१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

भूकम्पपीडितलाई सहयोग

Share:
  

अम्बे सिमेन्ट ले प्रत्येक बोराको बिक्रीबाट रु.५ जम्मा हुने गरी महाभूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि रु.२१ लाखको विद्यालय पुनःनिर्माण राहत कोष स्थापना गरेको छ। हुण्डाई मोटर ले भूकम्पपीडितका लागि नेपाल रेडक्रस सोसाइटीलाई तीन लाख अमेरिकी डलर (करीब रु.३ करोड) सहयोग उपलब्ध गराएको छ। बर्जर जोन्सन एण्ड निकोल्सन का कर्मचारीले तलबबाट संकलित रकमबाट भक्तपुर, काँक्राबारीका १६० भूकम्पपीडित परिवारलाई त्रिपाल र खाद्यान्न वितरण गरेका छन्। अरुण चौधरी फाउण्डेसन ले भूकम्पपीडितको उपचारका लागि नेपाली सेनालाई ६ वटा अस्थायी मेडिकल टहरा सहयोग गरेको छ।

यस्तै भूकम्पपीडितको राहत र उद्धार तथा पुनर्स्थापनाका लागि युनिलिभर नेपाल ले रु.२५ लाख, रुस्लान भोड्का ले रु.१ करोड ५० लाख तथा सुबिसु केवलनेट ले रु.२० लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका छन्।

अशोक लेलैण्ड आईएमई मार्फत

आईएमई ग्रुप अन्तर्गतको एलटी इन्टरप्राइजेज अशोक लेलैण्डका उत्पादनको नेपालका लागि आधिकारिक बिक्रेता तोकिएको छ। अशोक लेलैण्डले १.५ टन क्षमताका साना पिकअप, सात सीट क्षमताको एमपीभी, ५०/६० सीट क्षमताका बस, टि्रपर ट्रकदेखि ४९ टन क्षमतासम्मका ठूला ट्रयाक्टर–टे्रलर उत्पादन र बिक्री गर्दै आएको छ। आईएमईले देशका प्रमुख पाँच स्थानमा सेल्स/सर्भिस/स्पेयर्सको व्यवस्था सहित सुविधासम्पन्न शोरुम स्थापना गरेको छ।

चितवनमा बाजेको सेकुवा

बाजेको सेकुवा ले भरतपुर, चितवनमा आउटलेट स्थापना गरेको छ। फ्रेन्चाइज मोडलमा आधारित यो आउटलेटमा लोकप्रिय सेकुवा, तास लगायत विविध नेपाली खाजा तथा खाना उपलब्ध हुनेछ। पाँच पूर्ण स्वामित्वका सहित बाजेको सेकुवाका ९ वटा आउटलेट देशभर सञ्चालनमा छन्।


आईएमई लिमिटेड तथा ग्लोबल आईएमई ब्यांकले भूकम्पपीडितको सहयोगार्थ रु.२ करोड ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। लिमिटेड र ब्यांकले भूकम्प प्रभावित पाँच जिल्लामा पाँच विद्यालय निर्माणको प्रतिबद्धता पनि जनाएको छ। कम्पनीले सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, रसुवा, मकवानपुर, ललितपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा राहत सामग्री वितरण पनि गरेको छ।

हिमालयन ब्यांकले भूकम्पपीडितको राहत र पुनर्स्थापनामा रु.१ करोड सहयोग गरेको छ। ब्यांकले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। ब्यांकको पाकिस्तानी साझेदार हबिब ब्यांकले पनि रु.१ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सिभिल ब्यांकले महाभूकम्पका कारण पीडित भएकाहरूको सहयोगार्थ सिन्धुपाल्चोकको ठोकर्पा र लामोसाँघु बजारमा खाद्यान्न वितरण गरेको छ।

ब्यांक अफ काठमाण्डूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.१५ लाख ३० हजार ६०० प्रदान गर्ने भएको छ। त्यस्तै, ब्यांकको आह्वानबाट जम्मा भएको रु.१० लाख २३ हजार तथा ब्यांकका कर्मचारीबाट संकलित रु.२८ लाख ९७ हजार ६८७ पनि कोषमा जम्मा गरिने ब्यांकले जनाएको छ।

एभरेष्ट ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.५० लाख हस्तान्तरण गरेको छ। ब्यांकले पीडितको राहतस्वरुप ५०० थान कम्बल उपलब्ध गराएको छ।

मेटलाइफ नेपालले भूकम्पबाट मृत्यु भएका ५१ ज्ानाको बीमा मृत्युदाबी भुक्तानी गरेको छ। ११ जेठसम्म कम्पनीमा कुल दाबी भुक्तानी रकम रु.१ करोड ९ लाख ६ हजार ७५० पुगेको छ। मेटलाइफले भूकम्पपीडितहरूको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.५ लाख सहयोग गरेको छ।

वेस्टर्न युनियनले भूकम्पपीडितको सहयोगार्थ नेपालमा रकम पठाउँदा मनी ट्रान्सफरको निःशुल्क सुविधा दिएको छ। १७ जेठसम्म शून्य ट्रान्सफर शुल्कमा रकम पठाउन सकिनेछ।

नेपाल लाइफ इन्स्योरेन्सले ३२ जेठमा वीरगन्जमा साधारणसभा गर्ने भएको छ। साधारणसभाले ६० प्रतिशतका दरले बोनस शेयर र प्रति शेयर रु.८ को लाभांश प्रस्ताव पारित गर्नेछ।

comments powered by Disqus

रमझम