६-१२ भदौ २०७२ | 23-29 August 2015

लक्स को अत्तर

Share:
  

लक्स ले नयाँ अत्तर (पर्फ्यूम) बजारमा ल्याएको छ। महिला लक्षित यो अत्तर उत्कृष्ट कच्चापदार्थ तथा अत्तर विशेषज्ञले विशेष प्रविधिको प्रयोगद्वारा निर्माण गरेको कम्पनीले जनाएको छ। सुवास मात्र होइन, यो अत्तर छालाका लागि समेत उपर्युक्त रहेको कम्पनीको दाबी छ।

कलर्स के–१५ रकको नयाँ संस्करण

कलर्स मोबाइलले कलर्स के–१५ रक मोबाइलको सुधारिएको संस्करण बजारमा ल्याएको छ। नयाँ संस्करणमा ४ जीबीको आन्तरिक क्षमता बढाइएर ८ जीबी पुर्‍याइएको छ भने एन्ड्रोइड ४.२ किटक्याट अपरेटिङ सिस्टमलाई ललिपप ५.१ मा अद्यावधिक गरिएको छ। १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर, ५ इन्च क्षमतायुक्त एचडी आईपीएस टचस्त्रि्कन, २२५० एमएएच ब्याट्री भएको मोबाइलको मूल्य रु.१४ हजार २०५ छ।

सुबिसु को सुविधा

सुबिसु केवलनेट लो नेपाली राष्ट्रि्र्र्र्रय क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान स्वरुप निःशुल्क इन्टरनेट तथा डिजिटल क्लियर टीभी केबुल सुविधा दिएको छ। सुबिसुले टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदान गर्दै आइरहेको छ।

सामसुङ ले जे सिरिज अन्तर्गतको ग्यालेक्सी जे–५ र जे–७ स्मार्टफोन बजारमा भित्र्याएको छ। क्रमशः ५ र ५.५ एचडी स्त्रि्कनका यी मोबाइलमा १.५ जीबी र्‍याम, १३ एमपी क्यामेरा, एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टमको सुविधा छ। ग्यालेक्सी जे–५ मा १.२ गिगाहर्ज क्वार्डकोर प्रोसेसर, ८ जीबी र्‍याम छ भने जे–७ मा १.५ अक्टाकोर प्रोसेसर र १६ जीबी र्‍याम छ। यी मोबाइलको मूल्य क्रमशः रु.२१ हजार ९०० र २५ हजार ९०० छ।

comments powered by Disqus

रमझम