२७ फागुन २०६९ | 10 March 2013

स्कोडा र्‍यापिड डिजल

Share:
  

स्कोडाको अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ सेडान कार स्कोडा र्‍यापिड डिजल नेपालमा सार्वजनिक गरेको छ। बढी माइलेज दिने यो गाडी अरु पेट्रोल गाडीभन्दा 'इकोनोमी' रहेको कम्पनीको दाबी छ। 'ड्राइभ वाइ एक्सिलेन्स' भन्ने नाराका साथ सार्वजनिक गरिएको नयाँ एक्टिभ प्लस रु.३४ लाख ९५ हजार, एम्बिसन प्लस रु.३७ लाख ९५ हजार र एलिजेन्स रु.४० लाख ९५ हजारमा पाइने जनाइएको छ।

हिरो बिजेता

हिरो मोटरसाइकलको नेपालस्थित अधिकृत बिक्रेता जेनेरल मार्केटिङ प्रालिले नयाँ वर्ष २०१३ को अवसरमा सञ्चालन गरेको 'दिमाग खराब' अफरका विजेता चयन गरेको छ। जस अन्तर्गत गोलाप्रथाद्वारा जनकपुरका बस्ती यादवले आफूले खरीद गरेको मोटरसाइकलको शतप्रतिशत मूल्य फिर्ता पाएका छन् भने नेपालगञ्जका मनोज शेरचनले ७५ प्रतिशत र बुटवलका गजाधर भण्डारीले ५० प्रतिशत फिर्ता पाएका छन्। यसका अलावा सबै खरीदकर्तालाई कम्पनीले रु.६ हजारदेखि रु.८ हजार ५०० सम्म नगद छुट दिएको छ।

टाटाको नयाँ मान्जा

भारतको टाटा मोटर्सले नयाँ पुस्ताको मान्जा क्लब क्लास सेडान कार नेपालमा बिक्री शुरु गरेको छ। यो कार अटोमेटिक एयरकन्डिसन, टच स्त्रि्कन, मल्टी मिडिया प्लेयर, जीपीएस नेभिगेसन सिस्टम जस्ता विशेषतायुक्त रहेको जनाइएको छ। विभिन्न डिजाइनमा उपलब्ध कार ९० क्वाट्राजेड डिजल र सफारी पेट्रोल इन्जिनबाट सञ्चालित हुने कम्पनीले जनाएको छ। डिजलबाट प्रतिलिटर २१ किलो मिटर र पेट्रोलबाट १३ किलोमिटर माइलेज दिने जनाइएको छ। ६ आकर्षक रङ र ४ स्टरमा रहेका कारको सफारी रेञ्जको मूल्य रु.२४ लाख ४५ हजार र क्वाट्राजेड रेञ्जको रु.२८ लाख ४५ हजारबाट शुरु हुन्छ।

इत्तेहाद को उडान विस्तार

संयुक्त अरब इमिरेट्सको राष्ट्रिय ध्वजावाहक इत्तेहाद एयरवेजले नयाँ बोइङ ७७७–३०० ईआरबाट मेलवर्न–आवुधावी उडान शुरु गरेको छ। तीन तह तथा ३२८ सीटको नयाँ जहाजले हालको एयरबस ए ३२० फि्लटलाई विस्थापित गर्नेछ। यसबाट सातामा २५२ सीट थप भएको कम्पनीले जनाएको छ।

जंगल सफारी को कन्फ्रेन्स हल

चितवनको सौराहास्थित जंगल सफारी लजले कन्फ्रेन्स हलमा नयाँ सुविधा थप गरी आकर्षक बनाएको छ। अत्याधुनिक साउन्ड सिष्टम, सेमिनारका लागि चाहिने विभिन्न सामग्री र २४ सै घण्टा बिजुली उपलब्ध रहेको हल सौराहाकै उत्कृष्ट भएको लजको दाबी छ। आवासीय सेमिनारलाई लक्षित गरी कोठा संख्या ३५ पुर्‍याएको लजले त्यस्तो कार्यक्रममा आउनेका लागि एक रातको प्रतिव्यक्ति रु.२२०० को प्याकेज पनि ल्याएको छ।

गोल्डेन गेटमा प्रदर्शनी

गोल्डेन गेट इन्टरनेशनल कलेजमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। अनेरास्ववियुको आयोजनामा २७ माघदेखि चार दिनसम्म चलेको प्रदर्शनीमा जनरल साइन्सतर्फका ४५ र इन्जिनियरिङका १२ स्वचालित रोवर्टसहितका स्टल अवलोकन गर्न उपत्यकाभित्रका ६३७ शैक्षिक संस्थाबाट करीब एक लाख विद्यार्थी तथा सर्वसाधारण पुगेका जनाइएको छ।


इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले सेवाग्राही विशेष सप्ताह सम्पन्न गरेको छ। ८ देखि १४ फागुनसम्म सञ्चालित सप्ताहमा एक लाखभन्दा बढी सेवाग्राहीलाई विशेष सेवा–सत्कार र ५० हजार ग्राहकलाई रु.९९ ब्यालेन्ससहितको एनसेल सिमकार्ड प्रदान गरेको कम्पनीले जनाएको छ। यो अवधिमा देशभरका आईएमई सेन्टर, एजेन्ट, साझेदार, ब्याङ्क र वित्तीय संस्था तथा आईएमईको आफ्नै कार्यालयलगायत सबै ठाउँबाट आईएमई गर्नेलाई विशेष सम्मान गरिएको थियो।

मेगा ब्याङ्क नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) वागमती अञ्चल शाखाको साझेदार ब्याङ्क बनेको छ। योसँगै ब्याङ्कले आफ्ना बचत तथा ऋण योजनामा संघका सदस्यलाई विशेष प्राथमिकता र सुविधा प्रदान गर्नेछ। यसबाट वागमतीका १२०० औषधि व्यवसायीले प्रत्यक्ष लाभ पाउने ब्याङ्कले जनाएको छ।

एनएमबी ब्याङ्कले बचत खातामा विशेष सुविधा दिने लक्ष्यका साथ प्रिभिलेज सेभिङ्ग शुरु गरेको छ। विशेष सेवा लिन चाहने तथा कारोबार गर्दा लामो लाइन नरुचाउने ग्राहकका लागि यस्तो सेवा शुरु गरेको ब्याङ्कले जनाएको छ। यो खाता खोल्ने ग्राहकको कारोबार सरल बनाउन व्यक्तिगत सेवा दिने उद्देश्यले रिलेशनसीप म्यानेजर नियुक्त गरेको र उनीहरुले ग्राहकका जिज्ञासा सम्बोधन गर्ने जनाइएको छ। यो खाता खोल्न न्यूनतम रु.१ लाख बचत गर्नुपर्नेछ।

comments powered by Disqus

रमझम