२४-३० असोज २०७२ | 11-17 October 2015

सामसुङ को 'स्मार्ट महा–उत्सव'

Share:
  

सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता 'हिम इलेक्ट्रोनिक्स' र 'त्रिवेणी व्यापार' ले दशैं–तिहारको उपलक्ष्यमा १४ असोजदेखि २९ कात्तिकसम्म 'स्मार्ट महा–उत्सव' उपहार योजना बजारमा ल्याएको छ। योजना अन्तर्गत जुनसुकै मोडलको सामसुङ टीभी खरीदमा सामसुङ डिजिटल क्यामेरा, सामसुङ का नयाँ मोडलका मोबाइल फोन र टाईमेक्स घडी उपहार दिइने कम्पनीले जनाएको छ। कम्पनीले सामसुङ रेफ्रिजेरेटरको खरीदमा टाईमेक्स घडी र बजाज मिक्सर प्रदान गर्नुका साथै वासिङ्ग मेसिन किन्दा बजाज आइरन उपहार दिने बताएको छ।
सामसुङ को दशैं बोनान्जा अन्तर्गत बजाज पल्सर २०० आरएस चाँगुनारायण–२, भक्तपुरका गौतम गौंडाले प्राप्त गरेको कम्पनीले जनाएको छ।

कलर्स को एक्स फ्याक्टर

कलर्स मोबाइलले एलिट सिरिज अन्तर्गत एक्स फ्याक्टर ई–१० बजारमा भित्र्याएको छ। प्रविधिका सौखिन उपभोक्ता लक्षित यो मोडलमा डिजिटल र परम्परागत घडी समेत छ। पाँच इञ्च एचडी स्त्रि्कन, १६ जीबी रोम प्लस, टु जीवी र्‍याम, टु मेगा पिक्सेलको क्यामेरा अगाडि र ८ मेगा पिक्सेलको क्यामेरा पछाडि रहेको छ। १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको यो फोनमा टुजी र थ्रीजी दोहोरो सीम प्रयोग गर्न सकिन्छ। यसको बजार मूल्य रु.१२ हजार ९९५ रहेको छ।

फोर्ड मा सात लाखसम्मको छूट

दशैं–तिहारको अवसरमा फोर्ड गाडी खरीदकर्ताले रु.७ लाखसम्मको छूट पाउने भएका छन्। जिओ फोर्ड, फोर्ड गाडीका लागि 'फ्यान्टुलस् अफर' अन्तर्गत यो सुविधा दिइएको हो। पक्का पुरस्कार अन्तर्गत केटीएम ड्यूक बाइक/४६ इन्चको सामसुङको एलईडी टिभी/क्यानोन्को ७०० डी क्यामेरा/सामसुङ ग्यालेक्सी एस ५ मोबाइल वा ३२ इन्चको सामसुङ स्लिम एलइडी टीभी र गाडीको निःशुल्क सर्भिसिङ गरिने कम्पनीले जनाएको छ।

फोर्ड ले पेट्रोल गाडीकै मूल्यमा डिजल गाडी बजारमा ल्याएको छ। फिगो, क्लासिक र फियस्टा मोडलका गाडी पेट्रोल गाडीकै मूल्यमा दिइने फोर्ड को दाबी छ।

जियोनी को 'गेट स्मार्ट' योजना

जियोनी ले दशैं–तिहारको अवसरमा 'गेट स्मार्ट' उपहार योजना घोषणा गरेको छ। योजना अन्तर्गत जियोनी का चार मोडल– इलाइफ एस–७, म्याराथन एम–५, म्याराथन एम–३ र पायोनियर पी–६ खरीदमा ग्राहकले रु.१ हजारदेखि रु.३ हजारसम्म छूट पाउने छन्। यो योजना ५ असोजदेखि ३० कात्तिकसम्म चल्ने कम्पनीले जनाएको छ। साथै जियोनी ले पायोनियर पी–३ एस र एफ–१०३ मोडलका दुई वटा फोन बजारमा ल्याएको छ, जसको मूल्य क्रमशः रु.८ हजार ९९९ र रु.१५ हजार ९९९ तोकिएको छ।

पानासोनिक को क्यास ब्याक अफर

पानासोनिक होम अप्लायन्सेस् नेपालको आधिकारिक बिक्रेता त्रिवेणी व्यापार कम्पनी प्रालिले 'दशैं र तिहार विशेष क्यास ब्याक अफर २०७२' योजना शुरु गरेको छ। यो योजनाअन्तर्गत कुनै पनि मोडलको पानासोनिक टीभी खरीदकर्ताले आकर्षक नगद छूट पाउनेछन्।

हुआवे को 'टन्न मन प्रशन्न'

स्मार्टफोन निर्माता बहुर्राष्ट्रिय चिनियाँ ब्रान्ड हुआवे ले 'हुआवे दशैं अफर– उपहार टन्न मन प्रशन्न' बजारमा ल्याएको छ। १४ असोजदेखि ४ कात्तिकसम्म हुआवे को मोबाइल खरीदकर्ताबीच दैनिक लक्की ड्रमार्फत १०० वटा पावर ब्यांक र साप्ताहिक लक्की ड्रमार्फत १५ वटा हुआवे स्मार्टफोन र साप्ताहिक बम्पर लक्की ड्रमार्फत तीन जना भाग्यशाली विजेताले रोयल एनफिल्ड क्लासिक ३५० जित्ने कम्पनीले जनाएको छ। ग्राण्ड लक्की ड्रमार्फत एक जना ग्राहकले रोयल एनफिल्ड कन्टिनेन्टल जीटी प्राप्त गर्नेछन्। हुआवे को मोबाइल खरीदका लागि ग्राहकले हुआवे स्पेस थिची १५ अंकको आईएमईआई नं. टाइप गरी २२०० मा एसएमएस गर्नुपर्नेछ।

सानसुई को चकाचक

होम अप्लायन्सेस् सामानका लागि नाम कमाएको ब्रान्ड सानसुई को बिक्रेता त्रिवेणी व्यापार कम्पनीले 'सानसुईको दशैं र तिहार चकाचक' उपहार योजना ल्याएको छ। योजना अनुसार, ग्राहकले सानसुई का फ्रिज खरीदमा सुप बाउल सेट (१८ पिस), वासिङ मेसिनको खरीदमा आइरन, ४८ इन्च एलइडी टीभी खरीदमा स्पिकर, ३२ र ४० इञ्च टीभी खरीदमा ट्राभल चार्जर र २०, २२ र २४ इञ्चका टीभी खरीदमा ८ जीबीको पेनड्राइभ उपहार पाउनेेछन्।

यासुदा को 'एकमा अनेक'

नेपालका लागि यासुदा को बिक्रेता त्रिवेणी व्यापार कम्पनी प्रालिले ग्राहकसामु दशैं तिहारको 'एकमा अनेक उपहार' योजना सार्वजनिक गरेको छ। यो योजनामा उक्त ब्रान्डको रेफ्रिजेरेटर खरीदमा बाउल सेट, वासिङ मेसिन खरीदमा आइरन तथा ३२ र ४० इञ्चको टीभी खरीदमा ट्राभल चार्जर र १६–२४ इञ्चको टीभी खरीदमा एक सेट ओपलको लिड बल्ब उपहार पाउनेछन्।

टाइटन घडीमा २० प्रतिशत छूट

टाइटन घडीको वितरक नेपाल ट्रेड नेटवर्क प्रालिले १४ असोजदेखि १४ कात्तिकसम्म टाइटन र फास्टर्‍याक घडीमा २० प्रतिशतसम्म छूट दिने भएको छ। राजधानीमा सम्पन्न डिलर मिट–२०१५ कार्यक्रममा जनाइए अनुसार यो छूट टाइटन एक्सेस्रिजमा समेत लागू हुनेछ।

टीसीएल को टि्वन विन

टीसीएल कम्पनीले रु.२० हजारसम्म छूटको 'टि्वन विन' योजना ल्याएको छ। एलईडी टीभी, एअर कन्डिसनर र फ्रन्ट लोडिङ वाशिङ मेसिन खरीदकर्ताले स्क्र्याच कार्डमार्फत तुरुन्तै नगद उपहार पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो अफर १२ असोजदेखि टीसीएल को देशभरिका आउटलेटमा उपलब्ध छ ।

comments powered by Disqus

रमझम