२४-३० साउन २०७२ | 9-15 August 2015

रोयल एस्पिरा

Share:
  

एशियन पेन्ट्स ले नयाँ रङ रोयल एस्पिरा बजारमा ल्याएको छ। घर तथा भित्तामा प्रयोग हुने वातावरणमैत्री यो रङ निर्माणमा उच्चस्तरीय अत्याधुनिक प्रविधि अपनाइएको कम्पनीले जनाएको छ। पाँच वर्षको वारेन्टी सहितको रोयल एस्पिरामा आगोको ज्वाला प्रतिरोध गर्ने, छिट्टै नचर्कने, पानी तथा ओसबाट भित्तालाई जोगाउने तथा दाग बस्न नदिने जस्ता गुण भएको कम्पनीको दाबी छ।

दुई नयाँ पल्सर

बजाज ले नयाँ पल्सर आरएस–२०० र एएस–२०० बजारमा ल्याएको छ। डीएभी स्कूल ग्राउण्डमा भएको नेपथ्यको कन्सर्ट कार्यक्रममा कम्पनीले यी बाइक भित्र्याएको घोषणा गरेको हो। पल्सर आरएस २०० लाई कम्पनीले उत्कृष्ट डिजाइन, फिट र फिनिसिङ्गका कारण 'सुपर बाइक' बताएको छ। हावा प्रतिरोधात्मक भाइजरका कारण यो लामो दूरीको यात्राका लागि उपर्युक्त भएको कम्पनीको दाबी छ। त्यस्तै एएस २०० मा उत्कृष्ट प्रविधि र टायर रहेको कम्पनीले जनाएको छ।

ईओन अब ट्याक्सी

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई ईओनका डी–लाइट र डी–लाइट प्लस मोडललाई ट्याक्सीको रुपमा बजारमा ल्याउने भएको छ। १७०० मिमि ग्राउण्ड क्लियरेन्स, ५६ पीएसको पावर, न्यूनतम मर्मत खर्च, सर्वसुलभ पार्टपुर्जा र उच्च माइलेजसँगै ईओन ट्याक्सीमा आरामदायी वातानुकूलित क्याविन, पावर स्टेयरिङ्ग, प्रिमियम ड्यासबोर्ड र पर्याप्त स्पेससहितको डिक्की रहेको कम्पनीको दाबी छ। यसको खरीदको लागि सरल फाइनान्स सेवा र चालू आर्थिक वर्षमा निःशुल्क सडक करको पनि सुविधा छ।

भित्रियो अभेन्टुरा

इटालियन मोटर उत्पादक फियट को आधिकारिक बिक्रेता लाइफ अटो मोबाइलले फियट अभेन्टुरा बजारमा भित्र्याएको छ। अफ रोडका लागि पनि उत्तिकै उपर्युक्त यो कार दुई फरक इञ्जिनमा उपलब्ध भएको कम्पनीले जनाएको छ। २०५ एमएम ग्राउण्ड क्लियरेन्स, १६ इन्च अटो ह्वील, एबीएस, एयरब्याग सहितको सुविधा भएको यो कार लाइफ अटोका गैह्रीधारा र थापाथली शोरुममा उपलब्ध छ।

बुकिङमा फिगो एस्पायर

फोर्ड मोटर्सले यसको प्रतीक्षित कार फिगो एस्पायरको बुकिङ शुरु गरेको छ। ३ अगष्टबाट न्यूनतम रु.१ लाखमा बुकिङ शुरु गरिएको र ग्राहकलाई चित्त नबुझ्ोमा रकम फिर्ता समेत हुने कम्पनीले जनाएको छ। चार विभिन्न तहमा उपलब्ध हुने यो कारको शक्तिशाली इन्जिनले २५.८ किमीसम्मको माइलेज दिने कम्पनीको दाबी छ। ७ फरक रङमा उपलब्ध कारमा विभिन्न अत्याधुनिक सुविधा पनि हुनेछ।

अब जेड वान

सामसुङ ले जेड वान स्मार्टफोन बजारमा ल्याएको छ। स्मार्टफोनका नयाँ उपभोक्ता लक्षित यो मोबाइलमा टिकाऊ ब्याट्री, द्रुत इन्टरनेट चल्ने कम्पनीको दाबी छ। १.२ गिगाहर्ज डुअल कोर प्रोसेसर, ७६८ एमबी र्‍याम, ४ जीबी आन्तरिक मेमोरी, दुई सीम चल्ने सुविधा, ४ इन्च स्त्रि्कन, ३.१ मेगापिक्सेल क्यामेरा सहितका सुविधा भएको मोबाइलको मूल्य रु.७ हजार ४९० छ।

जियोनी को शोरुम

जियोनी मोबाइलले न्यूरोडमा एक्सक्लुसिभ शोरुम खोलेको छ। शोरुममा जियोनीका सम्पूर्ण मोडलहरू उपलब्ध हुनेछन्। नेपाली बजारमा जियोनीका १० मोडल उपलब्ध छन्। शोरुममा विभिन्न मोडलका मोबाइलका बारेमा जानकारी पनि दिइनेछ।


प्रभु ब्यांकले मर्जरको क्रममा दोहोरिन गएका नेपालगञ्ज, टाँडी र तुल्सीपुरका शाखाहरूलाई क्रमशः बाँकेको कोहलपुर, लमजुङ्गको बेसीशहर र सुर्खेतको वीरेन्द्रनगरमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको छ।

सिटीजन्स ब्यांकले महोत्तरीको गौशालामा शाखा विस्तार गरेको छ। यो सहित ब्यांकको शाखा सञ्जाल ५५, एटीएम काउन्टर ४५ र शाखारहित ब्यांकिङ सेवा २०६ पुगेको छ।

comments powered by Disqus

रमझम