१-७ भदौ २०७१ | 17-23 August 2014

न्युयोर्कमा नियमित नेपाली फिल्म

Share:
  

गैर–नाफामूलक संस्था सिनेमिङगा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका र इन्डिजिनिस फिल्म अर्काइभले न्युयोर्कमा हरेक महीना निःशुल्क नेपाली चलचित्र देखाउन थालेको छ। 'ट्राभेलिङ लाइट' नाम दिइएको यो श्रृङ्खलाको पहिलो प्रदर्शनी विश्व आदिवासी दिवसको अवसर पारेर २४ साउनमा ज्याक्सन हाइटस्थित हिमालयन याक रेस्टुरेन्टमा गरियो। यो श्रृङ्खलाको मुख्य पहलकर्ता सिनेमिङगाका संस्थापक तथा अमेरिकी चलचित्रकर्मी कार्लोस गोमेज हुन्।

पहिलो प्रदर्शनीमा दीपेन्द्र दोङ तामाङ निर्देशित २० मिनेटको लघुफिल्म नालिस र गोमेजको वृत्तचित्र मिडिया पोष्ट कार्ड फ्रम नेपाल देखाइयो। गोमेजको ४० मिनेटको वृत्तचित्र इन्डिजिनिस फिल्म अर्काइभले नेपालमा हरेक वर्ष आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवको सेरोफेरोमा केन्द्रित छ। प्रदर्शनीमा नेपाली बाहेक अन्य समुदायका दर्शकहरु पनि उत्तिकै थिए। यसबाट न्युयोर्कको बहु–समुदायिक अन्तरसम्वादमा सघाउ पुग्ने विश्वास गरिएको छ। दोस्रो प्रदर्शनी आगामी सेप्टेम्बरमा हुनेछ।

ङिमा पाखि्रन, न्युयोर्क

comments powered by Disqus

रमझम