२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

पुराना इँटामा आकर्षण

Share:
  
बुद्धकालीन माअपा र मल्लकालीन डाचिया इँटामा मानिसको आकर्षण बढ्न थालेको छ।

भक्तपुरको नागपोखरीमा पुराना इँटाबाट निर्माणाधीन परम्परागत शैलीको वासुकी घर।
घर बनाउन सिमेन्ट, जस्तापाता, आल्मुनियम, फलाम, झिंगटी, काठ, माटो, ढुङ्गा जस्तै इँटा पनि नभई नहुने कच्चा पदार्थ हो। त्यसैले घरमा उपयुक्त इँटा छनोट गर्न नसक्दा पैसा त खेर जान्छ नै, जीवनभर बस्न बनाइएको घर पनि असुरक्षित हुन्छ। पढ्ने, राम्रो जागीर खाने र पैसा कमाउने जस्तै आम मानिसको सपना एउटा सुन्दर र सुरक्षित घर बनाउने हुने गर्छ।

त्यही भएर जीवनभर दुःख गरेर कमाएको पैसाले सुरक्षित र सुन्दर घर बनाउन कच्चा पदार्थको सही छनोट गर्नुपरेको हो। महङ्गो हुँदैमा वस्तु राम्रो हुन्छ भन्ने हुँदैन। राम्ररी छनोट गर्न सक्दा सस्तो सामान पनि राम्रो पर्न सक्छ। सामानको बनावट र त्यसमा प्रयोग गरिएका कच्चा पदार्थले त्यसको बलियोपन निर्धारण गर्छ।

पहिले घर बनाउन ढुङ्गा प्रयोग गरिने गरिएकोमा अहिले प्रायले इँटा प्रयोग गर्छन्। हिमाली र पहाडी क्षेत्रका गाउँमा अझ्ौ ढुङ्गा र माटो प्रयोग गरिए पनि तराई र शहरी क्षेत्रमा इँटाको प्रयोग निकै बढेको छ। नेपालमा बुद्धको पालादेखि अर्थात् झ्ाण्डै २६०० वर्षदेखि इँटाको प्रयोग हुन थालेको हो। नेपालमा प्र्रयोग हुने इँटामध्ये सबैभन्दा पुरानो 'माअपा' इँटा मानिन्छ। जसको लम्बाइ १५ इन्च र चौडाइ ९ इन्च हुन्छ। बुद्धको समयदेखि लिच्छविकाल र मल्लकालसम्म प्रचलनमा रहे पनि अहिले यो इँटा प्रयोग हुँदैन। मल्लकालमा माअपा इँटाको आकारमा केही परिवर्तन भएको पाइन्छ (९ इन्च लम्बाइ, चौडाइ ५ इन्च)। अहिले पनि पुराना घरहरूमा यो इँटा देख्न सकिन्छ। परम्परागत शैलीका घरको संरक्षणमा लागेका संरक्षणकर्मी रवीन्द्र पुरी पुराना र भत्किएका घरबाट बुद्धकालीन र डाचिया इँटाहरू संकलन गरिरहेका छन्। परम्परागत शैलीको घर बनाउँदा पुराना घरका कच्चा पदार्थ ८० प्रतिशतसम्म पुनः प्रयोग गर्न मिल्ने भएकाले इँटासँगै अन्य कच्चा पदार्थ पनि संकलन गरिएको उनी बताउँछन्। लुम्बिनीका सबै मन्दिर बुद्धकालीन इँटाबाट बनेको बताउने संरक्षणकर्मी पुरीका अनुसार पुराना इँटाको तुलनामा अहिलेका इँटा कमजोर छन्। भक्तपुरको नाग पोखरीमा परम्परागत शैलीको वासुकी घर बनाउन लागेका पुरीले पुराना भत्किएका घरका इँटा खोजेर घरमा नयाँपन दिन खोजिएको बताए।

नागो, कसीमो र पानबुट्टा भएको डाचिया इँटाको गारो।
मल्लकालमा चल्तीमा रहेको डाचिया इँटामा विभिन्न बुट्टा कुँदिएको हुन्थ्यो। एकापट्टि फराकिलो हुने डाचिया इँटा अर्कोतिर साँघुरो हुन्छ। यस्तो इँटा संसारमा कमै पाइने पुरी बताउँछन्। यो इँटामा प्रयोग हुने बुट्टाले घर सुन्दर बनाउने हुनाले पछिल्लो समय यसप्रति मानिसमा रुचि बढ्दै गएको देखिन्छ। यो इँटामा नागो, कसीमो, पान, लिविङ्ग, खोसिङ्गो, सिङ्ख्वा, फोअपा, नामका बुट्टा हुन्छन्। यी नाम नेवारी भाषामा राखिएका हुन्।

राणाकालका इँटामा राणाहरूले आफ्नो पहिचान र अवधि जनाउने बुट्टा, नाम, समय राख्न लगाए। राणाकालीन इँटाको लम्बाइ १० इन्च, चौडाइ ४ इन्च र मोटाइ ३ इन्च हुन्थ्यो। ती इँटा अहिले पनि प्रयोग हुन्छ, तर मोटाइ भने २ इन्च बनाइएको छ। यो इँटा अहिले बजारमा चले पनि डाचिया र चाइनिज इँटाप्रति मानिसमा रुचि बढ्न थालेको छ।

अहिले बन्ने इँटामा रासायनिक पदार्थ प्रयोग हुन थालेकाले स्वास्थ्यका हिसाबले हानिकारक हुने पुरी बताउँछन्। मानव स्वास्थ्यलाई असर नगर्ने वातावरण मैत्री घर बनाउन केमिकल नमिसाइएको कच्चा पदार्थ प्रयोग गर्न उनको सुझ्ााव छ। बजारमा पाइने कच्चा पदार्थ प्रयोग गर्नुअघि त्यसबारे सबै बुझ्नुपर्ने पनि उनको भनाइ छ।

प्रस्तुतिः मीना शर्मा

comments powered by Disqus

रमझम