१-१५ माघ २०६९ | 14 -28 January 2013

होण्डा को ड्रिम युगा

Share:
  

स्याकार ट्रेडिङले होण्डा को ड्रिम युगा मोटरसाइकलको बिक्री शुरू गरेको छ। १०९ सीसी क्षमताको एयरकुल्ड, ४ स्ट्रोक–एसआई इन्जिन जडित कामकाजी वर्ग लक्षित यो मोटरसाइकल नेपाली बजारमा एक वर्षभित्र १० हजार वटा बिक्री गर्ने कम्पनीको लक्ष्य छ।  
 
मारुती सुजुकी लाई अवार्ड
मारुती सुजुकी ले 'एनडीटीभी कार तथा वाइक अवार्ड–२०१३' जितेको छ। सोही समारोहमा 'इन्ट्री ह्याचब्याक कार अफ द इयर' उपाधि जितेको नयाँ अल्टो–८०० छिट्टै नेपालमा भित्र्याउने नेपालस्थित अधिकृत बिक्रेता सीजी अटोमोवाइल्सले जनाइएको छ।
 
हिमस्टार हिटर
हिम इलेक्ट्रोनिक्सले नयाँ विशेषतासहित हिमस्टार इलेक्ट्रिक हिटर बजारमा ल्याएको छ। आवाजरहित यो हिटरको तापक्रम आवश्यकता अनुसार तीन स्तर राख्न सकिने जनाइएको छ।  
 
एलजी का थ्री–डी टीभी  
सीजी इलेक्ट्रोनिक्सले एलजी ब्राण्डको थ्री–डी टीभी भित्र्याएको छ। नानो फुल एलइडी डिस्प्लेयुक्त विशेषता भएको एलजी सिनेमा थ्री–डी स्मार्ट टीभी अत्याधुनिक प्रविधिसहित जादूमय रिमोटबाट घरैमा चलाउन सकिन्छ। भिडियो गेम पारखीका लागि यो टीभीमा 'ड्युअल प्ले फङ्सन' राखिएको छ।  
 
स्कोडा को नयाँ वर्ष  
अंग्रेजी नयाँ वर्षको अवसरमा एमएडब्लु इन्टरप्राइजेजले स्कोडा गाडीको नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत फाविया र र्‍यापिड मोडलका खरीदकर्ताले आईप्याड–२, शून्य सडक कर, एक वर्षको निःशुल्क बीमा र तीन वर्षको वारेन्टी लगायतका सुविधा पाउने छन्।   
 
सामसुङ ग्यालेक्सी स्मार्टफोन
इन्टरनेशनल मार्केटिङ सर्भिसेजले सामसुङ ब्राण्डका दुई सीम लाग्ने उत्कृष्ट अडियो फिचरयुक्त ग्यालेक्सी म्युजिक डाउज स्मार्टफोनको बिक्री शुरू गरेको छ। वाईफाई तथा थ्रीजी सुविधासहितको फोर जीबीको आन्तरिक मेमोरीलाई ३२ जीबीसम्म बढाउन सकिने जनाइएको छ। फोनको मूल्य रु.१६,६९० तोकिएको छ। यसैबीच सामसुङ ले १० माघदेखि राजधानीको सिभिल ट्रेड सेन्टरमा शुरू हुने मोबाइल एक्स्पो–२०१३ को प्रायोजन गर्ने भएको छ।  
 
हुन्डाई को भेलोस्टार
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई को नयाँ स्पोर्टस् कार भेलोस्टारको बिक्री शुरू गरेको छ। युरोप र अमेरिकामा लोकप्रिय एमपीआई गामा–डी सीसीभीटी फोर सिलिन्डर इन्जिन जडित यो कार १ हजार ६०० सीसी क्षमताको छ। भारतमा नआउँदै नेपालमा बिक्री शुरू गरेको कारको मूल्य रु.६० लाख ९६ हजार पर्छ।  
 
सीजी का नमूना घर
सीजी डेभलपर्सले सीजी हिल्स हात्तीगौंडामा नमूना घरको बुकिङ खुल्ला गरेको छ। विभिन्न ६ मोडलका नमूना घरको मूल्य रु.१ करोड ३६ लाखभन्दा माथि छ।    
 
कार्बन का नयाँ उत्पादन
कार्बन मोबाइलले तीन नयाँ उत्पादन नेपालमा बिक्री शुरू गरेको छ। अधिकृत बिक्रेता ट्रेडलिंक इन्टरनेशनलका अनुसार स्मार्टफोन ए–२१ र ए–३०, स्मार्ट ट्याब १०–कस्मिक र कार्बन मोबाइल क्याफेको बिक्री शुरू गरिएको हो। २४.६ सेन्टिमिटरको टच स्त्रि्कनयुक्त स्मार्ट ट्याबमा १.५ गिगाहर्जको प्रोसेसर, वाईफाई लगायतका विशेषता छन्। स्मार्टफोन ए–२१ र ए–३० मा भने क्रमशः १.२ र १ गिगाहर्जको प्रोसेसर, वाईफाई लगायत सुविधा छन्।
 
हिरो को दिमाग खराब
नेपाल जनरल मार्केटिङ प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा हिरो मोटरसाइकलको प्रवर्द्धनका लागि 'दिमाग खराब अफर' ल्याएको छ। जस अन्तर्गत रु.६ हजारदेखि रु.८,५०० सम्म नगद छुट तथा गोलाप्रथाद्वारा पहिलो हुने ग्राहकले आफूले किनेको मोटरसाइकलको शतप्रतिशत, दोस्रोले ७५ प्रतिशत र तेस्रोले ५० प्रतिशत पैसा फिर्ता पाउने छन्।
 
नयाँ सुरक्षा उत्पादन
ई–३ सेक्युरिटी सोलुसन प्रालिले न्याफ्को दुबई र प्रोलाइट अटोग्लो भारतका सुरक्षा सम्बन्धी विभिन्न उत्पादन बजारमा ल्याएको छ। न्याफ्को ले आगोबाट जोगाउने विभिन्न सामग्री र प्रोलाइटले विद्युतीय बत्ती र अन्य लाइटिङ सिष्टम उत्पादन गर्छन्।


नेपाल इन्भेष्टमेन्ट ब्याङ्कको २६औं साधारणसभाले २५ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। योसँगै ब्याङ्कको चुक्ता पूँजी रु.३ अर्ब ७६ करोड पुगेको छ। ब्याङ्कले गत वर्ष रु.१ अर्ब १७ करोड खुद मुनाफा कमाएको थियो।
 
एनएमबी ब्याङ्कले १७औं वार्षिकोत्सवको अवसरमा दोस्रो 'हेरिटेज वाक्–२०१२' आयोजना गरेको छ। सम्पदा संरक्षणको चेतनालाई समाजका हरेक क्षेत्रमा पुर्‍याउन ब्याङ्कले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा कार्यक्रम गरेको हो।  
 
मेगा ब्याङ्कको दोस्रो साधारणसभाले चालु आवमा ६९ लाख ९० हजार कित्ता साधारण शेयर बिक्री गर्ने निर्णय गरेको छ। साधारण शेयर जारी गरेपछि ब्याङ्कको चुक्ता पूँजी रु.२ अर्ब ३३ करोड पुग्नेछ।

comments powered by Disqus

रमझम