१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

उद्यमशील उषा

Share:
  

तीन वर्षअघि कोठेबारीमै तारजालीले बेरेर एकहजार ब्रोइलर कुखुरा पाल्न थाल्दा दमक–१० की उषा थापा (३८) लाई 'खानलाउन पुगेकी बुहारीको नसुहाउँदो काम' भनी धेरैले टिप्पणी गरे। तर, उनको तर्क हुन्थ्यो, “ज्यानलाई धेरै आराम दियो भने राम्रो हुन्न, सकेको काम गरिरहनुपर्छ।”

उषा बिहानै कुखुरालाई चारो, पानी आफैं दिन्छिन्, सुली सोहोर्छिन्। अण्डा बटुलेर बजार पठाउन र पैसा उठाउन पनि आफैं दगुर्छिन्। आफूले नभ्याउँदा मात्र श्रीमान् (शम्भु थापा) को सहयोग माग्छिन्।

इटहरी, सुनसरी माइती भएकी उषा काठमाडौंमा अध्ययनका क्रममा २०५७ सालमै एक मिनरल वाटर उत्पादन कम्पनीमा बजार अधिकृतको काम गर्थिन्। विना उद्यम दिन कटाउनु सजाय झै मान्ने उनी ८२ वर्षे उमेरमा पनि किराना पसल चलाइरहेका बाबु तेजबहादुर सुवेदी प्रेरणा–स्रोत भएको बताउँछिन्।

रु.१५ लाख लगानीमा शुरू भएको उनको गरुड कृषि उद्योगको लगानी अहिले एक करोड हाराहारी पुगेको छ। पाँचहजार कुखुरा छन्। यी कुखुराका दैनिक करीब साढेचार हजार अण्डा झापा र मोरङका विभिन्न बजारमा पुग्छन्। “सबै खर्च कटाएर महीनाको साढे तीनलाख जति कमाइ भइरहेको छ”, उनी भन्छिन्, “सुली मात्रै मासिक २० हजार रुपैयाँको बिक्छ।” सुलीको आम्दानीले दुई छोराको छात्रावास खर्च टर्छ।

माछापालन र तरकारी खेतीको नयाँ योजना बुन्दै गरेकी उषा आफ्नो खुट्टामा उभिन श्रम गर्नुपर्ने बताउँछिन्। भन्छिन्, “अर्काका खुट्टामा उभिनेहरू दास हुनुपर्छ, महिला दास बन्नुहुँदैन।”

गोपाल गडतौला, झापा


शिवम् ५ केजी बढी

शिवम् सिमेन्टले '५० केजीकै दाममा ५५ केजी' योजना ल्याएको छ। देशभरि सीमित अवधिका लागि लागू हुने यो योजनाअन्तर्गत प्रत्येक ५० केजीको बोरा खरीदमा थप ५ केजी सिमेन्ट पाइनेछ। 'गुणस्तरको पहिचान हो शिवम्' भन्ने नारा रहेको शिवम् ले जर्मन प्रविधिको अत्याधुनिक प्लान्टबाट आफ्नै चुनढुङ्गा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

सीजी का दुई स्मार्टफोन

सीजी मोबाइल्सले ईओएन सिरिज अन्तर्गत 'ईओएन थ्रीजी' र 'ईओएन एक्सफोर' स्मार्टफोन बजारमा ल्याएको छ। ३.५ इन्चको स्त्रि्कन, १.० सिंगल कोर प्रोसेसरलगायतका सुविधा भएको 'ईओएन थ्रीजी' को बजार मूल्य रु.४ हजार ५९९ तोकिएको छ। यस्तै चार इन्चको डब्लुभिजिए डिस्प्ले, चार जीबीको इनबिल्ट स्टोरेज क्षमतालगायतका सुविधा भएको 'ईओएन एक्सफोर' को नेपाली बजार मूल्य रु.५ हजार ३५० छ।

डिल्लीबजारमा शिखर

शिखर शूले काठमाडौं, डिल्ली बजारको बाटुलेघर नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ। ६ पुसदेखि सञ्चालनमा आएको शिखर शूको यो २७औं शोरुम हो। १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको प्रायोजक समेत रहेको शिखर शूले आफूलाई फूटवेयर ब्रान्डमा नेपालको नं. १ भएको दाबी गरेको छ।

माइक्रोम्याक्स को क्यानभास

मोबाइल फोन उत्पादक कम्पनी माइक्रोम्याक्स ले 'क्यानभास फाइभ इ–४८१' स्मार्टफोन बजारमा ल्याएको छ। एन्ड्रोइड ५.१ ललीपप ओएस भएको यो स्मार्टफोनमा १.३ गिगाहर्जको कोर प्रोसेसर, १३ एमपीको प्राइमरी र ५ एमपीको फ्रन्ट क्यामरा रहेको छ। ५.२ इन्चको एफएचडी आईपीएस स्त्रि्कन सुविधा भएको स्मार्टफोनको मूल्य रु.२१ हजार ५०० तोकिएको छ।

हिमालयन ब्यांकको २३औं साधारणसभाले शेयरधनीहरूलाई ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त लाभांशमध्ये ३५ प्रतिशत बोनस शेयर र ७.१ प्रतिशत नगद हो। बोनस शेयर वितरणपछि चुक्ता पूँजी रु.४ अर्ब ४९ करोड ९१ लाख पुग्ने ब्यांकले जनाएको छ।

एनआईसी एशिया ब्यांकले आफ्ना शेयरधनीलाई ३९ प्रतिशत बोनस शेयर, ४:35 १ को अनुपातमा हकप्रद शेयर र २.०५ प्रतिशत नगद लाभांश दिने भएको छ। ब्यांक सञ्चालक समितिको ५ पुस बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र ब्यांकको स्वीकृति र ब्यांकको साधारणसभाबाट पारित भएपछि लागू हुनेछ।

मेगा ब्यांकले १ पुसबाट 'मेगा भिसा क्रेडिट कार्ड' संचालनमा ल्याएको छ। भिसा कार्ड संचालनमा ल्याइए पनि ग्राहकको सुविधाका लागि एससीटी कार्ड यथावत् संचालन गर्ने ब्यांकले जनाएको छ। मेगाको काठमाडौं उपत्यकामा १४ र उपत्यका बाहिर १८ वटा मेगा मनी मेशीन (एटीएम) सञ्चालनमा छन् ।

comments powered by Disqus

रमझम