१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

'सम्बन्धका आधारको लेखाजोखा गर्छौं'

Share:
  

नेपाल–भारत सम्बन्ध र विगतका सन्धि–सम्झ्ाौता पुनरावलोकनका लागि सुझ्ााव दिन सरकारले गठन गरेको 'प्रबुद्ध समूह' का सदस्य, भारतका लागि नेपालका पूर्व राजदूत डा. भेषबहादुर थापा भन्छन्, “दीर्घकालीन हितलाई ध्यानमा राखेर काम गर्छौं।”

प्रबुद्ध समूहले के काम गर्नेछ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धमा उतारचढाव कम होस् र समझ्ादारी बढोस् भन्ने उद्देश्यले यस्तो समूह बनाउने समझदारी भएको थियो। दुवै देशले चार–चार जना विज्ञ सम्मिलित समूह गठन गर्ने समझ्ादारी अनुसार अब भारतले गठन गरेपछि दीर्घकालीन रुपमा सम्बन्ध सुधार गर्ने गरी काम हुनेछ।

नेपाल र भारतबीचका सन्धि–सम्झौताबारे लामो समयदेखि विवाद छ। यस्तो सन्दर्भमा प्रबुद्ध समूहको भूमिका के हुन्छ?

नेपाल–भारत सम्बन्ध भारतको स्वतन्त्रता र नेपालमा प्रजातन्त्र स्थापनापछि शुरु भएको हो। त्यसयता राजनीतिक, आर्थिक, सुरक्षा, व्यापार र जलस्रोतसम्बन्धी सन्धि भएका छन्। ती सन्धि र सम्बन्धका आधार कति सान्दर्भिक र हितकर भए, कति भएनन् भन्ने अध्ययन गरेर समूहले सुझाव दिनेछ।

नेपाल–भारत सम्बन्धमा चिसोपन बढेका वेला समितिका चुनौती के के छन्?

नेपालीले यतिखेर ठूलो कष्ट बेहोरिरहेका छन्। यद्यपि यो अवस्थालाई हेरेर समूहको परिकल्पना गरिएको होइन। समूहले द्विपक्षीय सम्बन्धका आधार राजनीतिक, आर्थिक, सुरक्षा र जलस्रोतसँग सम्बन्धित सन्धिहरूको लेखाजोखा गर्छ। यो जिम्मेवारी विज्ञलाई दिनुको कारण निष्पक्ष भएर दीर्घकालीन सम्बन्ध विकास गर्ने आधार पहिल्याउनु हो।

नेपाल–भारत सम्बन्ध यो अवस्थामा पुग्नुमा के कुराले प्रभाव पारेको छ?

नेपालले पहिलो पटक जनताका प्रतिनिधिमार्फत संविधान जारी गरेपछि कुनै समूहको चित्त नबुुझ्ोको बहानामा शुरु भएको असहज परिस्थिति दुवै देशको हितमा छैन। जनतालाई दुःख दिएर राज्यलाई परिवर्तनतिर उन्मुख गर्ने कुरा अहिले मानवीय र वाञ्छनीय दुवै हुँदैन।

नेपाल–भारत सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन वा अझ राम्रो बनाउन सम्भव छ?

समय–समयमा सम्बन्धमा उतारचढाव आएका छन्, सम्बन्धहरूले नयाँ मोड पनि लिएका छन्। सकारात्मक व्यवहारलाई निरन्तरता दिने र नकारात्मक व्यवहार हटाउने दृष्टिकोण हाम्रो समूहले राख्छ, भारतीय समूहले पनि राख्ने विश्वास छ।

comments powered by Disqus

रमझम