४-१० साउन २०७१ | 20-26 July 2014

बिजुली बचत गर्ने तरीका

Share:
  
एलईडी लाइट प्रयोग गर्दा विद्युत् र पैसा दुवै बचत हुन्छ।

बिक्रम राई
इन्जिनियर जगन्नाथ श्रेष्ठ एलईडी लाइटको उपयोगिताबारे जानकारी गराउँदै।
ललितपुर, झम्सीखेलका इलेक्ट्रोनिक्स इन्जिनियर जगन्नाथ श्रेष्ठ कम पैसा पर्ने र स्वास्थ्यलाई पनि हानि नगर्ने एलईडी लाइट दुई वर्षदेखि प्रयोग गर्र्दै आएका छन्। दुई वर्षअघि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट अवकाशप्राप्त उनी अहिले त्यही कलेजमा स्नातकोत्तर तहका विद्यार्थीलाई वैकल्पिक ऊर्जाबारे भिजिटिङ प्रोफेसरका रूपमा पढाउँछन्।

२० वर्षदेखि ऊर्जालाई नवीकरण गरेर प्रयोग गर्न लागेका उनी विद्युत् कम खपत गर्ने बल्ब खोजी–खोजी प्रयोग गर्छन्। विद्यार्थीलाई ऊर्जा बचत गर्ने तरीका सिकाउन आफूले प्रयोग गर्नै पर्ने उनको भनाइ छ। अध्ययन र अरू सिलसिलामा रूस, बेलायत, क्यानडा र भारत पुगेका उनले बेलायत र भारतमा ऊर्जा बचतबारे अध्ययन गरेका थिए। सो अध्ययनले एलईडी लाइट प्रयोग गर्दा ऊर्जा बचत हुने सिकाएको बताउने उनी अन्य लाइटभन्दा त्यही लाइट प्रयोग गर्न सबैलाई सल्लाह दिन्छन्। इन्क्याण्डिसेन्ट लाइट सस्तो भए पनि प्रकाश भन्दा ताप बढी दिने भएकाले स्वास्थ्यका लागि उपयुक्त नहुने उनको भनाइ छ। मर्करी राखिएको सीएफएल जथाभावी फाल्दा स्वास्थ्यमा नकारात्मक असर पर्नेबारे पनि धेरैलाई थाहा नभएको उनी बताउँछन्।

वाथरूममा ६० वाटको इन्क्याण्डिसेन्ट चिमको साटो श्रेष्ठले दुईवर्षदेखि ८ वाटको एलईडी लाइट बालिरहेका छन्। धेरैले भान्सामा १०० वाटको बत्ती बाल्ने गरेकोमा उनले १५ वाटको एलईडी लाइट बालेर पैसा र ऊर्जा बचत गरेका छन्। घरका आठ वटै कोठामा एलईडी लाइट बाल्न थालेपछि नेपाल विद्युत् प्राधिकरणलाई कम शुल्क बुझाएको बताउँदै उनी भन्छन्, “पहिले महीनामा रु.१३०० तिर्नुपरेकोमा अहिले रु.७८० ले पुग्न थालेको छ।” घामबाट बिजुली निकाल्ने र पानी तताउने तरीका पनि प्रयोग गर्ने गरेका उनले घरमा १२ भोल्टको सोलार सिस्टम पनि जोडेका छन्।

एलईडी लाइटले मानिसको आँखालाई सबैभन्दा उपयुक्त हुने सूर्यको जस्तै प्रकाश दिने भएकाले पनि यो लाइट्स प्रयोगका लागि उपयुक्त हुने उनको सुझ्ााव छ। ठूला व्यापारिक हाउसमा प्रयोग गरिने इन्क्याण्डिसेन्ट, फ्लोरिसेन्ट र सीएफएल लाइटको चम्किलो प्रकाशले कपडा लगायतका सामानको रंग छनोट गर्न गाह्रो पर्ने उनको अनुभव छ। त्यस्तो बेला राति एउटा रंगको देखिएको कपडा बिहान अर्कै रंगको देखिने उनी बताउँछन्। इन्क्याण्डिसेन्ट लाइ मधेशको मर्म पुस्तक मधेश अध्ययन लेखक राजेन्द्र महर्जन र तुलानारायण साह प्रकाशक मधेश अध्ययन फाउन्डेशन पृष्ठ २०० मूल्य रु.२५० टले ६ प्रतिशत, फ्लोरिसेन्टले ४० प्रतिशत, सीएफएलले ७० प्रतिशत र एलईडीले ८० प्रतिशत प्रकाश दिने गर्छ।

प्रस्तुतिः मीना शर्मा

comments powered by Disqus

रमझम