२३-२९ फागुन २०७२ | 6-12 march 2016

हुवावे को मेट–८

Share:
  

हुवावे कन्जुमर बिजनेस ग्रुपले उत्कृष्ट पावर र ब्याट्री क्षमताको मेट–८ स्मार्टफोन सार्वजनिक गरेको छ। विशेष डिजाइन र ८३ प्रतिशत स्त्रि्कन टु बडी फिट रेसियो भएको यो मोबाइल सेटको स्त्रि्कनमा ९५ प्रतिशत कलर स्याचुरेशन क्षमता छ। प्रयोगकर्ताको आवाज पहिचान गरी कलको जवाफ दिने, रिजेक्ट गर्ने र डिस्कनेक्ट गर्ने निर्देशनको पालना गर्न सक्छ। मेट–८ को बजार मूल्य रु.७९ हजार ९९९ तोकिएको छ।

यस्तै हुवावे ले स्मार्ट फिङ्गरप्रिन्ट आईडेन्टिफिकेसन २.० भएको जिआर–५ पनि नेपाली बजारमा ल्याएको छ। प्रिमियम डिजाइन, उत्कृष्ट क्यामरा, तस्वीर शेयर गर्ने सुविधा भएको जिआर–५ को मूल्य रु.३३ हजार ९९९ छ।

कार्ल्सबर्ग को 'लाईभ इट लाईभ'

गोर्खा ब्रुअरीको उत्पादन कार्ल्सबर्ग ले 'लाईभ इट लाईभ! प्रोबेब्ली दि वेस्ट फ्रान्स इभर' अभियान सञ्चालन गरेको छ। युईएफए युरो–२०१६ फूटबल प्रतियोगितालाई लक्षित गरेर ल्याइएको अभियान अन्तर्गत कार्ल्सबर्ग का एक जना भाग्यशाली विजेताले १७ जूनमा हुने इटली र स्वीडेन विरुद्धको खेल प्रत्यक्ष हेर्न फ्रान्स जान पाउने छन्। यसका लागि कार्ल्सबर्ग क्यान वा बोतलको खरीदमा प्राप्त कुपन भरेर ८ हप्ताभित्र नजिकको कार्ल्सबर्ग ड्रप–बक्समा खसाल्नुपर्नेछ। ३ मेमा लक्की ड्रमार्फत भाग्यशाली विजेता छनोट गरिनेछ।

बर्दिबासमा यामाहा

यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स इन्टरप्राइजेजले महोत्तरीको बर्दिबासमा नयाँ शोरुम खोलेको छ। कम्पनीका अनुसार शोरुममा सेल्स, सर्भिस, स्पेयर पार्टस्, इन्स्ट्यान्ट फाइनान्स डेस्क र एक्सचेन्ज सुविधा उपलब्ध हुनेछ। यसैबीच मोरङ अटो वर्क्स लिमिटेडले भूकम्प प्रभावित क्षेत्रका लागि सरकारलाई जेनेरेटर प्रदान गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले ५ केभीएका १० वटा यामाहा जेनेरेटर हस्तान्तरण गरेका हुन्। एक महीना भित्र थप ४० वटा जेनेरेटर प्रदान गरिने अग्रवालले बताए।

माइक्रोम्याक्स को क्यानभास माइक्रोम्याक्स ले एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टमजडित क्यानभास जुइस–४ क्यू ३८२ मोबाइल फोन सेट बजारमा ल्याएको छ। १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको यो मोबाइलमा ५ मेगा पिक्सेलको क्यामेरा छ। एक जीबी र्‍याम र ८ जीबी रोम सुविधा भएको जुइस–४ मा तीन हजार एमएएच क्षमताको ब्याट्री र ५ इन्चको एफडब्लुभीजीए आईपीएस स्त्रि्कन रहेको छ। यो सेट रु.१० हजार ९८ मा पाइन्छ।

जियोनी को 'मेक स्माइल्स'

जियोनी ले आफ्नो नयाँ लोगो र ट्यागलाइन 'मेक स्माइल्स' सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो नयाँ फ्ल्यागसिप उत्पादन ईलाइफ एस–८ पनि बजारमा ल्याएको छ। एस–८ मा झन्झटरहित भिडियो र स्टील फोटो सुटिङ्ग सिस्टम, थ्रीडी टच र अदृश्य लुप एन्टेना सुविधा छ। मोबाइलमा १६ मेगा पिक्सेलको रियर क्यामेरा र ८ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा पनि रहेको छ।

धनगढी लिगमा सगरमाथा

धनगढी क्रिकेट लिगको प्रायोजन सगरमाथा सिमेन्टले गरेको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी र मुख्य प्रायोजक सगरमाथा सिमेन्टबीच ९ फागुनमा भएको सम्झौता अनुसार सगरमाथा सिमेन्टले प्रतियोगिताका लागि रु.१० लाख सहयोग गर्नेछ। “यस्तो प्रायोजनले प्रतियोगितालाई अझ भव्य बनाउने विश्वास छ”, एकेडेमीका अध्यक्ष सुवास शाही भन्छन्। सगरमाथा सिमेन्टका निर्देशक आदित्य संघाई क्रिकेटको शहर धनगढीले छोटो समयमा गरेको प्रगतिबाट प्रभावित भएर सहयोग गरेको बताउँछन्।


सिभिल ब्यांक लिमिटेडले विप्रेषण प्रवाहका लागि आईपे रिलाएबल रेमिट्यान्ससँग सम्झौता गरेको छ। ब्यांकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र रेमिट्यान्सका कार्यकारी निर्देशक इन्द्र शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतापछि विप्रेषण भुक्तानी अझ सरल हुने ब्यांकको दाबी छ।

कुमारी ब्यांक लिमिटेडले नर्भिक इन्टरनेशनल हस्पिटल, ग्राण्डी इन्टरनेशनल हस्पिटल, वयोधा हस्पिटल र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्यूटसँग छूट सम्झ्ाौता गरेको छ। सम्झौता अनुसार, कुमारी ब्यांकमा 'कुमारी स्वस्थ जीवन बचत खाता' खोल्ने ग्राहकले शल्यक्रिया, भर्ना शुल्क आदिमा नर्भिक, वयोधा र ग्राण्डीमा १० प्रतिशतसम्म छूट पाउने छन्। चिरायु नेशनलले भने १५ प्रतिशतसम्म छूट दिने भएको छ।

सिटीजन्स ब्यांक इन्टरनेशनलले दोलखाको बोच गाविसमा शाखारहित ब्यांकिङ सेवा विस्तार गरेको छ। युके एडसँगको सहकार्यमा अति भूकम्प प्रभावित जिल्लाहरूमा शाखारहित ब्यांकिङ प्रणालीमार्फत वित्तीय पहुँच पुर्‍याउन ८७औं शाखारहित ब्यांकिङ सेवा स्थापना गरिएको ब्यांकले जनाएको छ। यसैबीच ब्यांकले सिटीजन्स डोमेस्टिक भिसा क्रेडिट कार्ड र सिटीजन्स इन्टरनेशनल क्रेडिट कार्ड १७ फागुनबाट सञ्चालनमा ल्याएको छ।

comments powered by Disqus

रमझम