१५ बैशाख २०७० | 28 April 2013

नयाँ वर्षमा सिरिया

Share:
  

झापाका राजवंशी र ताजपुरिया समुदायले यसपालि नयाँ वर्षको पहिलो दिन लखनपुरमा दबदबे हिलोमा लडीबुडी गर्दै सिरिया पर्व मनाए। ग्रामथानलाई साक्षी राखेर हिलो खेल्दा आरोग्य बढ्छ र अन्नपानी सप्रिन्छ भन्ने विश्वास राजवंशी र ताजपुरिया समुदायमा रहिआएको छ।

मन फुक्का गरेर हिलोमा खेल्ने यो पर्वले जीवनसँग माटो र पानीको सम्बन्ध दर्साउने यी समुदायका अगुवाहरुको भनाइ छ। सिरिया वर्षाका देवताको आराधना पनि हो। यो पर्व सकिएसँगै खेत खनजोत गर्ने याम शुरु हुन्छ।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम