१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

'सदाचार नै प्रहरीको पूँजी'

Share:
  
p14
 
 

२९ असोजमा यस वर्षको 'पुलिस व्याटन' थापेका पूर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डीआईजी सुरेन्द्रबहादुर शाह भन्छन्, “प्रहरीको लागि आचरण, निष्पक्षता, निर्भीकता र संगठनप्रतिको वफादारी सर्वाधिक महत्वका चिज हुन्।”  

प्रहरी व्याटन पाउँदा कस्तो लागिरहेछ?  
कुनै पनि प्रहरी कर्मचारीको जीवनमा एकपटक आउने कुरा हो, यो। त्यसैले खुशी, हौसला र जिम्मेवारी थपिएको अनुभव भइरहेको छ।   
 
प्रहरीले अहिले कार्यक्षेत्रमा भोगिरहेका चुनौती के कस्ता छन्?  
प्रहरी स्वयंले भ्रष्टाचारको आरोप खेपिरहेको यो संक्रमणकालमा प्रहरीको आफ्नै आचरण, व्यवहार र मनोबल प्रमुख चुनौतीका रूपमा रहेका छन्। तस्करीको पुरानो जालो, 'इजी मनी'का लागि मौलाएको गुण्डागर्दी, सशस्त्र समूहका गतिविधि आदिले प्रहरीको कामलाई थप चुनौतीपूर्ण बनाएको छ। प्रहरीको आचरण–व्यवहार सुधार्न भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएर कारबाही अघि बढाएका छौं। प्रहरी कर्मचारीको अठोट, आम नागरिक र सञ्चारमाध्यमको सहयोगले गलत मनसाय निरुत्साहित भएको छ।  
 
दबाब र हस्तक्षेप कत्तिको हुन्छ?  
तस्करी, गुण्डागर्दी नियन्त्रण गर्दा पार्टीका नेता–कार्यकर्ताले औपचारिक कार्यक्रमबाटै प्रहरीमाथि आक्षेप लगाए। सीमाक्षेत्रमा तस्करी रोक्न खोज्दा मूठभेडकै अवस्था सिर्जना भयो, नाका–सडक बन्द गरिए। तर, प्रहरीको टीम दृढ भएर अगाडि बढेपछि त्यसको चौतर्फी असर पर्‍यो। तलका प्रहरी अधिकृत र जवानहरूलाई निर्धक्क काम गर्न सक्ने वातावरण बनाएका छौं।  
 
भनेपछि, दबाब र हस्तक्षेपबीच कर्तव्य निर्वाह गरिरहनुभएको छ?    
कुनै पनि केसमा पार्टीका सामान्य कार्यकर्तादेखि माथिल्लो तहका नेतासम्मको फोन आउँछ। कानूनले 'टार्गेट' गरेको मान्छे नेतासँग र अरू ठाउँ पनि पुग्छन्। कानूनले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न हामीले त्यस्ता टेलिफोनलाई सूचनाको रूपमा मात्रै लिएका छौं। यसलाई दबाब नमानी अगाडि बढ्दा कर्तव्य निर्वाह हुन्छ।  
 
प्रहरीलाई आफ्नो कर्तव्य निर्वाह गर्न के–के कुरा चाहिन्छ?  
आचरण, निष्पक्षता, निर्भीकता र संगठन प्रतिको वफादारी प्रहरी कर्मचारीको शक्ति हो। आफूमा सदाचार भयो भने मातहतले मान्छ, समाजले साथ दिन्छ। त्यसैगरी, तलको मान्छेले हेर्ने माथि हो। तल म गर्छु, माथिबाट के हुन्छ भन्ने विषय मह140वपूर्ण हुन्छ। सही मान्छेलाई सही जिम्मेवारी र निर्दिष्ट जिम्मेवारी निर्वाह गर्दा पूर्ण संरक्षण सुनिश्चित हुनुपर्छ।
comments powered by Disqus

रमझम