११ चैत्र २०६९ | 24 March 2013

स्कोडा को एक्सचेञ्ज क्याम्प

Share:
  

स्कोडा एमएडब्लु ले १–३ चैतसम्म थापाथलीस्थित शोरुममा एक्सचेञ्ज क्याम्प सम्पन्न गरेको छ। क्याम्पमा कम्पनीले सरल किस्ताबन्दीमा उत्कृष्ट रिकण्डिसन हाउसबाट पुरानो गाडीको उचित मूल्याङ्कन गराई एक्सचेञ्ज सुविधा दिएको थियो। पुराना गाडी लिएर आउनेले स्कोडा फाविया एक्सचेञ्ज गरेका छन्।

शिखर का अल्टो विजेता

शिखर शुज को ग्राहक योजना 'शिखर शुज को झट्का, बम्परमा अल्टो कार पक्का' अन्तर्गतको अल्टो कार पुरस्कार कुपन नम्बर २३३५८ ले हात पारेको छ। १६ वर्षदेखि सञ्चालित आईएसओ प्रमाणपत्र पाएको शिखर शुजलेे पार्टी, क्याजुअल, बच्चाको स्कूल, कलेज, स्पोर्टस् शुजलगायत जेन्ट्स र लेडिज स्यान्डल उत्पादन गर्दै आएको छ।

डीडीसीको काउ मिल्क

दुग्ध विकास संस्थान (डीडीसी) ले काउ मिल्क ब्राण्डमा गाईको दूध बिक्री शुरु गरेको छ। गाई फार्मबाट बालाजुस्थित प्रशोधन कार्यालयसम्म छुट्टै साधनमार्फत ढुवानी गरिएको दूध काठमाडौंमा दैनिक तीन हजारदेखि ३५ सय लिटर बिक्री गर्ने जनाइएको छ। ५०० मिलिलिटर प्याकमा उपलब्ध दूधको मूल्य रु.३० तोकिएको छ। प्याकेजिङपछि ७२ घण्टा खानयोग्य दूधमा साढे तीन प्रतिशत फ्याट र ७.८ प्रतिशत एसएनएफ पाइन्छ।

स्निकर्स का विजेता

स्निकर्स चकलेटले गत नोभेम्बर र डिसेम्बरमा ल्याएको 'हङ्गर भगाऔं, लक बढाऔं' ग्राहक योजनाका विजेता चयन गरेको छ। मार्स इन्कर्पोरेटको तर्फबाट युनाइटेड डिष्ट्रिब्युटर्सद्वारा संचालित योजनाअन्तर्गत कुपन नम्बर २००१३९, ११०४८२ र २००४०० ले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाएका छन्। उनीहरुले क्रमशः एप्पल आईप्याड, सामसुङ ग्यालेक्सी र ३२ इन्चको सामसुङ एलसीडी टिभी जितेका छन्।

जेसीबी चितवनमा

जेसीबी एमएडब्लु ले चितवनको भरतपुरमा नयाँ शाखा स्थापना गरेको छ। त्यहाँबाट जेसीबी कन्स्ट्रक्सन र हेभी इक्वीपमेन्ट बिक्री हुने जनाइएको छ। कम्पनीले काठमाडौं, वीरगञ्ज, इटहरी, बुटवल, पोखरा र धनगढीमा यसअघि नै शाखा सञ्चालनमा ल्याइसकेको छ।

ब्याङ्क अफ काठमाडौंले मोबाइल प्रयोगकर्ता ग्राहकमाझ एम–पैसा सेवा पुनः सञ्चालनमा ल्याएको छ। फिनाकेस प्रालिको हेलो पैसा नेटवर्कसँगको सहकार्यमा यो सेवा शुरु गरिएको ब्याङ्कले जनाएको छ। यो सेवा सबै टेलिकमका ग्राहकले ब्याङ्कका जुनसुकै शाखामा निःशुल्क दर्ता गरी लिन सक्छन्। साथै, हेलो पैसासँग आबद्ध ब्याङ्क अफ काठमाडौंलगायत अन्य वित्तीय संस्थाका ग्राहकले पनि एकआपसमा पैसा ट्रान्सफरको सुविधा पाउने जनाइएको छ।

नबिल ब्याङ्कको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट लिमिटेडले ६० करोड बराबरको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) निष्कासन गरेको छ। ब्याङ्क प्रबर्द्धक र इन्भेष्टमेन्ट योजना व्यवस्थापक रहेको कोषमा रु.१० प्रति दरका ६ करोड एकाइ निष्कासन गरिएको छ। ७ चैतदेखि ४ दिनका लागि निष्कासन खुला हुने पाँचवर्षे नबिल ब्यालेन्स फण्ड–१ मा न्यूनतम १०० एकाइमा आवेदन दिन सकिन्छ।

सानिमा ब्याङ्कको सञ्चालक समितिले कुमार लम्साललाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। आठ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत रहेका लम्सालको पदावधि सकिएपछि ब्याङ्कले पुनः नियुक्त गरेको हो। सानिमाको स्थापनाकालदेखि आबद्ध लम्साल २२ वर्षदेखि ब्याङि्कङ क्षेत्रमा छन्। कुशल ब्यांकरको रूपमा पहिचान बनाएका लम्सालकै कार्यकालमा ब्याङ्क 'ख' वर्गबाट 'क' मा स्तरोन्नति भएको हो।

मेगा ब्याङ्कले निकट भविष्यमा जारी गर्न लागेको प्राथमिक शेयर (आईपीओ) का लागि बचत खाता सञ्चालनमा ल्याएको छ। आईपीओमा आवेदन गर्न ब्याङ्क खाता अनिवार्य हुने भएकाले मेगाले ६ प्रतिशत व्याजदरसहित त्यस्तो स्किम ल्याएको हो। ब्याङ्कले रु.१०० दरको ६९ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ।

comments powered by Disqus

रमझम