३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

राजनीतिमा नायिका

Share:
  
चलचित्र बसाइँ बाट चर्चामा आएकी रञ्जु लामिछाने कला क्षेत्रबाट राजनीतिमा बसाइँ सरेकी छन्।

रञ्जु लामिछानेलाई सिक्किमको सत्तासीन पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आफ्नो भ्रातृ संगठन चेली मोर्चाको पूर्वी जिल्ला सचिव नियुक्त गरेको छ। सक्रिय भारतीय राजनीतिमा प्रवेश गर्ने नेपाली चलचित्रकी नायिका सम्भवतः रञ्जु नै पहिलो हुन्। त्यसो त, रञ्जुका पिता गोपाल लामिछाने एसडीएफ सरकारकै पालामा दुईपल्ट विधायक भएका थिए। “मलाई भने कलाको क्षेत्रमा जोडिएकोले राजनीतिमा आउँछु भन्ने लागेको थिएन”, रञ्जु भन्छिन्।

सन् २००४ मा सिने क्षेत्रमा प्रवेश गरेकी उनले चलचित्र बसाइँ पछि केही वर्ष नेपालमै बसेर मायालु, आवाज, भाग्यरेखा लगायतका चलचित्र र दुईवटा टीभी सिरियल (दुइ दिनको जिन्दगानी र दर्शन जिन्दगीको) मा अभिनय गरेकी थिइन्। अब पूर्ण रुपले राजनीतिमा सक्रिय भएर सिक्किमे जनताका लागि काम गर्ने रञ्जुले बताइन्। उनले पार्टीको एउटा महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा एसडीएफ अध्यक्ष समेत रहेका मुख्यमन्त्री पवन चामलिङप्रति आभार प्रकट गरिन्।

सञ्जय प्रधान, सिक्किम

comments powered by Disqus

रमझम