३‍-९ साउन २०७२ | 19-25 July 2015

माइक्रोम्याक्स को बोल्ट डी ३०३

Share:
  

माइक्रोम्याक्स ले बोल्ट डी ३०३ स्मार्टफोन बजारमा ल्याएको छ। एन्ड्रोइड ४.४ किटक्याट सिस्टमको यो मोबाइलमा डुअल कोर १.३ गिगाहर्ज प्रोसेसर, ५१२ एमबी र्‍याम, ४ जीबी आन्तरिक मेमोरी, ४ इन्च टचस्त्रि्कन तथा ३.२ एमपी क्यामेरा जडित छ। दुइटा सिम लाग्ने यो मोबाइलको बजार मूल्य रु.६ हजार १५२ तोकिएको छ।

इन्टेक्स को एचडी टीभी

ईओएल प्रालिले इन्टेक्स एचडी टीभी भित्र्याएको छ। यो एलईडी टेलिभिजनमा स्मार्ट ऊर्जा बचत प्रविधि भएकाले कम खर्चिलो र वातावरणमैत्री हुने कम्पनीले जनाएको छ। गुणस्तरीय पिक्चर र आवाज सहितको यो टेलिभिजनमा अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीको दाबी छ।

साङ्ग्रिला को छूट

साङ्ग्रिला भिलेज रिसोर्ट, पोखराले छूट योजना घोषणा गरेको छ। छूटको योजना अनुसार, दुई रात र तीन दिनको प्याकेज शुल्क रु.४ हजार ९९९ रहेको छ। प्याकेज अन्तर्गत ग्राहकले तिरेको कुल रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने पनि रिसोर्ट व्यवस्थापनले जनाएको छ।

डिसहोम को निःशुल्क च्यानल

डिसहोम ले १७ असारदेखि लागू हुने गरी एक महीनाका लागि च्यानल नं. ११२ मा प्रसारण हुने 'मूभी अन डिमान्ड' निःशुल्क प्रदान गरेको छ। यो च्यानलमा नयाँ नेपाली सिनेमा प्रसारण गरिंदै आएको छ।

कङ्गारु को सेवा केन्द्र

कङ्गारु एजुकेशन फाउन्डेसनले रुपन्देहीको बुटवलमा सेवा केन्द्र विस्तार गरेको छ। फाउन्डेसनले वैदेशिक अध्ययनबारे परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

नयाँबजारमा भ्याली एक्सप्रेस

भ्याली कोल्ड स्टोरले काठमाडौं नयाँबजारमा फास्टफुड चेन रेस्टुरेन्ट भ्याली एक्सप्रेस सञ्चालनमा ल्याएको छ। यसअघि चितवनबाट शुरु गरेको यो फास्टफुड रेस्टुरेन्टमा चिकेनका विभिन्न परिकार उपलब्ध हुनेछन्। भ्यालीले उपत्यका र अन्य शहरमा यसको शाखा विस्तार गर्ने जनाएको छ।

आईएमई को आकांक्षा छात्रवृत्ति

आईएमई समूह र ग्लोबल आईएमई ब्यांकले 'आईएमई, ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति' को घोषणा गरेको छ। १ देखि ११ कक्षासम्म अध्ययनरत् १०० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई आवेदनका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्ति कोषको कुल रकम रु.१० लाख रहेको छ। इच्छुक विद्यार्थीले ३२ साउनभित्र आवेदन दिइसक्नुपर्नेछ।

प्रभु ब्यांक र प्राइम लाइफ इन्स्योरेन्सबीच घर र सवारी कर्जाका ग्राहकका लागि क्रेडिट लाइफ इन्स्योरेन्स सेवा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतापछि ब्यांकबाट घर र सवारी कर्जा लिएका मुख्य उपभोक्ताको निधन भएमा प्राइम लाइफले कर्जाको सावाँ रकम तिरिदिनेछ।

सनराइज ब्यांक र बेष्ट रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार बेष्ट रेमिट मार्फत आएको रेमिट्यान्स सनराइजका ५३ शाखाबाट भुक्तानी लिन सकिनेछ। बेस्ट रेमिटले रकम भुक्तानीका लागि २५ सयभन्दा बढी एजेन्ट र सब–एजेन्ट तथा विभिन्न ब्यांक तथा वित्तीय संस्थासँग समझदारी गरेको छ।

हिमालयन ब्यांकले भूकम्पपीडित सहयोगार्थ रु.१ करोड तथा ब्यांकिङ साझ्ोदार पाकिस्तानको हबिब ब्यांकको तर्फबाट रु.१ करोड गरी जम्मा रु.२ करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। उक्त रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरिएको छ।

लक्ष्मी ब्यांकले लहान र हेटौंडामा नयाँ शाखा स्थापना गरेको छ। योसँगै ब्यांकको शाखा सञ्जाल ४४, विस्तार काउन्टर दुई र एटीएम सेवा ५४ स्थानमा पुगेको छ।

comments powered by Disqus

रमझम