१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

कोक सर्वोत्कृष्ट ब्राण्ड

Share:
  

 

कोका–कोला सन् २०१२ को सर्वोत्कृष्ट ब्राण्ड चुनिएको छ। फेसबुकमा पाँच करोड शुभेच्छुकको 'लाइक' पाएको कोका–कोला लाई इन्टरब्राण्डले विश्वका उत्कृष्ट १०० ब्राण्डको श्रेणीबाट सर्वोत्कृष्ट घोषित गरिएको हो। कुशल व्यवस्थापनका कारण यो सफलता हासिल गरेको कोका–कोला ले जनाएको छ।  
 
इत्तेहाद को सस्तो भाडा 
इत्तेहाद एयरवेजले नेपालमा उडान शुरू गरेको पाँच वर्ष पुगेको अवसरमा युरोपका विभिन्न गन्तव्यको भाडामा निश्चित समयसम्म छूट दिने घोषणा गरेको छ। कम्पनीका अनुसार लण्डन, पेरिस, फ्रान्कफर्ट, मिलान, जेनेभा र म्यान्चेस्टरका उडानमा छूट दिइनेछ।   
 
हुन्डाइ स्टल उत्कृष्ट 
राजधानीमा हालै सम्पन्न 'नाडा अटो शो २०१२' मा हुन्डाइ को स्टल उत्कृष्ट घोषित भएको छ। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्टद्वारा आयोजित अटो शो ५० हजार दर्शकले अवलोकन गरेका थिए भने रु.७० करोड बराबरको कारोबार भएको थियो।  
 
जेसीबी अपरेटर भेला 
नेपालस्थित जेसीबी कन्स्ट्रक्सन र हेवी इक्वीपमेन्टको अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले १७ असोजमा धनगढीमा अपरेटर भेला सम्पन्न गरेको छ। सुदूरपश्चिमका ९ जिल्लाका ५३ अपरेटर सहभागी भेलामा मेसिनमा आउन सक्ने समस्या र नियन्त्रणको उपायबारे जानकारी गराइएको थियो।  
 
ई–आर्ट को कला युरोपमा 
ई–आर्ट नेपालले फ्रान्स, नेदरल्याण्ड र जर्मनीमा 'नेपाली कन्टेम्पोररी आर्ट शो' गरेको छ। ५ भदौदेखि एक महीना चलेको प्रदर्शनीबाट युरोपेली बजारमा नेपाली कलाकृतिको प्रचार भएको जनाइएको छ। ई–आर्ट ले काष्ठमण्डप आर्ट स्टुडियो सँगको सहकार्यमा नेपाली कला अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन एवं नेपाली शैलीमा बनेका पेन्टिङ र मूर्ति इन्टरनेटको माध्यमबाट किनबेच गराउँदै आएको छ। 
 
बर्जर सिल्भर उत्सव 
दशैंको अवसर पारेर बर्जर जोन्सन एन्ड निकल्सन प्रालिले 'सिल्भर उत्सव उपहार योजना' ल्याएको छ। १९ असोजदेखि कात्तिक मसान्तसम्म चल्ने योजनामा ब्रोल्याक हाई–ग्लस इनामेल, बाईसन सुपर डिस्टेम्पर र जेनसोलिन एक्रेलिक वासेबल डिस्टेम्पर निश्चित परिमाणभन्दा धेरै खरीद गर्दा पाँच ग्राम चाँदीको सिक्का पाइने जनाइएको छ। 
 
बीबी एयरवेज को उडान शुरू  
गैरआवासीय नेपाली उद्यमी भवन भट्टद्वारा प्रबर्द्धित बीबी एयरवेज ले २५ असोजमा काठमाडौं–मलेशिया उडान गरी नियमित सेवा शुरू गरेको छ। कम्पनीले काठमाडौंबाट मलेशियासहित हङकङ, सिङ्गापुर, नयाँदिल्ली, टोकियो, दोहा र बैंककको उडान अनुमति पाएको छ। हाल बोइङ ७५७–२०० बाट तत्कालका लागि क्वालालम्पुर सातामा चार, हङकङ तीन र जापानको टोकियो चार्टर्ड उडान गर्ने जनाइएको छ। कम्पनीका अध्यक्ष भट्टका अनुसार छिट्टै अर्को बोइङ ७५७ थपी सिङ्गापुर, बैंकक, नयाँदिल्ली र दोहामा उडान गर्ने तथा भविष्यमा नयाँ दुई बोइङ ७६७ थपेर अष्ट्रेलिया र युरोपसम्म सेवा विस्तार गरिनेछ।   
 
'क्लिनस्टार्ट' को शुभारम्भ 
संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (यूएनसीडीएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त कार्यक्रम 'क्लिनस्टार्ट' नेपालमा शुरू भएको छ। लघुवित्त तथा उत्तरदायी मूल्य श्रृंखलामार्फत गरीब नेपालीको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको कार्यक्रमले ६ लाख गरीब परिवारमा वित्तीय पहुँच र साना व्यवसायीलाई ऊर्जाको आधुनिक सेवा दिने जनाएको छ। राष्ट्रसंघको महासभाले सन् २०१२ लाई 'इन्टरनेशनल इयर अफ द सस्टेनेबल इनर्जी फर अल' घोषणा गरेको सन्दर्भमा नेपालमा यो कार्यक्रम शुरू भएको हो।   
 
आईएमई हास्य–यात्रा 
भारतको युनाइटेड ब्याङ्क अफ इन्डिया र नेपालको ग्लोबल आईएमई ब्याङ्कको व्यावसायिक साझ्ेदारीमा संचालित इन्डो–नेपाल रेमिट्यान्स प्रबर्द्धन गर्न 'आईएमई हास्य–यात्रा बाईरोडको बाटोमा' शुरू भएको छ। हास्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले असोज दोस्रो र तेस्रो साता विभिन्न १३ शहरमा गरेको कार्यक्रममा १ लाख १३ हजारभन्दा बढी दर्शक सहभागी थिए। हास्यव्यंग्य प्रस्तुति साथ भारतबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रँदाको फाइदाबारे उनीहरूले जानकारी गराएका थिए।  
 
हिरो को योजना 
हिरो मोटरसाइकलको नेपालस्थित अधिकृत बिक्रेता नेपाल जेनेरल मार्केटिङ प्रालिले दशैं–तिहारको अवसरमा हिरो मोटरसाइकल र स्कुटर खरीदकर्तालाई रु.६ हजारसम्म नगद छूट र फिलिप्स को फोटो फ्रेम उपहार दिने भएको छ। ४ मंसीरसम्म चल्ने योजना अन्तर्गत हरेक साता ३२ इन्चको फिलिप्स को तीन वटा एलसीडी टीभी बम्पर उपहार दिने पनि कम्पनीले जनाएको छ। 
  
महिन्द्रा सर्भिस नक्सालमा 
महिन्द्रा टु ह्विलर्स को सुविधासम्पन्न सर्भिस सेन्टर नक्सालमा खुलेको छ। कम्पनीको नेपालस्थित अधिकृत बिक्रेता एसजी ग्लोबल प्रालिले तभिस अटो प्रालि अन्तर्गत सर्भिस सेन्टर स्थापना गरेको हो।  
 
स्कोडा को अफर 
स्कोडा कारको नेपालस्थित अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैंको अवसरमा आफ्नो ह्याचव्याक कार स्कोडा फाबिया फाइनान्स सुविधामा रु.३ लाख ५० हजार नगद भुक्तानी गरी पाउन सकिने जनाएको छ।  
 
चैतन्य को छूट  
चैतन्य स्पाले दशैं–तिहारको अवसरमा 
सेवामा २० प्रतिशत छूट दिने भएको छ। साथै कम्पनीले रु.४ हजार २०० मा ६० मिनेटका दरले र रु.४ हजार ८०० मा ९० मिनेटका दरले तीन/तीन पटक मसाज गर्न सकिने योजना सञ्चालन गरेको छ। ह 
 
२५ वर्षमा क्विक्स चिजवल्स 
चौधरी ग्रुपको उत्पादन क्विक्स चिजवल्स ले २५ वर्ष पूरा गरेको छ। असली चेड्डर चीजबाट बनाइएकाले युवादेखि वृद्धवृद्धासम्मले क्विक्स चिजवल्स को स्वाद मन पराएको कम्पनीको दाबी छ। सन् १९८७ देखि उत्पादन हुँदै आएको क्विक्स चिजवल्स को मिठासका कारण प्याकेट रित्तिइसकेपछि पनि पारखीहरूले औंला घुमाई घुमाई यसको वास्तविक स्वाद लिन नछोड्ने कम्पनीले जनाएको छ। क्विक्स को २५औं वार्षिकोत्सव मनाउने क्रममा चौधरी ग्रुपले विशेष उत्सव अभियान थालेको छ। 
 
नविल ब्याङ्क र ब्याङ्क अफ काठमाडौंबीच वेष्टर्न युनियन मनी ट्रान्सफर सेवा सञ्चालन सम्बन्धी सम्झ्ौता भएको छ। सम्झ्ौतासँगै ब्याङ्क अफ काठमाडौंका ४५ वटै शाखाबाट वेष्टर्न युनियनमार्फत विश्वका २०५ भन्दा बढी मुलुकबाट आएको पैसा लिन सकिन्छ। 
 
मेगा ब्याङ्कले राजधानीमा सडक विस्तारका क्रममा भत्किएका घर पुनर्निर्माणका लागि मेगा खाँचोको साँचो योजना नामको कर्जा योजना ल्याएको छ। १० प्रतिशत व्याजदर तोकिएको कर्जा आवश्यक कागजात उपलब्ध गराएको तीन दिनभित्र दिइने ब्याङ्कले जनाएको छ।  
 
नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था १६ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको स्पेसियल स्कूल फर डिसेबल एन्ड रिहाविलिटेसन सेन्टरका विद्यार्थीलाई शैक्षिक तथा खेलकूद सामग्री प्रदान गरेको छ।
comments powered by Disqus

रमझम