१६-३१ असार २०६९ | 30 June-15 July 2012

जङ्गल सफारीको मनसुन अफर

Share:
  


सौराहाको जङ्गल सफारी लजले आन्तरिक पर्यटकका लागि मनसुन अफर ल्याएको छ। लन्च, डिनर र ब्रेकफास्टसहित दुई रात तीन दिनको यो प्याकेजको शुल्क प्रतिव्यक्ति रु.४ हजार ४४४ छ। सहभागीले हात्ती सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र, थारू नाच, सूर्यास्त र थारू गाउँ अवलोकन गर्न पाउनेछन्।

सामसुङ ग्यालेक्सी र मेट्रो
सामसुङले ग्यालेक्सी ट्याब २ लाई नेपाली बजारमा भित्र्याएको छ। १ गिगाहर्जको डुअल कोर प्रोसेसर, १ जीबी र्‍याम तथा १६ जीबी आन्तरिक मेमोरी रहेको ट्याब्लेट रु.४० हजारमा पाइन्छ। साथै कम्पनीले रु.४ हजार ९९० को दुई वटा सिमकार्ड राख्न मिल्ने मेट्रो इ २२५२ मोबाइल सेटमा ११ घण्टासम्म लगातार कुरा गर्न मिल्ने टिकाउ ब्याट्री रहेको जनाइएको छ।

मायोज को लर्निङ सीडी
हिमालयन स्न्याक्स एण्ड नुडल्सको उत्पादन मायोज चाउचाउसँगै अब मायोज लर्निङ सीडी पाइने भएको छ। नर्सरी र प्ले ग्रुपमा अध्ययनरत बालबालिकालाई सिक्न सहायक हुने सीडीलाई निःशुल्क वितरण गरिन लागेको कम्पनीले जनाएको छ। सीडीमा नेपाली र अंग्रेजी वर्णमाला, रङ, आकारका ज्ञानवर्द्धक सामग्री तथा बालगीतका एनिमेटेड दृश्य सामग्री राखिएको छ।

भर्ब ट्याब्लेट पीसी
सिटीभी मोबाइलले भर्ब ट्याब्लेट पीसी नेपाली बजारमा भित्र्याएको छ। पीसीमा ५१२ एमबीको र्‍याम छ भने इन्टरनल ८ देखि ३२ जीबीसम्म मेमोरी राख्न मिल्छ। बजार मूल्य रु.२२,७६९ रहेको भर्ब ट्याब्लेट पीसी, कलेजका विद्यार्थीलाई लक्षित गर्दै अग्रिम बुकिङ गर्नेका लागि रु.१९,९९९ कायम गरिएको छ।

बजाज छूटको लूट सम्पन्न
बजाज मोटरसाइकलको आधिकारिक वितरक एच.एच. बजाजले ल्याएको छूटको लूट उपहार योजना सम्पन्न भएको छ। नयाँ वर्ष–२०६९ को अवसरमा प्रस्तुत उपहार योजनामा ४९ जना विजेता र एक भाग्यशाली विजेता घोषित भएका छन्। साथै पोखराको नयाँबजारमा इच्छाशक्ति अटोमोवाइलले बजाज मोटरसाइकलको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

सनसिल्कको कम्पिटिसन
सनसिल्कले सौन्दर्यकला व्यवसायी संघसँग मिलेर आयोजना गरेको सनसिल्क ब्राइडल मेकअप एण्ड हेयर डु प्रतियोगिता को अन्तिम स्पर्धा फाइनल २१ असारमा हुने भएको छ। काठमाडौंको होटल र्‍याडिसनमा आयोजना हुने सो स्पर्धामा ३३ प्रतिस्पर्धीले दुलही र कपाल श्रृंगारको कला देखाउनेछन्। यसमध्येमा तीन जनालाई विजेता घोषित गरिनेछ।

नयाँ मोडलमा फियट
फियटको आधिकारिक बिक्रेता बतास ब्रदर मोटर्सलेे सन् २०१२ मोडलका पुन्टो र लिनिया कारलाई स्थानीय बजारमा भित्र्याएको छ। विभिन्न रङ र सुविधासहित डिजेल र पेट्रोलबाट चल्ने पुन्टोको मूल्य रु.२४ लाखदेखि रु.३० लाखसम्म र लिनियाको रु.३२ लाखदेखि रु.४० लाखसम्म रहेको छ।

होण्डा विजेता
होण्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनीले सीबीआर २५० आर का भाग्यशाली विजेता छनोट गरेको छ। गोलाप्रथाबाट विजयी कपिलवस्तुका कुटबुद्दिन सेखले एउटा सीबीआर २५० आर मोटरसाइकल पाएका छन्।

महिन्द्रा पिकअप
अग्नि इन्कर्पोरेटेडले महिन्द्रा जिनियो का दुई नयाँ मोडल बजारमा ल्याएको छ। 'नयाँ पिंढीको पिकअप' नाम दिइएका यी सवारी, मध्यम तथा सामान्य व्यापारिक प्रयोजनका लागि उपयोगी हुने कम्पनीले जनाएको छ। ह
एभरेष्ट ब्याङ्कले कपिलवस्तुको चन्द्रौटामा एक्सटेन्सन काउन्टर र एटीएम मेसिन सञ्चालनमा ल्याएको छ। ब्याङ्कले काठमाडौंको जोरपाटीमा पनि नयाँ एटीएम मेसिन सञ्चालनमा ल्याएको छ।

मनकामना डेभलपमेन्ट ब्याङ्कले भारतीय मुद्राको ड्राफ्ट जारी गर्न भारतको एचडीएफसी ब्याङ्कसँग सम्झ्ौता गरेको छ। सम्झ्ौताअनुसार, अब मनकामनाले एचडीएफसीको भारतीय मुद्राको ड्राफ्ट जारी र स्वीकार गर्न पाउँछ।

comments powered by Disqus

रमझम