२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

कलर योर ड्रिम्स

Share:
  

'कलर योर ड्रिम्स'

चित्रकलामा अभिरुचि भएका १५ वर्षभन्दा माथिका व्यक्तिलाई लक्षित गर्दै पशुपति पेन्ट्स ले 'कलर योर ड्रिम्स' प्रतियोगिता शुरू गरेको छ। प्रत्येक १० दिनमा एक जना रु.५० हजार नगदबाट पुरस्कृत हुने यो योजनामा सहभागी हुन www.pashupatipaints.com/cyd www.facebook.com/pashupatipaints मा राखिएका घरका नमूना डाउनलोड गरेर त्यसमा पानी रंग, रंगीन पेन्सिल, क्रेयन्स, तैलीय रंग आदिमध्ये एकले रङ्गाउनुपर्नेछ। यसरी अपलोड गरिएका चित्रमध्येबाट विज्ञ सम्मिलित समितिले पुरस्कृत गर्नेछ। प्रतियोगिता दुई महीनासम्म सञ्चालन हुनेछ।

एलजी को भ्याकुम क्लिनर

एलजी को आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडलको एलजी भ्याकुम क्लिनर बजारमा ल्याएको छ। दक्षिण कोरियामा डिजाइन गरिएको २१ लीटर धूलो बोक्ने क्षमतासहितको भ्याकुम क्लिनरमा धूलोको परिमाण देखाउने सूचक जडित छ। ठूलो चक्कासहित २२ सय वाटको भ्याकुमबाट कुनाकाप्चाको धूलो सफा गर्न सहज हुने कम्पनीले जनाएको छ।

कलर्स को पर्ल ब्ल्याक

कलर्स मोबाइलले आफ्नो पछिल्लो उत्पादन पर्ल ब्ल्याक के–३ बजारमा ल्याएको छ। ३२ जीबी रोम र ३ जीबी र्‍याम, आन्तरिक बृहत्तर मेमोरी क्षमता भएको स्मार्टफोन के–३ बजारमा आउनुअघि नै ठूलो संख्यामा प्रि–बुकिङ भएको कम्पनीले जनाएको छ। एण्ड्रोइड ललीपप ५.१ अपरेटिङ सिस्टम, ५ इन्चको एचडी आइपिएस स्त्रि्कन, १३ मेगापिक्सल एफ २.२ सिमोस प्लस ८ मेगापिक्सल सहितको सिमोस क्यामरा जस्ता विशेषता सहितको यो फोन आकाशे गाढा नीलो र सेतो रङ्गमा उपलब्ध छ। फोनको मूल्य रु.२१ हजार ५० रहेको छ।

सिभिल मलद्वारा पुरस्कृत

सिभिल मलद्वारा सञ्चालित 'दशैं तिहार महोत्सव–२०७२' को बम्पर पुरस्कार अन्तर्गतको यामाहा फ्यासिनो स्कूटर कुलेश्वरका मुकुट परिक, रविभवनका अविक जोशी र ताहाचलकी सरिता श्रेष्ठले एक–एक वटा जितेका छन्। प्रति हजारको खरीदमा दिइएको एक कुपनमध्येबाट गोलाप्रथाद्वारा विजेता छनोट गरिएको यसै योजना अन्तर्गतको डेढ लाख रुपैयाँ बराबरको आसरी ब्रान्डको हीराको हार रुविन महर्जनले जितेका छन्।

भायानेट को 'फाइबर होम रस'
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले 'फाइबर होम रस' योजना ल्याएको छ। १० एमबीपीएससम्मको स्पीड बुस्ट सुविधा सहितको यस योजनाअन्तर्गत प्रति महीना रु.१८०० मा ८० जीबी डाटा पाइने र वार्षिक ग्राहकले ६ महीनासम्म निःशुल्क डाटा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

ब्याऒ्ढिङ/वित्त/बीमा

नबिल ब्यांक लिमिटेडको ३१औं वार्षिक साधारणसभाले संचालक समितिको सिफारिश अनुसार ६.८४ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस शेयर दिने भएको छ। साधारणसभामा ब्यांकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले नेपाल राष्ट्र ब्यांकको निर्देशन अनुसार २०७४ सम्ममा रु.८ अर्ब पूँजी पुर्‍याउन हरेक वर्ष ३० प्रतिशतका दरले बोनस शेयर जारी गर्दै तोकिएको पूँजी पुर्‍याउने योजना सभासमक्ष पेश गरेका थिए।

सानिमा ब्यांकमा अब बचत खाता अनलाइनबाटै खोल्न सकिने भएको छ। ग्राहक फारम डाउनलोड गरेर आवश्यक विवरण अनलाइनबाटै बुझाएर खाता खोल्न सकिने ब्यांकले जनाएको छ।

comments powered by Disqus

रमझम