'तीन दिनमै खुल्छ तातोपानी नाका'

Share:
  

१२ वैशाखको महाभूकम्पबाट क्षतिग्रस्त उत्तरी छिमेकी चीन जोड्ने मुख्य नाका तातोपानी सडकखण्ड अझै खुल्न नसकेको बारे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी भन्छन्, “पटक पटकको पहिरोका कारण समयमै काम हुन नसकेको हो।”

तातोपानी नाका जोड्ने सडक कहिलेबाट खुल्ला?

सडक छेक्ने पहिरो र ढुंगा हटाउने काम तीव्र रुपमा भइरहेको छ, १९ गतेसम्ममा खुलिसक्छ। त्यसपछि ढुवानी गर्न सकिन्छ।

बाटो खोल्न के के गर्नुभयो?

भूकम्पलगत्तै दुई पटक चिनियाँ सहयोगले बाटो खोल्यौं तर फेरि आएको पहिरो बाधा बन्यो। दिनभर बाटोको पहिरो हटायो राति फेरि उस्तै हुने क्रम धेरै पछिसम्म थियो।

अब कहाँको काम बाँकी छ?
बिहान ७ देखि राति ७ बजेसम्म सडक डिभिजनका ८ वटा डोजरबाट बाटोका भीमकाय ढुंगा पन्छाउने काम भइरहेको छ। मान्छेलेे मात्रै नहुने भएकाले मेशीन प्रयोगमा जोड दिएका छौं। तातोपानी लिपिङ बजारको सय मिटर क्षेत्रको ढुंगा हटाएपछि बाटो खुल्छ। ट्रयाक खोलेका ठाउँहरूमा स्थानीय बासिन्दा, प्रहरी सबै मिलेर सम्याउने काम भइरहेको छ।

चीनतिरको सडकको अवस्था कस्तो छ?

चीनतिरको सडकमा कुनै समस्या छैन। समस्या हाम्रैतिर मात्रै हो।

चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ त?

पेट्रोलियम पदार्थका लागि त दुई देशको सहमति नै निर्णायक हुन्छ। उताबाट आउनेबाहेक यताबाट जाने भनेको लत्ताकपडा, इलेक्ट्रोनिक्स र केही खाद्यान्न हुन्।

comments powered by Disqus

रमझम