२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

राजुको आशा

Share:
  

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतसँग २०५९ देखि २०६१ सम्म संगीत सिकेका सिन्धुली स्वल्पा―१ का राजु बराल लामो समय अरुका गीत गाउन र संगीतको साधना गर्नमै सीमित रहे पनि अहिले आफैं गाउन थालेका छन्।

हालै मात्र उनले डिजराज पौडेलको शब्द र संगीतमा '..तर, आज हल्ला भो काठमाडौं शहरमा' गीत रेकर्ड गराए। नारायणगोपाल र भक्तराज आचार्यको स्वर मन पराउने राजु आफू पनि शास्त्रीय मिसिएको आधुनिक गीत गाउन रुचाउँछन्। ओजिलो स्वर र शब्द फड्कारेर गाउन सक्ने उनको अब गीत गायनलाई करियर बनाउने योजना छ।

comments powered by Disqus

रमझम