४-१० माघ २०७१ | 18-24 January 2014

गोदावरीको तन्दुरी र खाजासेट

Share:
  

झापाको बिर्तामोडमा रहेको गोदावरी रेस्टुरेन्ट एण्ड बारमा चिकेन तन्दुरी खानुभएको छ भने तपाईंले पक्कै फरक स्वाद पाउनुभएको छ। छाला हटाएको कुखुराको छाती र फिलाको पिसलाई भिनेगरमा २० मिनेट डुबाएर झिकी लसुन, अदुवा, खुर्सानीको धूलो र दहीमा नून राखी बनाएको लेदोमा मोलेर २०० डिग्रीको तापक्रममा केही मिनेट राखेपछि यहाँ चिकेन तन्दुरी तयार हुन्छ। यसलाई पकाउन १५ मिनेट लाग्छ। एक केजीदेखि १२०० ग्रामसम्मको कुखुराको मासुको एकसेट खान्की चार जनासम्मको लागि ठीक हुन्छ।

गोदावरीको सबैले रुचाएको अर्को आइटम खाजासेट हो। खाजासेटमा घिउमा भुटेको चिउरा, तारेको लसुन र खुर्सानी, दहीमा डुबाएका काँक्राका टुक्रा, लोकल कुखुराको एक कचौरा रस, मुला र काँक्रोको सलाद हुने गर्दछ। साथमा पापड पनि दिने गरिएको छ। सपरिवार वा चार जनाको समूह आए थप एकप्लेट चिकेन चिल्ली रेस्टुरेन्टले दिने गरेको छ।

गोपाल गडतौला

comments powered by Disqus

रमझम