२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

अञ्जलीको कथा

Share:
  

नुवाकोटको एउटा विकट गाउँमा नवीन वाइबाको रुपमा जन्मिएको एउटा केटो आज अञ्जली बनेकी छन्। उनको नवीनदेखि अञ्जलीसम्मको यात्रा कसरी सम्भव भयो भन्ने नालीबेली “अञ्जलीः एउटा पृथक् यात्रा” वृत्तचित्रले खोतलेको छ।

मोहन राईले निर्देशन गरेको वृत्तचित्रले तेस्रो लिङ्गीहरुले भोग्ने विभेद, लाञ्छना, उनीहरुले गर्नुपर्ने संघर्ष र भविष्यप्रतिको आशालाई पनि उजागर गर्ने जमर्काे गरेको छ। यसको छायाङ्कन रमेश धमला र सम्पादन अरुण शर्मा तथा अञ्जय खड्काले गरेका हुन्। तीन वर्ष लगाएर तयार गरिएको ५० मिनेटको वृत्तचित्र २ असोजमा राजधानीको कुमारी सिनेमा हलमा प्रदर्शन हुँदैछ।

comments powered by Disqus

रमझम