७-१३ मंसीर २०७१ | 23-29 November 2014

नलिनाको सासले

Share:
  

गायिका नलिना चित्रकारले २६ वर्षे सांगीतिक अवधिको आठौं अल्बम सासले सार्वजनिक गरेकी छन्। हरेक अल्बम निकाल्दा नौलो शैली अपनाउने उनले पछिल्लो सार्वजनिकीकरणमा एनिमेशन विधि अपनाइन्। दरबारमार्गको होटल अन्नपूर्णमा आयोजित विमोचन कार्यक्रममा सासले का अमेरिका र क्यानडामा छायांकन गरिएको दुई गीतको म्युजिक भिडियो पनि देखाइयो। दुई वर्षको अन्तरालमा आएको नलिनाको अल्बममा चार वटा नयाँ र १३ वटा पुराना गीत छन्। यसमा दिनेश अधिकारी, धर्मेन्द्र सेवान, महेश राना र उत्तम भौकाजीका शब्द तथा बिजु बज्र, सुगम पोखरेल, मोहित मुनाल र स्वरुपराज आचार्यको संगीत छ। २०४५ सालबाट गायनमा आएकी नलिनाको पहिलो अल्बम प्रियतम २०५४ मा आएको थियो।

comments powered by Disqus

रमझम