३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

ग्यालेक्सी एस–७ एज र एस–७ बजारमा

Share:
  

सामसुङ इलेक्ट्रोनिक्स नेपालले 'ग्यालेक्सी एस–७ एज' र 'ग्यालेक्सी एस–७' स्मार्ट मोबाइल सेट बजारमा ल्याएको छ। पानी र हावाले असर नगर्ने दुवै मोबाइल सेटमा गुणस्तरीय क्यामेरा र बाहिरी मेमोरी कार्डको सुविधा छ। चार जीबी र्‍याम र ३२ जीबीको स्टोरेज क्षमता भएका यी सेटहरूमा २०० जीबीसम्मको बाहिरी मेमोरी कार्ड राख्न सकिन्छ। एस–७ एज र एस–७ दुवै एन्ड्रोइड ६.० अपरेटिङ सिस्टममा सञ्चालन हुन्छ। ग्यालेक्सी एस–७ को तौल १५२ ग्राम, ५.१ इन्च क्वाड एचडी डिस्प्ले र ३००० एमएएचको ब्याट्री छ। यस्तै, एस–७ एजको तौल १५७ ग्राम, ५.५ इन्च क्वाड एचडी डिस्प्ले र ३६०० एमएएचको ब्याट्री छ। एस–७ एजको मूल्य रु.८८ हजार ९०० र एस–७ को रु.७७ हजार ९०० छ। चैत पहिलो सातादेखि बजारमा उपलब्ध हुने यी मोबाइलको अग्रिम बुकिङ गर्नेलाई रु.२० हजार मूल्य बराबरको ब्याग वा रु.१३ हजार ९०० पर्ने सामसुङ गियर भीआर उपलब्ध गराइने कम्पनीले जनाएको छ।

फोर्ड को महिला विशेष सप्ताह

फोर्ड ले अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा ६ देखि ११ मार्चसम्म महिला विशेष सप्ताह मनाएको छ। यस अवसरमा फोर्ड शोरुममा पुगेका तथा फोर्ड गाडीको 'टेस्ट ड्राइभ' गर्ने महिला ग्राहकलाई विशेष उपहार प्रदान गरिएको कम्पनीले जनाएको छ। उक्त सप्ताहमा महिलाको नाममा गाडी खरीद गरिएमा विशेष नगद छूटका साथै उपहार पनि प्रदान गरिएको थियो।

तुलसीपुरमा यामाहा

यामाहा मोटरसाइकलले दाङको तुलसीपुरमा २६ फागुनदेखि शोरुम खोलेको छ। शोरुममा '३ एस' (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सुविधा उपलब्ध हुने तुलसीपुरको आधिकारिक बिक्रेता ड्रिमल्याण्ड ट्रेडर्सका अध्यक्ष सहदेव श्रेष्ठ बताउँछन्। उनका अनुसार, शोरुमभित्रै फाइनान्स कम्पनीसँगको सहकार्यमा खरीदको व्यवस्था गरिनुका साथै 'एक्सचेन्ज' पनि गर्न सकिन्छ।

हुन्डाई को 'अल न्यू टसन'

हुन्डाई ले 'अल–न्यू टसन' गाडी बजारमा ल्याएको छ। अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिमार्फत २६ फागुनदेखि यो गाडीको बिक्री शुरु भएको हो। स्पेनको सञ्चारमाध्यम 'एबीसी' ले '२०१६ को उत्कृष्ट सवारी' घोषणा गरेको नयाँ टसन २.० पेट्रोल म्यानुअल र अटोमेटिक तथा २.० डिजल अटोमेटिकमा उपलब्ध छन्।


नबिल ब्यांकको अगुवाईमा निजी क्षेत्रबाट प्रवर्द्धन गरिएको सुपर दोर्दी हाइड्रोपावर परियोजना 'ख' को लागि ऋण कर्जा सम्झौता गरिएको छ। पिपुल्स हाइड्रोपावरद्वारा प्रवर्द्धित ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी 'ख' हाइड्रोपावरको परियोजना स्थल लमजुङको फलेनी र ढोडेनी गाविसमा रहेको छ।

परियोजनाको अनुमानित लागत रु.८ अर्ब ३० करोड रहेको छ, जसमा ब्यांकहरूले रु.५ अर्ब ८० करोड लगानी गर्नेछन्। परियोजनामा नबिल अगुवा तथा एभरेष्ट ब्यांक र ग्लोबल आईएमई ब्यांक सह–अगुवा ब्यांक रहेका छन्। परियोजनामा राष्ट्रिय वाणिज्य ब्यांक, प्रभु ब्यांक, कर्मचारी सञ्चय कोष, जलविद्युत् लगानी तथा विकास लि., त्रिवेणी विकास ब्यांक र देवः विकास ब्यांकको पनि ऋण लगानी हुनेछ।

इन्टरनेशनल डेभलपमेन्ट ब्यांक लिमिटेडको छैटौं साधारणसभाले शेयरधनीलाई ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत प्रतिफल दिने प्रस्ताव पारित गरेको छ। अधिकृत पूँजी रु.२ अर्ब र चुक्ता पूँजी रु.७०.४ करोड रहेको ब्यांकमा बोनस शेयर जारी भएपछि कुल चुक्ता पूँजी रु.७७.०९ करोड पुगेको छ ।

comments powered by Disqus

रमझम