९ -१५ साउन २०७३ | 24-30 July 2016

पुनर्निर्माणको उदाहरण

Share:
  
- गौरीबहादुर कार्की
१९९० सालको भूकम्पपछिको पुनर्निर्माणमा बुद्धि पुर्‍याइएकोले नै गत वर्षको भूकम्पमा चपली सत्तल ठडिइरह्यो।

भक्तपुर दरबार परिसरको मूलचोक दक्षिणमा एउटा लामो सत्तल छ। पहिले पहिले कुथु येता चपरी अर्थात् लामो पाटी भनिने यो सत्तल अहिले चपली सत्तलले चिनिन्छ।
यो सत्तलको इतिहास तस्वीरबाट खोज्नुपर्ने हुन्छ। १९९० सालअघिको तस्वीरमा १२ वैशाखमा क्षतिग्रस्त वत्सला मन्दिरको उत्तरतर्फको आधाआधी भाग सत्तलले नै ढाकेको देखिन्छ। बेलायती चिकित्सक हेनरी अम्ब्रोस ओल्डफिल्डको रंगीन चित्रकलामा पनि राजा भूपतिन्द्र मल्लको सालिकसम्म नै सत्तल फैलिएको छ।

तस्वीरहरु सौजन्यः गौरीबहादुर काकी
बेलायती चिकित्सक हेनरी अम्बु्रस ओल्डफिल्डको यो तस्वीरमा भूपतिन्द्र मल्लको सालिक नजिकै उत्तरतर्फ चपली सत्तल देखिन्छ।

१९९० साल अगाडि पूर्व उत्तरबाट देखिएको चपली सत्तल।

१९९० सालको भूकम्पअघि खिचिएको तस्वीरमा पनि चपली सत्तल वत्सला मन्दिर पश्चिमपट्टि देखिन्छ।

ओल्डफिल्डले १९१५ सालमा बनाएको चित्रमा उत्तरतिर चपली सत्तल देखिन्छ।

९० सालको भूकम्पअघि तीन कवलको यो सत्तल त्यसपछिको पुनर्निर्माणमा पशुपति अर्थात् यक्षश्वर महादेव मन्दिरको पश्चिमपट्टि दक्षिण धकेलेर तीनबाट एउटा कवलमा झारियो।

इतिहासकार डा. पुुरुषोत्तम लोचन श्रेष्ठको भनाइमा तत्कालीन बडाहाकिम धु्रव शमशेरले वत्सला मन्दिर छेउबाट गाडी छिराउन मिल्ने गरी सत्तलको पुनर्निर्माण गराएका हुन्। दक्षिणतर्फ धकेलिएको यो सत्तलले कुनाको सट्टा खुला र ठूलो चोक पायो। राम्रो र झनै उपयोगी बन्यो। ९० सालको भूकम्पपछि भक्तपुर दरबार परिसरका केही मन्दिर बनाइएन, केहीको भने रुप नै परिवर्तन गरियो। तर, सत्तलको हकमा भने पछाडि सारेर झनै राम्रो बनाएको देखिन्छ।

comments powered by Disqus

रमझम