२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

रामेशका सार्थक संगीत

Share:
  

गीत–संगीतबाट नेपाली जनमानसमा वर्षौंदेखि चेतना छर्दै आएका जनगायक रामेशले 'प्यारो ओखलढुंगा' र 'ओ जनता महान्' अल्बम सार्वजनिक गरेका छन्। २३ भदौमा राजधानीमा लोकार्पण भएको 'प्यारो ओखलढुंगा' मा युगकवि सिद्धिचरण श्रेष्ठ, महाकवि लक्ष्मीप्रसाद देवकोटा र रामेश स्वयंका रचना छन्।

७ गीतको 'ओ जनता महान्' अल्बममा भने रामेशसँगै रायन र ओम श्रेष्ठले पनि स्वर दिएका छन्। यसका गीतकार विमल निभा, दुर्गालाल श्रेष्ठ, चन्द्र भण्डारी, गोकुल जोशी, रामचन्द्र भट्टराई, निरन सापकोटा र रामेश हुन्।

comments powered by Disqus

रमझम