बिक्री शुरू गरेको छ। पोखरास्थित स्कोडा डिलर भीएमकेले नै फाविया को पनि बिक्री वितरण गर्ने जनाइएको छ। साथै पोखरामा फाविया को उपस्थितिसँगै कम्पनीले २६ देखि २८ जेठसम्म स्कोडा एक्सचेन्ज अभियान पनि सञ्चालन गरेको थियो। ह
सुन र ८लर एकैसाथ महंगो

सामान्यतः मूल्यका हिसाबले विपरीत सम्बन्ध भएका सुन र अमेरिकी डलर यसपटक भने एकैसाथ महङ्गिएका छन्। युरो क्षेत्रको आर्थिक संकटका कारण यी दुवैको माग ह्वात्तै बढ्दा अस्वाभाविक रूपमा मूल्य बढेको व्यापार विज्ञ रत्नाकर अधिकारी बताउँछन्।

अन्तर्राष्ट्रिय रूपमा धन सुरक्षित राख्न सुनलाई 'सुरक्षित स्वर्गको लगानी' भनिन्छ। यही विश्वासका कारण सुनको मूल्य २६ जेठमा प्रति औंस १ हजार ५७२ डलर पुग्यो। केही महीनाअघि यो प्रति औंस १ हजार ९२४ डलरसम्म पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा पछिल्लो तीन वर्षमा सुनको भाउ करीब दोब्बर भएको छ। स्वदेशी बजारमा पनि सुनको मूल्य वार्षिक २० देखि २५ प्रतिशतले बढ्ने गरेको नेपाल सुनचाँदी व्यवसायी संघको तथ्याङ्कले देखाउँछ। २०६० सालमा प्रति तोला रु.१० हजारभन्दा कममा किनबेच भएको सुनको मूल्य अहिले रु.५५ हजार नाघेको छ। २०६५ मा प्रतितोला रु.२० हजार र २०६७ मा ३४ हजार थियो।

सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य २०२५ सालतिर आफूले व्यवसाय शुरू गर्दा एक तोला सुनको भाउ रु.२०० रहेको सम्झ्न्छन्। संघले न्यूयोर्क कमोडिटी एक्सचेन्जलाई आधार बनाएर २०४६ सालदेखि नेपालमा सुनको दैनिक मूल्य निर्धारण गर्न थाल्यो। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेपछि नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ। अहिले १ डलर किन्न करीब रु.८९ तिर्नुपर्छ।


हिमालयन ब्याङ्कले जेसीबी इन्टरनेशनलसँगको सहकार्यमा जेसीबी क्रेडिट कार्ड प्रचलनमा ल्याएको छ। अब जेसीबी कार्डवाहकले हिमालयन ब्याङ्क अन्तर्गतका १२ सयभन्दा बढी व्यापारिक केन्द्र तथा ६९ एटीएम मेसिनबाट सेवा प्रयोग गर्न सक्ने छन्। विश्वका विभिन्न मुलुकमा ७ करोड ७० लाख जेसीबी कार्डवाहक छन्।

कमर्ज एण्ड ट्रष्ट ब्याङ्कले १५१ दिने मुद्दती बचत सुविधा शुरू गरेको छ। वार्षिक १०.५१ प्रतिशत व्याज भुक्तानी १५१ दिनको समाप्तिसँगै प्राप्त हुने यो खाता ग्रामीण शाखामा रु.२५ हजार र शहरमा रु.१ लाखमा खोल्न सकिने जनाइएको छ।

लक्ष्मी ब्याङ्कको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था ले काठमाडौंबाट कारोबार शुरू गरेको छ। रु.१० करोड अधिकृत पूँजी तथा रु.७ करोड चुक्ता पूँजी रहेको संस्थाले असार दोस्रो साताभित्र तीन वटा शाखा स्थापना गर्ने जनाएको छ।

सानिमा ब्याङ्कले सुन धितो कर्जा शुरू गरेको छ। बैंकको प्रधान कार्यालय अलकापुरी नक्सालबाट शुरू गरिएको सो योजनामा सुन तथा सुनका गरगहना धितो राखी तुरुन्त रकम निकाल्न सकिने जनाइएको छ।

मेगा ब्याङ्कले कास्कीको भलाम र धादिङको सुनौला बजारमा सातौं र आठौं शाखारहित ब्याङ्किङ सेवा शुरू गरेको छ। ब्याङ्कले शाखारहित ब्याङ्किङ अन्तर्गत स्थानीय कसैलाई प्रतिनिधि तोकी उसैकहाँ निक्षेप संकलन तथा कर्जा आवेदन बुझ्ाउन सक्ने व्यवस्था गरेको छ।

comments powered by Disqus

रमझम