१-७ भदौ २०७१ | 17-23 August 2014

सरोजगोपाल

Share:
  

(२ मंसीर २००९ – २९ साउन २०७१)
सरोजगोपाल बज्राचार्यले ३० कै दशकमा राष्ट्रिय कलाकारको पहिचान बनाएका थिए। उनले गाएका देउराली उकाली चढेर..., नक्कलीलाई भगाइलग्यो झिल्केले..., दाइको घर कहाँ हो कहाँ... लगायतका गीत रेडियो नेपालको फर्माइसी कार्यक्रममा अत्यधिक बज्ने गीतहरुको सूचीमा थियो। करोडौं मुटुहरु ढुकढुकी एउटै नेपाल बोलको उनको राष्ट्रिय गीत पनि अत्यधिक चर्चित रह्यो।

लोक भाकाका थुप्रै गीत मार्फत सरोजगोपाल कालजयी गायक बने। पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष रहेका गोपालले २०५१ सालदेखि करीब ७ वर्ष रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रसारण केन्द्रमा काम गरे। त्यसपछिको केही वर्ष माछापुच्छ्रे एफएमको स्टेशन म्यानेजर रहे। उनी पछिल्लो समयमा माछापुच्छ्रे एफएममा सदाबहार गीतको कार्यक्रम चलाउने तयारीमा थिए। तर, आफ्नो समयका यी लोकप्रिय गायकलाई त्यो समय जुरेन।

लामो समयदेखि मधुमेह रोगबाट पीडित सरोजगोपाल २९ साउनको बिहान बागबजारस्थित आफ्नै निवासमा दिवंगत भए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

माधव बराल, पोखरा

comments powered by Disqus

रमझम