१६-३० असोज २०६९ | 2-16 October 2012

क्लोज अप पार्टी

Share:
  

 

'क्लोज अप कुलेस्ट फ्रेण्ड कन्टेक्स' मा विजयी अवेश अधिकारी र उनका साथीका लागि क्लोज अप टुथपेष्टले पार्टी आयोजना गरेको छ। फ्रेण्डसिप डेका अवसरमा फेसबुकमा एक महीना लामो अभियानमा विजयी अधिकारीसहित उनका ३० जनालाई पार्टीमार्फत हौसला प्रदान गरिएको उत्पादक नेपाल लिभरले जनाएको छ। 
 
सामसुङ स्मार्टफोन क्याफे 
सामसुङ मोबाइलले बुटवल, दाङ र नारायणघाटमा सामसुङ स्मार्टफोन क्याफे संचालन गरेको छ। यी क्याफेमा विभिन्न मोडेलका सामसुङ स्मार्टफोन र यसका पार्टपुर्जासहित स्मार्टफोन सम्बन्धी जानकारी दिइने जनाइएको छ। देशभरि ५० वटा यस्ता स्मार्टफोन क्याफे संचालनमा ल्याउने कम्पनीको योजना छ। 
 
आइडियल स्कूल अफ नेपाल–२०१२ 
रियल जुसद्वारा प्रायोजित हाजिरीजवाफ, वक्तृत्वकला जस्ता बालबालिकाको सर्वाङ्गीण विकास गर्ने 'स्कूल अफ नेपाल २०१२' मा ललितपुरको आइडियल मावि प्रथम भएको छ। यसैगरी धरानको यूरेका रेसिडेन्सियल मावि द्वितीय र भक्तपुरको सैनिक आवासीय महाविद्यालय तृतीय भएका छन्।  
 
सीजी दशैं खर्च 
सीजी इलेक्ट्रोनिक्स ले दशैंको अवसरमा 'सीजी दशैं खर्च' उपहार योजना ल्याएको छ। यो योजना अन्तर्गत सीजी का कुनै पनि उत्पादन खरीदकर्ताले अर्को सामान सित्तैंमा पाउनेछन्। त्यस्तै सामान खरीद गर्दा पाउने कुपनको आधारमा हरेक हप्ता लक्की ड्रमार्फत दुई जनालाई रु.५०,००० को उपहार दिइने कम्पनीले जनाएको छ। 
 
कोका–कोलाको उत्सव अफर  
चिसो पेयपदार्थ कोका–कोलाले दशैंको अवसरमा 'उत्सव अफर' अन्तर्गत २.२५ लिटरको फ्यामेली प्याक बजारमा ल्याएको छ। यो योजनाअन्तर्गत ग्राहकले कोका–कोला, फ्यान्टा र स्प्राइट खरीदमा रु.१० छुट पाउने जनाइएको छ।   
 
वाइवाइ ज्ञानज्योति पुस्तकालय  
वाइवाइ ले बालबालिकालाई पुस्तकसम्मको पहुँच सजिलो बनाउन ज्ञानज्योति पुस्तकालय योजना सञ्चालन गरेको छ। यो योजनाअन्तर्गत वाइवाइ चाउचाउमा राखिएका कुपनमार्फत उपहारस्वरुप पुस्तक प्रदान गरिनेछ। 
 
हिरो मोटरसाइकल  
हिरो मोटोकर्प लि. (एचएमसीएल) ले हिरो ब्राण्डका दुईपाङ्ग्रे सवारी साधन नेपालमा बिक्री शुरू गरेको छ। देशभरका ७० भन्दा धेरै बिक्री कक्षमार्फत एचएमसीएलका उत्पादनको बिक्री गरेको हो। नेपालमा हिरो ब्राण्डका सवारी साधन ज्योति समूह अन्तर्गतको एनजीएमले भित्र्याएको हो। बजारमा हिरो मोटरसाइकलका प्रारम्भिक वर्ग (एचएफ डिलक्स र एचएफ डउन), डिलक्स वर्ग (स्प्लेन्डर प्रो, स्प्लेन्डर एनएक्सजी, सुपर स्प्लेन्डर, ग्लामर र प्यासन प्रो) र प्रिमियम वर्ग (करिज्मा जेडएमआर, हंक, एक्सटि्रम र अचिभर) तथा प्लेजर स्कुटर उपलब्ध छन्। 
 
आरसीटीलाई युनाइटेडको साथ 
युनाइटेड स्पिरिट्स नेपाल प्रालिको उत्पादन म्याकडोवेल्स नं १ व्हिस्कीले नेपालको ए डिभिजन फूटबल क्लव आरसीटीलाई प्रायोजन गर्ने भएको छ। सो सम्बन्धी सहमति पत्रमा कम्पनी र क्लबबीच हालै हस्ताक्षर भएको छ।  
 
डिल्लीबजारमा सीजी मार्ट 
सीजी मार्ट ले राजधानीको डिल्लीबजारमा तेस्रो स्टोर खोलेको छ। स्टोरमा आयातीत ब्राण्डेड खाद्य पदार्थ, तयारी खानासहित ७२४० प्रकारका सामान बिक्रीमा रहेको जनाइएको छ। सीजी स्मार्ट का यसअघि मीनभवन र त्रिपुरेश्वरमा स्टोर खुलिसकेका छन्। 
 
क्लिन इनर्जी डेभलपमेन्ट ब्याङ्कले १० प्रतिशत ब्याजका पाँच नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। ब्याङ्कले 'महिला उद्यमी कर्जा', 'युवा उद्यमी कर्जा', 'क्लिन शैक्षिक कर्जा', 'क्लिन मेरो पहिलो प्यारो घर कर्र्जा', र 'क्लिन कन्ट्रयाक्टर कर्जा' घोषणा गरेको हो। व्यावसायिक तथा व्यक्तिगत ग्राहकका लागि ल्याइएका यी कर्जा योजनामार्फत व्याजदर घटाएर ग्राहकमुखी भएको ब्याङ्कले जनाएको छ।  
 
इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले भारतबाट रेमिट्यान्स भित्र्याउन देशका २० स्थानमा हास्यव्यङ्ग्य कार्यक्रम गर्ने भएको छ। 'बाईरोडको बाटोमा' नाम दिइएको यो कार्यक्रममा प्रहसन र हास्यव्यङ्ग्यका अतिरिक्त ब्याङ्किङ च्यानलबाट पैसा पठाउँदा हुने फाइदा, तरिका र सम्पर्क स्थानबारे जानकारी गराइनेछ। 
comments powered by Disqus

रमझम