१६–२९ माघ २०६६ | 30 January-12 Febraury 2010

खेर गए सपना

Share:
  
- एकल सिलवाल
माओवादीको एक दशक लामो हिंसात्मक विद्रोहमा होमिएका धेरै कार्यकर्ताको जीवनको महत्वपूर्ण समय र सुन्दर सपना खेर गएको छ ।

दीर्घराज उपाध्याय
भर्खर ६ कक्षा पढिरहेकी चितवन, भण्डाराकी सीता तामाङलाई आमाको काखबाट माओवादीले छिनेर लैजाँदा उनी ११ वर्षकी थिइन् । राम्रो–नराम्रो निर्णय गर्न समेत परिपक्व नभइसकेकी यी अबोध बालिकालाई माओवादीले जबर्जस्ती ‘जनसेना’ मा भर्ती गरे, किताबको झेला बोक्ने उनको पिठ्यूँमा बन्दुकको भारी बोकाए, कलम चलाउने हातमा बम थमाए अनि कल्कलाउँदो बालापनमै कठोर सैन्य तालिम लिन बाध्य पारे । त्यसपछिका पूरै तीन वर्ष उनले छापामार भएर बन्दुक र बमसँगै बिताउनु प¥यो ।

छापामारको जिन्दगी त्याग्ने निधो गरेर घर फर्केकी सीताको मुहारमा हिजोकी सीताको जस्तो चमक, खुसी र उमङ्ग थिएन । घरबाट जाँदा उनी स्वस्थ थिइन्, आज उनको शरीर रोगको घर भएको छ । कठोर छापामार तालिम गर्दागर्दै शुरु भएको मुटुको पीडादायी दुःखाइले सायद अब जिन्दगीभर पिरोलिरहनेछ । त्यसैले स्वस्थ जीवन बिताउने उनको चाहना सायद अब कहिल्यै पूरा हुने छैन ।

सीताले आफ्नो सुनौलो बालापन अनि भविष्यका सुन्दर सपनाहरू गुमाएकी छन्, बाँकी छ त केवल विगतका पश्चाताप मात्र । त्यसैले होला, उनी भन्ने गर्छिन्, “छुटेको पढाइ त जसरी पनि पूरा गरुँला तर स्वस्थ जीवन बाँच्ने चाहना र भविष्यका सपनाहरू चाहिँ सधैँलाई गुमाएँ । यसको दोषी माओवादीहरू भए पनि सजाय मेरो भागमा प¥यो ।”

समयको बर्बादी

अर्घाखाँचीकी शान्ति कँडेललाई ‘जनयुद्ध’ मा लाग्नै पर्ने सीताको जस्तो मजबुरी थिएन । उनी उत्पीडित जनताको मुक्तिका लागि क्रान्ति गर्ने सपना बुन्दै परिवार र समाजलाई छाडेर हतियार उठाउन पुगेकी थिइन् । त्यही सपना साकार हुने आशमा उनले जिन्दगीका महŒवपूर्ण १० वर्ष ‘जनयुद्ध’ मा खर्च गरिन् ।

उनले देखेको त्यो सपना त बीचैमा तुहियो नै, आज उनको साथमा आफूलाई भन्दा बढ्ता भरोसा गरेको पार्टी छैन, आफ्नै परिवार र समाज पनि बिरानो भएको छ । युद्ध लड्दा–लड्दा थाकेको अनि रोगको घर बनेको खोक्रो शरीर बोकेर गुजाराका लागि बुटवलका सडक–गल्लीमा भौंतारिनु परेको छ । त्यसमाथि काखमा रहेको नाबालक छोरो हुर्काउने जिम्मेवारी पनि छ । के दियो त उनलाई यो दसवर्षे भूमिगत जीवनले ? शान्तिकै शब्दमा, “मैले जे सम्झ्ेर जिन्दगी दाउमा राखेँ, आज थाहा पाएँ— त्यो सबै भूल रहेछ ।”

कुनै बेला गाउँका बेरोजगार युवाका लागि माओवादी ‘जनयुद्ध’ भनेको चुम्बकमा फलाम तानिए जस्तै थियो । कसैले ‘उत्पीडितको मुक्ति हुने’ सपना देखेर यो बाटो रोजेका थिए भने कसैले अरू सबै बाटो बन्द भएपछिको विकल्प मानेर पछ्याए, कतिले चाहिँ माओवादीको सिपाही बनेपछि देशभित्रै क्षमता अनुसारको काम पाइने आशा राखे । एउटा समूह यस्तो पनि थियो, जो मजबुरीले माओवादीको बन्दुक बोक्न र ‘भूमिगत’ जीवन अँगाल्न बाध्य बन्यो ।

कारण जेसुकै होऊन्, माओवादीको हिंसात्मक विद्रोहमा सामेल ठूलो पङ्क्ति लामो सङ्घर्ष र धैर्यपश्चात् पनि निराशाको तुवाँलो नहटेपछि माओवादीभित्र थेगिन नसकेर पुरानै नागरिक जीवनमा फिर्ता हुनथालेको छ । लडाकू वा कार्यकर्ता भएर कठोर कष्ट काटेका सयौं पूर्व माओवादीहरू मनभरि चर्को निराशा र कुण्ठा बोकेर घर फर्कंदैछन् । उनीहरूमध्ये केहीमा पार्टीबाट भोग्नुपरेको अन्याय र भेदभावको पीडा, कतिपयमा परिवर्तन जनतालाई होइन, नेतालाई मात्रै भयो भन्ने गुनासो र अधिकांशमा जिन्दगीको महŒवपूर्ण समय खेर फालिएछ भन्ने पछुतो भेटिन्छ (हे.बक्सहरू) ।

जिन्दगीको महŒवपूर्ण कालखण्ड माओवादीमा लागेर बिताएका उनीहरूमध्ये धेरैसँग त्यहाँबाट फिर्ता आउँदा रित्तो ज्यान मात्र बाँकी छ । कतिपयको त्यही ज्यान पनि जीर्ण अवस्थामा छ । रोगैरोगले घर गरेको शरीर बोकेर आएका सीता र शान्ति त्यसका ज्वलन्त नमुना हुन् । उनीहरू जीवनको अमूल्य समय र सुन्दर भविष्य बनाउने सपना खेर गएको ठान्दैछन् ।

दुःख, पीडा र पश्चातापलाई जीवन जिउने सहारा बनाउन बाध्य कैलाली, चुहाकी कमला चौधरीले पाँच वर्ष माओवादी भएर बिताइन् । घर, माया गर्ने लोग्ने, सानो सुखी परिवार अनि दैनिक रु.५–६ हजारको कारोबार हुने पसल— माओवादी बन्नुअघिका यी कुनै कुरा अहिले उनीसँग छैनन् । माओवादी छाडेर घर त फर्किइन्, तर बाँच्ने आधार नभएपछि र परिवार–समाजले अस्वीकार गरेपछि उनलाई धनगढीका होटलमा प्रतिमहिना रु.२ हजारका लागि जुठाभाँडा माझ्ेर गुजारा गर्नुपरेको छ । थुप्रैपटक मृत्युको मुखैसम्म पुगेर जोगिएकी कमला ‘माओवादीमा जानु नै जीवन बर्बादीको कारण भयो’ भन्दैछिन् ।

भत्कियो बाँध

मापदण्ड नपुगेका लडाकूलाई बिदाइ गर्न ३ माघमा चितवनको शक्तिखोरमा आयोजित समारोहलाई सम्बोधन गर्दै माओवादी लडाकूका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’ ले पहिले परिवार र समाजबाट फूलमाला लगाएर बिदा भई युद्धमा मर्न आएका योद्धाहरूलाई अहिले उसैगरी फूलमाला पहिराएर सेनाबाट नागरिक बनाई घर फर्काउन पाउँदा खुसी लागेको बताए । माओवादीको दशक लामो हिंसात्मक द्वन्द्वमा लागेका कैयन् नागरिकहरूले अब उनले भने झैं ‘जनयुद्ध’ मा ज्यान दिन तत्पर हुँदाहुँदै जीवितै घर फर्कन पाएकोमा खुसी मान्नुपर्ने भएको छ ।

भविष्यप्रतिको यस्तै अनिश्चितता र यथार्थ आकलन गरेरै हुनुपर्छ, शिविरमा बसेका माओवादी लडाकूहरू समेत भकाभक निस्किएर काम गर्न खाडी मुलुकतिर ओइरिएका छन् । चितवनका मुख्य र सहायक गरी सात शिविरबाट मात्र यसरी विदेशिनेको सङ्ख्या करिब ५०० रहेको एक कमाण्डर बताउँछन् । यस्तो सङ्ख्या देशभरका २८ वटै लडाकू शिविरमा उल्लेख्य छन् । बन्दुक होस् वा विचार, माओवादीले बोकाएको भारी गह्रुङ्गो भएपछि कामको खोजीमा परदेश जानेहरूको सङ्ख्या बाक्लिँदैछ । हिंसात्मक द्वन्द्व चर्किएका बेला माओवादी राजनीतिमा सक्रिय पाँचथरका देवेन्द्र नेउपाने र दीपक दुलाल सङ्गठनको काम छाडेर वैदेशिक रोजगारीमा गएका छन् । शिविरबाट घर फर्किएर स्वदेशमै रुचिअनुसारको पेशा अँगाल्ने चितवनका पुरेन्द्र डल्लाकोटी र पाँचथरका डिल्ली लिङ्देन जस्ता लडाकूहरू पनि थुप्रै छन् ।

माओवादीबाट विद्रोह गरेका पूर्व केन्द्रीय सदस्य मुमाराम खनालका भनाइमा, अहिले भविष्य नदेखेर र पार्टीभित्रको अन्याय तथा उत्पीडन सहन नसकेर बाहिरिने कार्यकर्ताको सङ्ख्या अझ् ठूलो छ र उनीहरू राजनीति चटक्कै छाडेर आर्थिक जोहो गर्न भारत, खाडी मुलुक पुगेका छन् । खनाल भन्छन्, “हिजो त्याग गर्ने आम कार्यकर्ता पङ्क्तिमा हाम्रो सपना बेचेर नेताहरूले आफ्नो वर्ग उकासे भन्ने सोच हावी भएको छ, यी घटना त्यसकै उदाहरण हुन् ।” तर, त्यसरी गुम्सिएर बसेको ठूलो कार्यकर्ता पङ्क्ति अझ्ै पार्टी छाड्न सक्ने अवस्थामा नरहेको दाबी गर्छन् उनी । भन्छन्, “पढेलेखेका, घरको अवस्था राम्रो भएका र केही गरिखान सक्नेहरूले त्यो आँट गरेका छन् तर, धेरै त्यस्ता छैनन् । योग्यता छैन, घरको अवस्था पनि राम्रो छैन, त्यसैले उनीहरू सारा कुण्ठा गुम्स्याएर बस्न बाध्य छन् ।”

विरक्तिएर माओवादी छाडेकाहरू पार्टीलाई बलिदान गर्दा भाँचिएको आफ्नो आर्थिक–सामाजिक मेरुदण्ड जोड्ने प्रयत्न गरिरहेका छन् । द्वन्द्वकालमा भूमिगत भएर माओवादी राजनीति चलाएको अनुभवलाई एकातिर पन्छाएर चितवन, पिठुवाका भीमप्रसाद घिमिरे परिवारको गुजारा चलाउनतिर लागेका छन् । हिंसात्मक विद्रोहको थालनीभन्दा दुई वर्षअघि नै गोरखाबाट माओवादी राजनीतिमा प्रवेश गरेका घिमिरे ‘जनयुद्ध’ सँगै चितवन झ्रेपछि इलाका सेक्रेटरी भए । २०५४ सालसम्म उनी चितवनमा अहिलेका तीन वटा निर्वाचन क्षेत्र बराबर पर्ने इलाकाको नेतृत्व सम्हाल्थे । हाल उनी काठमाडौंमा दिनभरि ठेलागाडामा फलफूल बेचेर परिवार पाल्छन् । माओवादीप्रति उदासीन र राजनीतिबाट पूरै अलग घिमिरे आफू बेलैमा बाहिरिएर ठीक गरेको ठान्छन् । उनी भन्छन्, “माओवादीमा हुँदा पार्टीको लागि मात्र सङ्घर्ष गरेर पुग्दैनथ्यो, सङ्गठनमा टिक्न झ्न् चर्को आन्तरिक सङ्घर्ष गर्नुपथ्र्यो । त्यसरी दोहोरो दबाबमा बसेर अन्त्यमा पछुताउनुभन्दा समयमै छाडिदिएँ ।”

पाँचथरको पाँच नम्बर इलाका कमिटी इञ्चार्ज बनेर माओवादी ‘जनयुद्ध’ हाँकेका ढकेन्द्र भट्टराई पनि राजनीति छाडेर काठमाडौंको कान्तिपुर मलमा व्यापार गर्छन् । ‘जनमुक्ति सेना’ मा चार वर्ष हिँडेका प्राङ्बुङ गाविसका चन्द्रलाल नेपाल फालौट क्षेत्रमा चौरीपालन गरिरहेका छन् । २०५८–६० बीचको दुई वर्षमा पाँचथर जिल्लाको ठूलो युवाशक्ति माओवादीमा लाग्यो । त्यसरी गाउँ नै रित्याएर माओवादीमा लागेका युवा पछिल्लो समयमा कि विदेश पलायन भए कि त घर फर्किएर आफ्नै व्यवसायमा लागे ।

अहिले पनि पाँचथर जिल्ला सदस्य रहेका राजेन्द्र ढकाल एक वर्षदेखि पार्टीमा निष्क्रिय भई सदरमुकाम फिदिममा एग्रोभेट पसल चलाएर बसेका छन् । निजी आवश्यकतालाई पन्छाएर ‘क्रान्ति’ को पछि लाग्दा ऋणमा चुर्लुम्म डुब्नुपरेपछि व्यवसायतिर लागेको र त्यसले मानसिक तनाव तथा शारीरिक कष्टबाट समेत छुटकारा पाएको ढकाल बताउँछन् ।

वर्गीय मुक्तिको सपना देखेर नेपाल प्रहरीमा हुँदाखाँदाको जागिरबाट ‘विद्रोह’ गरी माओवादीमा प्रवेश गरेका बाँके, मनिकापुरका प्रेमबहादुर बिक ज्यानको माया मारेर लडेका र कैयौं भिडन्तमा मुस्किलले बाँच्न सफल भएका थिए । तर, अहिले माओवादीप्रति उनको मोहभङ्ग भएको छ र ‘गल्ती गरिएछ’ भन्ने महसुस गरेर उनी स्वतन्त्र नागरीक जीवनमा फर्किएका छन् । बाँच्ने विकल्प खोज्दै जाँदा उनले गैरसरकारी संस्था स्किल नेपालमा सुपरभाइजरको जागिर पाएका छन् । युद्धको समयमा माओवादीमा रहेर काम गरेका र पछि पार्टी छोडेका अधिकांश पूर्व माओवादी कार्यकर्ताहरू अहिले जेनतेन आफ्नै खुट्टामा उभिने प्रयास गरिरहेका छन् ।

२०६० सालमा नेकपा माओवादीमा प्रवेश गरेका पोखरास्थित पृथ्वीनारायण क्याम्पसको करार प्राध्यापक संघका अध्यक्ष हिमलाल पराजुली माओवादी जातीय विखण्डनमा लागेको बताउँदै पार्टी परित्याग गरेर स्वतन्त्र व्यक्तिको रूपमा जीवनयापन गर्न थालेका छन् । जातीयता उन्मूलनको चर्को भाषण गर्ने माओवादी नै यसमा लागेकाले आफूलाई मन नपरेको भन्दै पराजुलीले एनेकपा माओवादीको सदस्यता फिर्ता गरेका छन् । हाल उनी विश्वबाट जातीयता हटाऔं भन्ने मूलनारा लिएको ‘जातीयता उन्मूलन केन्द्र (जाउके) नेपाल’ को अभियानमा जुटेका छन् ।

गरिबको गलत गन्तव्य

माओवादीमा रहँदा आफ्नो सम्पूर्ण जीवन पार्टीकै लागि सुम्पिएर हिँडेका धेरै पूर्व माओवादी कार्यकर्ताहरूको अवस्था अहिले घर न घाटको जस्तो छ । २०५८ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी अर्घाखाँची, मरेङकी सरला आचार्यले अन्ततः जीविकोपार्जनका लागि भारतको मुम्बई नै धाउनुप¥यो । माओवादी छाडेर २०६३ सालमा विदेश पलायन भएकी उनी वैदेशिक रोजगारीको क्रममा यमनसम्म पुगेर फर्किएकी थिइन् । उनका राजनीतिक गुरु ऋषि आचार्यका अनुसार निडर स्वभाव र खुल्ला बहस गर्ने स्वभावका कारण पार्टीभित्र अन्तरविरोध बढेपछि टिक्न नसकेर उनी विदेशिएकी हुन् । आईएड पास गरेर गाउँकै एक निजी बोर्डिङ स्कूलमा पढाउँदापढाउँदै माओवादीमा लागेकी सरलाले पढाइ र जागिर नछाडेकी भए जीविकोपार्जनकै लागि देशविदेश भौंतारिनु पर्दैनथ्यो । माओवादीको राजनीतिक दर्शन र आदर्शमा धनी भए पनि उनीसँग आर्थिक गरिबी जस्ताको तस्तै छ । यस्तो अवस्था भोग्ने उनी एक्लो पात्र भने होइनन् ।

१० वर्षसम्म माओवादीमा रहेर काम गरेकी गुल्मी, बाख्रेकी शान्ति कँडेल दिनहुँ भारतीय बजार, सुनौलीबाट चिनी र अन्य सामान ल्याई बुटबलका फुटकर पसलमा बेच्ने र त्यसबाटै आउने आम्दानीले गर्जो टार्छिन् । एउटै पार्टीमा काम गरेका श्रीमान्बाट विश्वासघात र पार्टीबाटै अन्याय भएपछि उनले माओवादी छाडेकी थिइन् । वैदेशिक रोजगारीमा जाँदा असफल भएपछि स्वदेश फर्केर जीवन सङ्घर्ष थालेकी एक छोराकी आमा शान्ति भन्छिन्, “आफ्नो सम्पूर्ण जीवन ठानेर लागेको पार्टीबाट न्याय नपाएपछि किन बस्नु !”

पूर्वी नेपालका विभिन्न जिल्लामा रहेर सैन्य गतिविधिमा सहभागी भएका आकाश चौधरी (नाम परिवर्तन) अहिले भैरहवाको एक निजी कम्पनीमा चालक छन् । उनको भनाइमा, ‘युद्धकालमा माओवादी नेता कृष्णबहादुर महरादेखि बाबुराम भट्टराईको यातायात व्यवस्थापन गर्ने’ चौधरीले विलासी जीवन बिताउने र कार्यकर्ता लडाइँमा मर्दा सामान्य रूपमा लिने नेताहरूको व्यवहारका कारण २०६३ पछि पार्टी छाडिदिए । उनी भन्छन्, “हामी गरिबका छोराछोरीलाई लडाएर फाइदा लिने नेताहरूको व्यवहारले पार्टीमा बस्न मन लागेन ।”

कहिले मिल्छ मूल्य ?

‘बुर्जुवा शिक्षाको काम छैन’, भन्ने माओवादीले फ्याँकेको बल्छीमा परेर हिंसात्मक द्वन्द्वमा होमिएका कलिला विद्यार्थीहरू वर्षौंको समय बर्बाद भएपछि फेरि पुरानै कक्षामा नयाँ साथीसँग पढ्न फर्केका छन् । चितवन भण्डाराकी सीता तामाङ, गुल्मी बाख्रेकी शान्ति कँडेल, अर्घाखाँची धारापानीकी लक्ष्मी भाट जस्ता पूर्व माओवादी लडाकू र कार्यकर्ताहरू केही त्यस्ता प्रतिनिधि पात्र हुन् जो हिंसात्मक राजनीतिबाट दुखैदुखको पाठशाला बोकेर फर्किए । उनीहरूका अनुभवमा ‘बुर्जुवा शिक्षा’ को विकल्प खोज्न माओवादीको पछिलाग्नु पानीको प्यासमा तलाउ छाडेर मरुभूमि चहार्नु जस्तै भयो ।

तीन वर्षसम्म माओवादीको पूर्णकालीन सदस्य भएर काम गरेकी अर्घाखाँची धारापानीकी लक्ष्मी भाटले २०६० सालमा पार्टी छाडिन् । एक वर्षसम्म बुटवलको एक निजी विद्यालयमा पढाएपछि उनलाई पढ्ने इच्छा पनि लाग्यो । उनले बुटवल बहुमुखी क्याम्पसमा आईएडमा भर्ना भएर प्रमाणपत्र तह उत्तीर्ण गरिन् । अहिले सोही क्याम्पसमा नेपाली विषय लिएर बीएड तेस्रो वर्षमा पढिरहेकी छन् । आफूमा योग्यताको विकास गरे कहीं पनि पछि पर्नु नपर्ने ठानेर अध्ययनमा लागेको उनी बताउँछिन् ।

एक दशक लामो माओवादी द्वन्द्वले एउटा सिङ्गो पुस्ता शिक्षाको अवसर गुमाएर बन्दुकमा रमाउन बाध्य भयो । यस अवधिमा शिक्षाको अवसर नपाएका बालबालिका र युवालाई माओवादीले सजिलै प्रयोग गरे । पढ्न चाहनेहरूलाई पनि जनवादी शिक्षाको लोभ देखाएर स्कूल छुटाइदिए । त्यसको क्षति शान्तिसम्झैताबमोजिम समायोजन र पुनस्र्थापनाको पर्खाइमा रहेका माओवादी लडाकूहरूले नराम्रोसँग बेहोरिरहेका छन् । भावी जीवनका लागि व्यक्तिगत योग्यता र क्षमता सबैभन्दा निर्णायक मापदण्ड हुने थाहा पाएपछि झ्स्केका लडाकूहरू अहिले अस्थायी शिविर वरपरका विद्यालयमा भरिभराउ छन् ।

चितवनको शक्तिखोरमा त लडाकूको मुख्य शिविरभित्रै हाईस्कूल चलाइएको छ र त्यहाँ ७०० भन्दा बढी लडाकू स्कूले शिक्षा लिइरहेका छन् । ती सबैको उमेर २० वर्ष कटिसकेको छ । यहाँ १० कक्षामा पढिरहेका एक लडाकू भन्छन्, “आठ कक्षा पढेपछि के के न पाइने आसमा पढाइ छाडेर जनयुद्धमा गइयोे । सात वर्षपछि पुरानै पढाइमा फर्कनुपर्दा बेकारमा बरालिएछु जस्तो लाग्छ ।” लामो समय छाडेपछिको पढाइ पहिले भन्दा गाह्रो लागेको उनी बताउँछन् ।

माओवादीले मुक्तिका लागि भनी चलाएको हिंसात्मक द्वन्द्वमा लोभलालचले पसेकाहरूदेखि अज्ञानतावश फसेकाहरूसम्म धेरैले व्यक्तिगत रूपमा निराशा, कुण्ठा, वितृष्णा, शिथिलता, बिमारी, विपन्नता, पीडा, पश्चाताप र हण्डर खाएर समाजमा फर्किनुपरेको छ । आकाङ्क्षा विपरीतको यो नतिजाले प्रश्न उब्जाएको छ— खेर गएका ती सपना र समयको मूल्य उनीहरूले कहिले पाउने छन् ? जिम्मेवार नेताहरूले यसको जवाफ खोज्न जरुरी नठाने माओवादीको नीति र आदर्श जीवनबाटै छुट्टिएर जानेछ ।

साथमा दीर्घराज उपाध्याय धनगढी, मुकेश पोख्रेल भैरहवा, लक्ष्मी गौतम पाँचथर, दीननाथ बराल पोखरा


‘बेहाल भयो जिन्दगी...’

कमला चौधरी, कैलाली

चुहा गाविस–३ कैलालीको सानो घर, गुजाराका लागि मज्जाले पुग्ने पसलको आम्दानी अनि सुखी परिबार । कमैया बस्दाको जस्तो पीडा र थिचोमिचो थिएन, अभाव पनि विस्तारै टर्दैथियो । लाग्थ्यो, अब सुखले पछ्याउन थालेको छ । कमैया मुक्तिपछि सरकारले दिएको तीन कट्ठा जग्गा थियो । गैरसरकारी संघसंस्थाबाट पाएको सानोतिनो सहयोगमा खोलेको पसल राम्रैसँग चलेको थियो । समयक्रमसँगै कमैयाबाट ‘साहूनी’ को पहिचान बनाएकी कमला चौधरीले एउटा पक्की घर बनाउने सपना बुन्न थालिसकेकी थिइन् ।

तर बीचैमा तुहियो त्यो सपना । माओवादीको हिंसात्मक विद्रोह चर्कंदै थियो । सोझ र इमानदार थारू समुदाय, त्यसमाथि पनि राज्यप्रतिको आक्रोश गुम्स्याएर बसेका मुक्त कमैयालाई ‘जनयुद्ध’मा होम्न माओवादीका नेता–कार्यकर्ता अनेकौं प्रपञ्च रच्दैथिए । उनको परिवारभित्र त्यही प्रपञ्च घुस्यो, श्रीमान् रामसुन्दरलाई माओवादीले ‘अब जनयुद्धमा लाग्नुपर्छ’ भन्दै अपहरणको शैलीमा लिएर गए । श्रीमान्लाई खोज्दै जाँदा उनलाई पनि ‘भूमिगत’ हुन बाध्य पार्न खोजियो । तर, उनी फुत्किइन् र कैयौं रात लुकेर बसिन् ।

एकरात घरमै आएर उनलाई माओवादी कार्यकर्ताले जबर्जस्ती लिएर गए । पेटको बच्चासँगै ‘भूमिगत’ हुन बाध्य भइन् उनी । पार्टी काममा हिँड्दाहिँड्दै जन्मिएको बच्चा आमाको जिम्मा छोडेर फेरि ‘क्रान्ति’ मै फर्किइन् । बाध्यताले माओवादी बनेकी उनी ‘जनताका लागि क्रान्ति गर्ने हो’ भनेर मन बुझइ साँच्चैको माओवादी कार्यकर्ता बनिन् । पार्टीका हरेक अभियानमा श्रीमान्सँगै सहभागी भइन् । कैयौंपटक मृत्युसँगै आमनेसामने भयो । कैलालीको सुँगुरखालमा सांस्कृतिक कार्यक्रममा सेनाले आक्रमण गरेपछि सातजना सहकर्मी आँखै सामुन्ने मारिए, भाग्यवश खुट्टामा मात्रै गोली लागेकाले उनी चाहिं जोगिइन् ।

दिनरात, झ्रीबादल केही नभनी खटिरहने श्रीमान् एकाएक हाइड्रोसिलको समस्याले थलिए । उपचारका लागि पार्टीलाई गुहार्दा सुनुवाई नभएपछि नातागोता र छरछिमेकलाई गुहारिन् । यहींबाटै उनको माओवादीप्रति मोहभङ्ग भयो । त्यहीबेला उनले हिजो माओवादीलाई ट्रयाक्टर, मोटरसाइकलमा आफ्नै पैसाले तेल हालिदिनुपरेको, खाना खुवाउनुपरेको अवस्था सम्झ्इिन् । अनि जे पर्ला, अब माओवादीमा चाहिँ नबस्ने अठोट गरिन् ।

बाध्यताको ‘भूमिगत’ जीवनबाट फर्केर आउँदा गाउँघर नौलो भइसकेको थियो । छरछिमेक र आफन्तले छिःछिः दूरदूर गर्न थाले । अरू त अरू आमाबाट पनि अपनत्व नपाएपछि थाहा भयो, आफ्ना जति पराइ भइसकेछन् । अन्ततः गाउँ छाडेर जानुको विकल्प थिएन, त्यसैले चाहनानगर मुक्त कमैयाबस्तीको तीन कट्ठा जग्गा र घर त्यसै छाडेर श्रीमान्सँगै कामको खोजीमा धनगढीतिर लागिन् । काम नपाएपछि गुजाराका लागि गौरीफन्टाबाट चिनी ल्याएर बेच्न थालिन् । तस्करीको अभियोगमा तीनपटक पक्राउ परेपछि यो पेशा पनि छाडिन् ।

गुजाराका लागि के गरिनन् ? गाउँको घर रु.१० हजारमा बेचेर धनगढीमा होटल खोलिन् । होटलमा एक दिन चोरी भएपछि व्यवसाय भताभुङ्ग भयो । दुई महिनाअघि धनगढीकै एउटा होटलमा काम पाएकी कुनैबेलाकी ‘साहूनी’ कमला अहिले जुठाभाँडा माझ्ेर पेट पाल्दैछिन् । चिनजानका माओवादी कार्यकर्ता आउँदा अप्ठ्यारो मान्छिन् । कतिपयले ‘माओवादी भनेर खुबै फूर्ति लाउँथी, अहिले भाँडा धुन्छे’ भन्छन् । कमला भन्छिन्, “लाज मानेर, रिस उठेर के गर्नु ? काम नगरे बालबच्चा भोकभोकै मर्छन् ।”

उनका चार बालबच्चा छन्— जेठी छोरी १२, माहिली १०, कान्छी सात र चार वर्षका छोराले स्कूल देख्न पाएका छैनन् । होटलबाट हुने मासिक रु.२००० कमाइले दुईछाक धान्नै गाह्रो छ । दिल्लीतिर गएका श्रीमान्को केही खबर छैन ।

जिन्दगी यो मोडमा आइपुग्ला भन्ने उनले कल्पनासम्म गरेकी थिइनन् । “म कहाँ थिएँ, आज कहाँ पुगें ? माओवादीमा लाग्नाले जिन्दगी बेहाल भयो”, विगत सम्झ्ँदै लामो सुस्केरा हालेर उनले सुनाइन्, “पसल राम्रै चलेको थियो । पैसा जम्मा गरेर पक्की घर बनाउँला भन्ने सपना थियो, माओवादीले चकनाचुर पारिदिए ।” अहिले एकधुर जग्गा समेत छैन तैपनि उनले एउटा आफ्नै घर बनाउने सपना देख्न छाडेकी छैनन् । थाहा छैन, जिन्दगीको कुन मोडमा पुगेर उनको त्यो सपना पूरा हुने हो !


‘परिवर्तन नेताका लागि मात्रै भयो’

हिजोआज राजनीतिमा पूरै निष्क्रिय हुनुहुन्छ नि !

१० वर्षको सशस्त्र क्रान्तिमा नेपाल आमाका हजारौं छोराछोरीले ज्यान गुमाए, जनताकै त्याग र बलिदानले गणतन्त्र आयो, तर यो परिवर्तन पार्टी नेतृत्वका लागि मात्रै भयो; उत्पीडनमा परेका जनताले त्यसको अनुभूति गर्न पाएनन् । योभन्दा बरु स्वतन्त्र व्यवसाय गरिखानु ठीक ठानेर राजनीति छाडिदिएँ ।

व्यवसायमा कसरी लाग्नुभयो ?

२०६५ माघमा व्यवसाय शुरु गर्नुअघि पूर्णकालीन कार्यकर्ता थिएँ । त्यहीबेला आमा बिरामी पर्नुभयो, उपचार गर्दा रु.३ लाख जति ऋण लाग्यो । त्यो ऋण तिर्ने कुनै उपाय नभएपछि राजनीति छाड्ने निधो गरेर रु.३ लाख थप ऋण लिई पसल शुरु गरेँ ।

राजनीतिकर्मी व्यवसायी बन्दा कस्तो लाग्दो रहेछ ?

क्रान्तिमा हिँड्दा अनेकन् कष्टसँगै ठूल्ठूला मानसिक तनाव झ्ेल्नुपथ्र्यो । व्यवसाय गरेर बस्दा सामान्य व्यावहारिक र पारिवारिक झ्मेलाबाहेक खासै तनाब नहुनेरहेछ ।

माओवादीमा कसरी आकर्षित हुनुभएको थियो ?

त्यसबेला उसले उठाएको उत्पीडित, दलित र पिछडिएकाको मुक्तिको मुद्दा राम्रो लागेर । तर अहिले ऊ हिजोका मूल मुद्दा छाडेर नारामा मात्र सीमित छ ।

युद्धमा हिंडेर गल्ती भएछ, समय र सपना खेर गएछन्, हैन ?

समय खेर गयो गएन भनेर पछाडि फर्किनुभन्दा व्यवहार धेरै बिग्रियो । जुन लक्ष्यका लागि युद्ध भएको थियो त्यो पूरा भएन । अब फेरि जनताका छोराछोरीलाई युद्धमा फर्काउने चेष्टा नहोस् ।

त्यति धेरै मान्छे मरे, पछुतो लाग्दैन ?

पछुतो गरेर मरेकाहरू जीवित हुन सक्दैनन्, अब भने त्यस्तो स्थिति नहोस् ।

अहिले माओवादीले लिएको बाटो कस्तो लाग्छ ?

नेताहरूले सही बाटो लिएको भए किन यस्तो हालत हुन्थ्यो र ? अहिले मुलुकको राजनीति जसरी अगाडि बढेको छ त्यो हेर्दा सबै नेता ढँटुवार हुन् भन्न मन लाग्छ ।

युद्धमा लाग्नुको साटो त्यसबेलै व्यवसाय थालेको भए ...

सम्भवतः युद्धको अनुभव कम र व्यावसायिक अनुभव धेरै हुन्थ्यो । ऋण खोजेरै व्यवसाय थाल्नु पर्दैनथ्यो होला ।


‘अब फर्केर जान्नँ’

लक्ष्मी गौतम
शिविरबाट किन र कहिले फर्कनुभयो ?

दुई वर्षजति भयो । त्यहाँ पूरै फौजी जीवन हुन्थ्यो । घरव्यवहारलाई पनि समय दिन भ्याइँदैनथ्यो । यहाँ त सबैतिर घुलमिल हुन पाइने भयो । एकचोटि आइसकेपछि फर्केर जान मनै लागेन । शिविरबाहिर नै जिन्दगी छ जस्तो लाग्छ ।

फर्केर जानुहुन्न ?

शिविरमा त अहिले पनि आइज भन्छन् । एउटा भाइ पनि उतै छ । तर म चाहिँ जान्नँ ।

शिविर नछोडेको भए ‘योग्य’ ठहरिनुहुन्थ्यो होला ?

थाहा छैन, मेरो भाइ पनि योग्यता नपुगेर फिर्ता आउँदैछ भन्ने सुनेको छु ।

अहिले के गर्दै हुनुहुन्छ ?

आफ्नै दिदीको सेकुवा कर्नरमा कालिगड (कुक)को काम गर्दैछु ।

भविष्यमा के गर्ने विचार छ ?

सीटीईभीटीबाट तालिम लिँदैछु । तालिम सकिएपछि एउटा होटल खोल्ने र त्यही व्यवसायमा जम्ने योजना बनाएको छु ।

माओवादीमा लागेर ठीक÷गल्ती के ग¥या जस्तो लाग्छ त ?

भोलि नेपाली सेनामा समायोजन गरिन्छ भनिएकाले गाउँघरका सबै साथीभाइसँगै लागियो । अब ठीक÷गल्ती के गरियो त्यो त भन्न सक्दिनँ, तर समय चाहिँ धेरै बर्बाद भयो ।

युद्धको सट्टा व्यवसाय थालेको भए ?

सायद स्थापित व्यवसायी भइन्थ्यो होला । अब दुई–चार वर्षपछि स्थापित भइन्छ भन्ने विश्वास छ ।

माओवादी नेताहरूका अहिलेका भनाइ कस्ता लाग्छन् ?

नेताहरू दूरदर्शी रहेनछन् । यस्तै हुन्थ्यो भने युद्ध किन गरिराखेको ?

आफूजस्तै युवाहरूलाई केही भन्नु छ ?

हिजो क्रान्तिमा लाग्ने पनि धेरै युवा बेरोजगार छन् । तर मेहनत गर्न सके रोजगारीका लागि अरूको मुख ताक्नु पर्दैन, आफैं रोजगारीका बाटाहरू खोल्न सकिन्छ ।

लक्ष्मी गौतम, पाँचथर


माओवादी छाडेर मानवधर्ममा

६ वर्षभन्दा लामो समय माओवादी छापामार भएर थुप्रै हिंसात्मक घटनामा सहभागी भएका धनगढी–६, जालीका चुलीराम चौधरी पुण्य कमाउन मानवधर्ममा लागेका छन् । माओवादीमा रहँदा उनी गतिलै लडाकूमा गनिन्थे, पश्चिममा भएका थुपै्र भिडन्तमा सक्रिय रूपले सहभागी भए र ‘कारबाही’का दौरान उनले धेरै मानिसको ज्यान पनि लिए ।

सहपाठीहरूका अनुसार, पछिल्लो समय उनी जीवनमा धेरै हत्या–हिंसा गरियो भनेर पश्चात्ताप गर्दैछन् । यही सोचाइले मनभित्र जरा गाडेपछि विरक्तिएर उनी पार्टीबाट त अलग्गिए नै, देशमै बस्न सकेनन् । केही समय मुम्बई गएका उनी अहिले भारतको हरिद्वार पुगेका छन् । उनको परिवारका एक सदस्य भन्छन्, “ऊ अहिले पूरै भगत (साधु) बनिसकेको छ, सायद अब फर्केर पनि आउँछ कि आउँदैन ?”


आफैं पुनस्र्थापित

चितवनको पर्सा बजारभन्दा एक किलोमिटर तल पुरानो बजारको चोकबाट पूर्वतिर ग्राभेल सडकको छेउमा आँगनमा परालको टौवा भएको पक्की घर देखापर्छ । घरपछाडि राता कुखुराले टम्म दुई ठूला खोर देखिन्छन् । चुस्स दाह्री पालेका हँसिला युवक खोरबाट फुत्त निस्किएर सोध्छन्, “स्वागत छ, लौ आउनुस् बसौं ।”

२० महिनाअघिसम्म उनलाई भेट्न शक्तिखोरस्थित माओवादी लडाकूहरूको तेस्रो डिभिजनमा गएर कमरेड ‘त्रिकाल’को नाम लिनुपथ्र्यो । डेढ वर्षदेखि नयाँ पेशा थालेका उनै ३१वर्षे त्रिकालको पुरेन्द्रप्रसाद डल्लाकोटीको पुरानो परिचय गाउँमा पुनस्र्थापित हुँदैछ ।

किसानका छोरा भए पनि बन्दुक बोकेर युद्ध लडेपछि मात्र सबै जनताले पेटभरि खान पाउने शासन आउँछ भन्ने विश्वास गर्ने पुरेन्द्र विस्तृत शान्तिसम्झैता हुनु दुई वर्षअघि माओवादी लडाकूमा भर्ती भएका थिए । सेना र प्रहरीसँग विभिन्न भिडन्तमा लडेका उनी शान्तिसम्झैतापछि अनमिनबाट योग्य लडाकू त ठहरिए तर काम केही नभएपछि उनलाई त्यो योग्यता निरर्थक झैं लाग्यो ।

पुरेन्द्रले २०६४ असारमा बिहे गरे, बच्चा जन्मियो । अनि शिविरबाट बिदा मागेर निजी जीवनको योजना बनाउँदै कुखुरापालनतिर लागे । आम्दानी राम्रो हुँदै गयो । व्यवसाय विस्तार गर्न कृषि विकास ब्याङ्क पर्सा पुगे । उनको उद्यमशीलताप्रति विश्वस्त ब्याङ्कले मागेजति ऋण दियो । ब्याङ्कको ऋण बेलैमा तिरेर अझ्ै ठूलो व्यवसाय गर्ने उनको योजना छ ।

लडाइँमा दायाँ हात भाँचिएका पुरेन्द्रलाई अनमिनले घाइते लडाकूमा दर्ता गरेको छ । उनी कहिलेकाहीँ शिविर जाने–आउने पनि गर्छन् । घाइते भएकाले सुरक्षा निकायमा समायोजन हुन नसक्ने हुँदा समाजमै पुनस्र्थापित हुन चाहेको उनी बताउँछन् । “सरकारले गर्नुपथ्र्यो तर म स्वयं पुनस्र्थापित भएको छु । केही राहत त पाइएला नि !” डल्लाकोटी आशावादी छन् ।

पुरेन्द्रको हातमा स्टिल राखेर चलाउन मिल्ने बनाइएको छ । अहिलेसम्म काम गरेर खान सके पनि पछि त्यही हातको समस्या आउन सक्ने चिन्ता छ उनलाई ।


‘धेरैको जिन्दगी बर्बाद भइरहेछ’

दीर्घराज
कैलालीको दुर्गौली–४, धर्मापुरका बाँधुराम चौधरी र उनकी श्रीमती निर्मला ऐलानी जग्गामा बनाएको सानो घरमा चार वर्षको छोराका साथ बस्छन् । आर्थिक अभावसँग लडिरहेका उनीहरू चार वर्षअघिसम्म बन्दुक र बमको सहाराले आफू जस्तै गरिब जनताको मुक्तिको लागि ‘दुश्मन’ विरुद्ध युद्धको मोर्चाको नेतृत्व गरिरहेका थिए । निर्मला भन्छिन्, “देश र जनताको मुक्ति हुन्छ भनेर लडियो, तर उपेक्षा र बेवास्तासँगै आफ्नो र परिवारको बिचल्ली पारियो ।”

२२ चैत २०५७ मा भूमिगत भएर बन्दुक बोकेकी निर्मलाले चार वर्ष जुम्लाको खलङ्गा, बैतडीको गोकुलेश्वर, कैलालीको लम्की, अछामको मङ्गलसेन, रोल्पाको गाम, रुकुमको खारा, अर्घाखाँची, लगायतका ठूल्ठूला भिडन्तमै बिताइन् । ‘एकता’को नामले पार्टीमा चिनिने निर्मलामा फौजीदेखि प्रशिक्षणसम्मको कौशल भएकाले उनी कम्पनी सहायक कमाण्डर भएर लडेकी र प्रशिक्षण विभागमा पनि उत्तिकै सक्रिय थिइन् । बन्दुक र बम बोकेर निर्मलाकै मोर्चामा थिए बाँधुराम पनि ।

धेरैपल्ट मृत्युलाई सामुन्ने देखेकी निर्मला त्यसबाट जसोतसो फुत्किइरहिन् । कम्मरतर्फ सङ्केत गर्दै उनी भन्छिन्, “यहाँ लागेको निकालिए पनि बारुद बाँकी छ ।” छर्रा लागेर मुखमा घाउ भएका बाँधुराम भन्छन्, “घाइते अवस्थामा उपचारका लागि पार्टीसँग आग्रह गर्दा कसैले सुन्दैनन्, त्यस्ता बिजोग भएका कति छन् कति ।” तर उनीहरू आफू गोली खाए पनि घरमा परिवारसँग बस्न पाएकोमा खुसी छन् । उनीहरूको चिन्ता छ त आफू जस्ता अरू धेरैको, जो अझ्ै माओवादी क्रान्तिको भ्रममा परेर जिन्दगी बर्बाद पारिरहेका छन् ।

त्यो ‘क्रान्ति’ को भ्रम बुझ्ेपछि ०६१ साल चैतमा भागेर भारत पसेको यो जोडीले सुरतमा एसएलआर बोकेका हातले धागो कात्ने काम गरे । केही वर्षको भारतीय कमाइपछि नेपाल फर्किएर घरजम गरेर बसेका चौधरी दम्पती भन्छन्, “आफ्नो जिन्दगी बर्बाद गरेर ऐसआराम गरेर बसेका नेतालाई थप धनी बनाउने काम गरेकोमा हामी ज्यादै पश्चाताप गर्छाैँ । जनमुक्तिका लागि भन्दै सीधासाधा जनतालाई हत्या गर्न लगाउने, अवसरवादीहरू पार्टीमा हावी भए अनि हाम्रो आँखामा ढाकिएको भ्रम हट्यो ।”


‘सोचेभन्दा फरक रहेछ’

शान्ति कँडेल, बिरबास, गुल्मी

‘अन्यायमा परेकालाई न्याय दिलाउँछन्, समान व्यवहार गर्छन्, गरिब र निमुखाहरूको मुक्तिका लागि सधैँ लागिरहन्छन्’, स्कूल पढ्दा माओवादीका बारेमा यस्तै सोच्थेँ । त्यही भएर आठ कक्षा पढ्दापढ्दै २०५५–०५६ सालतिर जनताको मुक्तिका लागि लड्ने कसम खाएर जनयुद्धमा लागेँ, शान्तिबाट कमरेड ‘आशा’ भएँ । त्यसबेला गुल्मीमा माओवादी सङ्गठन विस्तारको काम मृत्युलाई हत्केलामा राखेर हिँड्नुसरह थियो, तर पनि मैले त्यही बाटो रोजेँ । छोरीले पढेर सरकारी जागिर खाओस् अनि कुलघरानामा साइनो जोड्न पाइयोस् भन्ने आमाबाबुको सपना थियो । तर, मैले त्योभन्दा पार्टी र देश ठूलो सोचेर उहाँहरूको सपना टुक्र्याइदिएँ ।

पार्टीमा लागेदेखि नै प्रशासन र सुरक्षा निकायको तारो बनिसकेकी थिएँ । २०५७ सालमा गुल्मीको पुर्कोट दह चौकी आक्रमणमा संलग्न भएपछि मेरो व्यापक खोजी भयो । ठूलै खतरा महसुस गरेर पार्टीले अर्घाखाँची सरुवा ग¥यो । नयाँ मोर्चाको जिम्मेवारीमा खटिएकै बेला सँगै काम गर्ने हरि भट्टराई (सरोज) सँग बिहे भयो । बिहेकै बेला हामी सेनाको घेराबन्दीमा परेर पनि उम्कन सफल भयौं । म सैनिक कारबाहीमा मारिएको भन्ने धेरै पटक समाचार आयो । तर, यति दुःख पाउनु लेखेको रहेछ, कहाँ सजिलै मरिन्थ्यो र ?

बिहेलगत्तै गर्भवती भए पनि पक्राउ परिने खतराले आराम गर्न पाइनँ । सुत्केरी हुँदा श्रीमान्को घर ढाँडमैदानमा थिएँ, सुरक्षाकर्मीले थाहा पाएर गाउँ नै घेरा हालेछन् । सुत्केरी भएकै बेला भागेर १२ दिन ओडारमा लुकेँ । २०६१ सालमा पार्टीले केरुङ्गा र बल्कोटतिरको जिम्मेवारी दिएको थियो । त्यहाँ एकाएक सुरक्षा घेराबन्दीमा परेपछि भाग्दा भीरबाट लडेर घाइते भएँ । पटकपटक यस्तै दुर्घटनामा परेकाले पूरै शरीर रोगको घर बनिसकेको थियो । २०६२–६३ को जनआन्दोलनको सफलतापछि पार्टीले उपचारका लागि मलाई भारतको पञ्जाब पठायो । फर्कनासाथ श्रीमान्सँग खटपट शुरु भयो । श्रीमान्ले ‘भारतमा मनोमानीसँग बसेको’ आरोप लगाउँदै सम्बन्धविच्छेद मागेपछि उनीप्रति घृणा जागेर आयो । अर्की केटीसँग लसपस रहेछ, त्यसैले मलाई सँगै बस्न मन लागेन ।

श्रीमान्ले दोस्रो बिहे गरेपछि कारबाहीको माग गर्दै उजुरी गर्दा पनि पार्टीले उनलाई केही गरेन । जिन्दगीको महŒवपूर्ण कालखण्ड पार्टीकै लागि खर्चिएँ, तर आज मलाई के मिल्यो ? यही सोचेर २०६४ जेठमा श्रीमान् र पार्टी दुवैसँगको सम्बन्ध तोड्ने निधो गरेँ । त्यसपछि गाउँ फर्केर एसएलसी दिएँ । छोरालाई माइतीबाट ल्याएर जसोतसो गुजारा चलाउँदैछु ।

माओवादी हुनेखाने र स्वार्थीको मात्र पार्टी रहेछ । हिजो दुःखका बेला काम गर्नेका दिन गए । जे सम्झ्ेर जिन्दगी नै दाउमा राखेँ, माओवादी आज त्यसैको ठीक उल्टो भयो ।


‘आशा, निराशा बन्यो’

आशा लोप्चन, चितवन

एकल
स्वास्थ्य परीक्षण रिपोर्ट र औषधि उपचारका बिलको मुठोसँगै आशा लोप्चन ।
श्रीमान् बिहे गरेर विदेश गएपछि घरको सबै काम गर्दा पनि इष्र्या र अपमानको सिकार हुन थालेँ । २०६१ सालको तिहारमा माइत गएका बेला सँगै पढेकी साथी नेत्रमायासँग भेट भयो । माओवादी बनिसकेकी उसले ‘महिनाको ३५०० रुपैयाँ तलब दिन्छन्, जाऊँ’ भनी । पहिले माओवादीमा लाग्ने काम राम्रो होइन भनेर अरूलाई सम्झउँथेँ, त्यतिबेला विरक्तिएको मनले त्यस्तो केही सोचेन र सजिलै स्वीकारेँ ।

भाइटीकाको पर्सिपल्ट माइतबाट बिदा भएर साथीसँगै एउटा समूहमा चन्दा उठाउन हिँडेँ । शुरुमा ‘माओवादी’ लेखेको रसिद देख्दै डर लाग्थ्यो । साह्रै डर लागेमा खाएको २० मिनेटपछि ३६ घण्टालाई डर हराउने एउटा क्याप्सुल खान दिन्थे । अरूबेला सेना र प्रहरी देख्दा आत्तिने मन औषधि लागेपछि उत्तेजित हुन्थ्यो ।

महिना मर्दा पनि पैसा नपाएपछि तलबको लोभ हरायो । ३५०० त के ३५ रुपैयाँ पनि पाइनँ, बरु उनीहरूकै काम गर्न हिँड्दा खर्च भएको पाँच हजार समेत तिराए । माइत गएर आमाको दराजबाट चोरेर तिरिदिएँ । माइतमा बुबाले खोलिदिनुभएको एउटा सानो कस्मेटिक पसलबाट खासै कमाइ नभएपछि छाडेर भरतपुर क्यान्सर अस्पतालको क्वार्टरमा बसेर पढिरहेका दुई बहिनीलाई साँझ्बिहान खाना बनाएर परीक्षामा सघाउन गएँ । दिनभर काममा गएको भनेर माओवादीले खटाएका ठाउँमा गएर चन्दा उठाइदिन्थेँ । बहिनीहरूले थाहा पाएछन् । सम्झए, रोइकराई गरे र परीक्षा नै बिग्रिने गरी बेखुसी भए । बहिनीहरूको नरमाइलो मेट्न घरै फर्किएँ र दिउँसो–दिउँसो घरबाटै पनि चन्दा उठाउन हिँड्न छाडिनँ । म समेत पाँच जनाको समूहले चितवन र नवलपरासीका विभिन्न ठाउँबाट तीन महिनामा रु.७ लाख उठाएर पार्टीलाई बुझएको थियो । पार्टीको विश्वास जितेपछि मैले एक दर्जनसम्म जगेडा हतियार र रु.१० लाखसम्म नगद घरमा थन्क्याएको याद छ ।

डर मेट्न माओवादीले पटक पटक गरेर खुवाएको ११ चक्की उत्तेजक औषधिले टाउको दुख्ने, रिङ्गटा लाग्ने र बेहोस हुने लक्षण उत्पन्न गरायो । गाउँमा धेरैले चिनिसकेकाले घरमा ढुक्कसँग बस्न पनि डर भयो । २३ असार २०६२ मा जिल्ला प्रशासन कार्यालय चितवनमा आत्मसमर्पण गरी स्वतन्त्र जीवनको बाटो रोजेँ । तर, आत्मसमर्पणपछि परिवारमा झ्न् ठूलो सङ्घर्ष शुरु भयो । खप्नै नसक्ने गरी एकनासले टाउको दुख्न थाल्यो । उपचार पाउनुको सट्टा परिवारबाट बोक्सी विद्या सिकेर असफल भएकी आरोप सहनुप¥यो । पहिले बेलाबेलामा फोन गर्ने श्रीमान्ले पनि वास्ता गर्न छाड्नुभयो । साथीसङ्गी, छिमेकी र माइतबाट ऋण मागेर मानसिक रोगको उपचार गर्न थालेँ । धान्नै नसकेपछि मर्नुभन्दा बहुलाउनु निको ठानेर श्रीमान्लाई लामो चिठ्ठी लेखेँ । २०६४ माघमा श्रीमान् फर्किनुभयो । परिवारबाट अर्को बिहे गर्न दबाब आए पनि उहाँले मलाई त्याग्नुभएन, बरु छुट्टिएर एक वर्ष सँगै बसी साउदी अरब जानुभयो । त्यसैबेला मैले छोरो जन्माएँ ।

बेलाबेलामा म बेहोस भइरहनु नौलो थिएन, तर छोरो पनि वर्षदिनको भएपछि एक दिन खेल्दाखेल्दै एक्कासि भुईंमा ढलेर बेहोस भयो । उसको जीउ अररो भएको देख्दा मैले पनि होस गुमाएछु । आमाछोरालाई नै अस्पताल पु¥याएर आईसीयूमा राखिएछ । तीन दिनपछि निको भई घर फर्कियौं । माओवादीले खुवाएको औषधिको असर त्यो अबोध बालकले पनि भोग्नुपरेकाले म झ्न् बेचैन भएको छु । श्रीमान्ले साउदी अरबबाट पठाउने महिनाको रु.१० हजारले उपचार खर्च पुग्दैन । दुई हप्ताअघि मात्र चितवन मेडिकल कलेजमा जँचाउँदा, टाउकाको सिटी स्क्यान गराउँदा र औषधि किन्दा रु.१३ हजार खर्च भयो । घरमै सिलाई मेसिन राखेर सकेको दिन कपडा सिलाउने गरेकी छु, सानो कस्मेटिक पसल पनि छ । राम्रो चल्दा हुने महिनाको दुई हजार जतिको आम्दानी उपचारलाई थपथाप गर्दैमा ठिक्क हुन्छ । पोहोर माघयता मात्रै १ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । मेरो, श्रीमान्को र तीन दाजुहरूको कमाइ यसैमा गइरहेको छ । कमाइ घट्दै गएकाले श्रीमान् पनि घर फर्कने तरखरमा हुनुहुन्छ । अब कसरी बाँच्ने हो थाहा छैन । श्रीमान्लाई भन्दा ‘आत्तिनुहँुदैन, कुनैबेला हाम्रो पनि दिन फिर्ला नि’ भन्दै सम्झउनुहुन्छ । यस्तो बुझने श्रीमान् नपाएको भए म उहिल्यै मरिसक्थेँ होला ।

विवाहपछि नयाँ जीवन शुरु गर्दा मेरो सपना थियो— शान्त, सुखी र सम्पन्न परिवार । तर अब पुरानै स्वस्थ शरीर पाए हुन्थ्यो जस्तो लाग्छ । माओवादीबाट पाएको चोट सधैँका लागि हराएर जाओस्, मलाई र काखको अबोध बच्चालाई सताउन फेरि कहिल्यै नआओस्— मेरो चाहना त्यत्ति छ । जीवनमा अझ्ै कति दुःख पाइने हो थाहा छैन— नाम आशा, जीवन चाहिँ निराशा नहोस् !


गुमेका सपना बटुल्दै * सीता तामाङ, चितवन*

२०५९ सालको अन्त्यतिर ६ कक्षा छिचोल्न नपाउँदै माओवादीले आमाको काखबाट छिन्दा चितवनकी सीता तामाङ ११ वर्षकी थिइन् । त्यस दिन घरैपिच्छे एक जनालाई माओवादीको कार्यक्रममा निम्ता थियो । अरू घरबाट ठूला मान्छे गए, सीताका बा–आमा बजार गएकाले उनैले जानुप¥यो । साँझ् घर फर्कन लाग्दा उनीहरूले सीतालाई ‘बुर्जुवा शिक्षा काम लाग्दैन, राजनीतिक शिक्षा पढ्न हामीसँगै जाऊँ, यसैले भविष्य देखाउँछ’ भन्दै तान्न लागे । त्यसै दिनदेखि शुरु भयो उनको सपनाको संसारमाथि निर्मम प्रहार !

सात दिनसम्म कताकता डुलाएर चितवनको डिहीटारमा आफ्नै काकाको घर पु¥याए छन् । घरमा चिट्ठी पठाइन्— “ममीबुबा, म रहरले आएकी होइन । घर फर्किएर पढ्न चाहन्छु ।” भोलिपल्ट बिहानै आइपुगेकी आमाले उम्काएर लगिन् । छुटेको पढाइ र टुटेका साथीहरूसँग गाँसिन पाउँदा कम्ती हर्ष लागेन । बेलुका स्कूलबाट फर्किएपछि थाहा भयो, माओवादीहरू घरमै आएका रहेछन् । यसअघि ‘भागेर गए जहाँसुकैबाट जसरी पनि ल्याउँछौँ, नमाने जहाँ भेट्यो त्यहीं मारिदिन्छौँ’ भन्ने धम्की दिएकाले घर बस्दा र बाटो हिँड्दा पनि डर लाग्न थाल्यो । स्कूल जान त छाडिनन्, तर डरले राम्ररी पढ्न नसकेर फेल भइन् ।

१ असार २०६० मा दोस्रो युद्धविरामकालमा नारायणगढमा आयोजित सभामा स्कूलमा आएको उर्दी अनुसार स्वयंसेवक बनेर खटिएका सीता र उनका तीन साथीलाई माओवादीले जबर्जस्ती धादिङतिर लगे । यसपटक उनी न आफन्तकहाँ पुगिन्, न त घरमा खबर पठाउनै पाइन् । त्यहाँ गाउँलेसँग खाना मागेर खान सिकाइयो । ६ महिनापछि तालिमका लागि चितवनमा घरै नजिकको कामीटारमा ल्याएको खबर पाएर बाबु लिन आए, तर माओवादीले पठाएनन् । बन्दुक चलाउने, घस्रिने र अग्लो उचाइबाट हामफाल्ने कठोर तालिम दिइयो । ६ फिट माथिबाट हामफाल्दा दुवै घुँडा दोब्रिएर छातीमा बज्रिन पुगेपछि मुटु दुख्न शुरु भयो ।

तालिमपछि फेरि धादिङ पु¥याएर सेक्सन भाइस कमाण्डर बनाए र युद्धमा हौस्याउन सेक्सन कमाण्डर बनाएर गोरखा लगे । युद्धमा आमनेसामने लड्नु नपरे पनि काँधमा बन्दुक, कम्मरमा बम र पिठ्युँमा बन्दोवस्तीका सामान बोकेर गाउँलेलाई माओवादीको ‘होलटाइमर’ बनाउँदै हिँड्नुपथ्र्यो । हतियारको भारी बोकेर दिनभर उकालो हिँड्दाहिँड्दै लड्ने र बेहोस हुने रोग निस्कियो । २०६३ जेठमा अन्तिम युद्धविराम भएपछि माओवादीले उनलाई चितवनको होलिल्याण्ड स्कूलको क्याम्पमा राख्यो र शान्तिसम्झैतापछि शक्तिखोरको लडाकू शिविरमा ।

यसबेलासम्म मुटु दुख्ने व्यथासँगै गलगाँड र आँखामा मासु पलाउने रोग थपिएको थियो । उपचारको लागि हारगुहार गर्दा पहिले कमाण्डरको उपचार गर्दा बिरामी सदस्यहरू भाग्न सक्ने ‘बेफाइदा’ देखाइयो । तीन दिनको बिदा पाएर निस्किएपछि नजाने सुरले घरमै बसिरहिन् तर परिवार र छरछिमेकमा पनि उनीप्रतिको स्नेह फिका भइसकेको रहेछ । गाउँलेले ‘बिग्रेर आएकी’ भनी कुरा काटे । दुःखमा हिँडेर तलब आउने बेला फर्केको भन्दै आफन्तहरू बेखुसी भए । आफ्नै बिरानो पाएपछि उनी शिविरमै फर्किइन् ।

शिविरमा एक लडाकूसँग विवाह गर्नुपर्ने दबाब नमानेपछि बेसरी पिटाइ खानुप¥यो । ‘जेसुकै होस् मरे पनि घरमै गएर मर्छु’ भन्दै एकजोर कपडा लिएर निस्किइन् । पढ्ने इच्छा थियो तर, आमाले पढाउन सक्दिनँ भनिन् । उता शिविरबाट दिनदिनै फोनमा धम्की आउँथ्यो, वास्ता नगरी बस्दा घरमै लिन आइपुगे । शिविरमा फर्काएपछि कारबाही गर्ने कुरा सुनाए । सही नसक्नु भएपछि दुई दिन बसेर फेरि घर फर्किइन् । शरीरको हालत जस्तोसुकै भए पनि उनी पढ्न चाहन्थिन् । अर्काको भाँडा माझ्ेर भए पनि पढ्ने अठोटका साथ नारायणगढ पुगिन् ।

नारायणगढको दियालो परिवारले युनिसेफको सहयोगमा लडाकू जीवन त्यागेका उनी जस्तै बालबालिकाका लागि सञ्चालित समुदायमा आधारित पुनस्र्थापना कार्यक्रममा पढाइ वा सीपमूलक तालिममध्ये रोज्न लगाउँदा सीताले पढाइ रोजिन् । पढ्न थालेपछि पनि शिविरका लडाकूहरू उनको फोटो बोकेर खोज्दै गाउँसम्म आएकाले त्रास जीवितै छ । तर उनी अहिले आफूलाई एक्लो महसुस गर्दिनन् । दियालोले उनको पढ्ने खर्च र परिवारलाई रु.८००० बराबरका चार बङ्गुर उपलब्ध गराएको छ । आमाबाबुले बङ्गुर बेचेर दुई कट्ठा पाखोबारी किनेका छन् । घरमा रु.२१ हजार नगद छ, खोरभरि बङ्गुर छन् । आँखामा पलाएको मासु र गलगाँडको अप्रेशन भयो । मुटुको दुखाइ अलि कम भए पनि बाँचुञ्जेल दुःख दिइरहने चिन्ता छँदैछ ।

तीन वर्ष माओवादी लडाकू बनेर बिताएकी सीता अहिले गाउँको बाल क्लबकी अध्यक्ष छिन् । अहिले आठ कक्षामा पुगेकी उनी मेहनतले पढेर शिक्षक बन्न चाहन्छिन् । आफू जस्ता अबोध बालबालिकालाई बन्दुक भिराएर माओवादीले के पायो उनी जान्दिनन्, तर उनले त्यसबाट सुनौलो बालापन र भविष्यका सुन्दर सपना गुमाएकी छन् ।

comments powered by Disqus

रमझम