७-१३ मंसीर २०७१ | 23-29 November 2014

आनाको आकर्षक आगमन

Share:
  

दर्जनौं फिल्म खेल्दा पनि चर्चामा नआई हराएका नेपाली हिरोइनहरू थुप्रै छन्, तर आना शर्मा (१६) भने पहिलो फिल्म जेरी प्रदर्शन भएलगत्तै चर्चाको चुलीमा पुगेकी छन्। २८ कात्तिकबाट प्रदर्शनमा आएको पृथक् शैलीको जेरी हेर्ने दर्शकको चापसँगै आनाको चर्चा बढेको छ।

दह्रो निर्देशन पक्ष, आकर्षक लोकेसन र नया' कलाकारहरूको राम्रो अभिनय भएको यो चलचित्रले आफूलाई स्टारको हैसियतमा पुर्‍याउने सम्भावना आनाले देखेकी छन्। पहिलो फिल्मबाट पाइरहेको तारिफै तारिफले अभिनयमा अझ गम्भीर हुन प्रेरित भएको ए लेबलकी विद्यार्थी आनाले बताइन्।

कोरियोग्राफर रचना शर्मा गुरुङकी छोरी आना जेरी मा मुस्ताङको गाउँले युवतीको भूमिकामा छिन्। टीनएजरहरूको रोमान्टिक कथा बुनिएको यो फिल्ममा उनी भुवन केसी पुत्र अनमोलको प्रेममा पर्छिन्। यसअघि युवा दर्शकले रुचाएको फिल्म होस्टेल को निर्देशन गरेका हेमराज बीसी निर्देशित जेरी पनि युवा लक्षित नै छ।

comments powered by Disqus

रमझम