२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

हिट्समा संगीताको ह्याटि्रक

Share:
  

संगीता प्रधान राना

रविन शर्मा
हिट्स एफएमले वर्षेनि प्रदान गर्दै आएको 'हिट्स एफएम म्युजिक अवार्ड २०७१' मा संगीता प्रधान राना 'उत्कृष्ट महिला स्वर', 'उत्कृष्ट गीति संग्रह' र 'रेकर्ड अफ द इयर' तिनै विधामा उत्कृष्ट घोषित भएकी छन्। उनको गीति अल्बम 'अनुपम' ले पनि अन्य दुई अवार्ड जित्यो। यही अल्बमको 'तिमीले पनि सजिलै..' गीत रचनाबाट कालीप्रसाद रिजालले 'उत्कृष्ट गीतकार' को उपाधि पाए भने संगीतकार आशिष अविरल 'उत्कृष्ट संगीतकार' चुनिए।

यो वर्षको 'लाइफ टाइम अचिभमेन्ट' उपाधि यादव खरेलले पाए भने 'पुरुषतर्फ उत्कृष्ट स्वर' को उपाधि रविन शर्माले जिते। यसैगरी, आस्था राउत र नट्टु शाह क्रमशः 'उत्कृष्ट पपगायिका' र 'उत्कृष्ट नवप्रतिभा' घोषित भए।

२३ भदौमा सम्पन्न कार्यक्रममा विभिन्न १७ विधाका उत्कृष्ट सर्जकलाई पुरस्कृत गरिएको थियो। १८ वर्षदेखि निरन्तरता पाएको 'हिट्स एफएम म्युजिक अवार्ड' का लागि वर्षभरि हिट्स एफएममा दर्ता भएका अल्बम र गीतहरुबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मन्दिरा ढुङ्गेलले बताइन्।

comments powered by Disqus

रमझम