५ - ११ भदौ २०७३ | 21-27 August 2016

सुजुकी भिटारा ब्रेजा

Share:
  

सीजी नेक्स्ट जेनले स्पोर्टिएस्ट एसयूभी सुजुकी भिटारा ब्रेजा कार बजारमा भित्र्याएको छ। २ भदौबाट यो कारको बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ। डुअल कलर स्किमको कारमा डीडीआईएस २०० इन्जिन जडान गरिएको जनाइएको छ। यो डिजल इन्जिनको प्रयोगले ९० पीएस शक्ति र २४.३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दाबी छ।

आरामदायी यात्राका लागि कारमा ठूलो क्याबिन र बुट स्पेस राखिएको कम्पनीले जनाएको छ। नयाँ कारमा चालक तथा यात्रुको सुरक्षाका लागि कम्प्युटर एडेड डिजाइनको सुजुकी टीईसीटी प्रणाली, एयर ब्याग, एबीएस तथा प्रि–टेन्सनर र फोर्स लिमिटर जडान गरिएको छ। बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्लेसहितको स्मार्ट प्ले इन्फोटेनमेन्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टी पिन्च गार्ड पावर विण्डोलगायत सुविधाले कार विशेष बनेको कम्पनीको दाबी छ। भिटारा ब्रेजाको शुरुआती मूल्य रु.३५ लाख ९९ हजार रहेको छ।

जेडटीई का तीन स्मार्टफोन

जेडटीई कर्पोरेशन नेपालले इभोलुसन इन्टरप्राइजेज प्रालिमार्फत ब्लेड सिरिज अन्तर्गतका एस–६, डी–२ र डी–३ मोबाइल फोन बजारमा ल्याएको छ।

ब्लेड एस–६

ब्लेड एस ६ एन्ड्रोइड–एल फोन हो। क्वाल्कम स्नापड्रागन अक्टाकोर १.५ गिगाहर्ज प्रोसेसरयुक्त यो फोनमा पाँच इन्चको एचडी डिस्प्ले र ७.७ एमएम मोटाइ रहेको छ। यो फोनमा १३ मेगापिक्सेल सोनी आईएमएक्स–१४ क्यामेरा तथा पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ। २४०० एमएएच पावरको ब्याट्री जडान गरिएको फोनमा दुई जीबी र्‍याम र १६ जीबी रोम क्षमता रहेको छ। मोबाइललाई हल्लाएरै टर्च लाइट अन गर्न सकिने कम्पनीको दाबी छ। यसको मूल्य रु.१५ हजार ९९० छ।

ब्लेड डी–२

डी–२ मोडेलको जेडटीई फोन ब्याट्री फोनको रुपमा चिनिन्छ। ४००० एमएएच ब्याट्री क्षमताको यो फोन एक पटक चार्ज गरे करीब ११ घण्टा अनलाइन गेम, १८ घण्टा इन्टरनेट प्रयोग, ३५ घन्टासम्म कुरा गर्न, ७६ घण्टा म्युजिक सुन्न र १८ घण्टासम्म भिडियो प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। क्वाड–कोर प्रोसेसरयुक्त यो फोनमा ५ इन्चको एचडी आईपीएस कभर्ड डिस्प्ले रहेको छ। पछाडि ८ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेलको क्यामेरा रहेको छ। डी–२ को बजार मूल्य रु.१० हजार ९९० रहेको छ।

ब्लेड डी–३

१.३ जीएचजेड क्वाड–कोर प्रोसेसरयुक्त ब्लेड डी ३ स्मार्टफोनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले जडान गरिएको छ। अगाडिको क्यामेराको क्षमता १३ मेगापिक्सेल भएकोले यो फोन सेल्फी फोनको रुपमा चर्चित छ। यो फोनको क्यामेरामा १ जीबी र्‍याम र ८ जीबी रोम छ। २४०० एमएएच ब्याट्री क्षमतायुक्त डी ३ फोनमा अटो–कल तथा अटो–आन्सरको सुविधा पनि छ। फोनको मूल्य रु.१२ हजार ५०० तोकिएको छ।

माइक्रोम्याक्स को क्यू–४६५

माइक्रोम्याक्स ले ५.१ इन्च एचडी डिस्प्लेसहितको क्यू–४६५ (क्यानभास युनाइट ४ प्रो) स्मार्टफोन बजारमा ल्याएको छ। यो फोनमा दुई जीबी र्‍याम र १६ जीबी रोम, १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ। क्यू–४६५ मा ३९०० एमएएच ब्याट्री, ८ मोगापिक्सेलको हाई–रिजुलेसन अटोफोकस रियर क्यामेरा र ५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ।

एन्ड्रोइडको ललीपप ५.१ अपरेटिङ्ग सिस्टममा सञ्चालन हुने यो स्मार्टफोनमा ३२ जीबीसम्मको एसडी कार्ड प्रयोग गर्न सकिन्छ। थ्रीजी र फोरजी नेटवर्क सपोर्ट गर्ने क्यू–४६५ मा वाईफाई, ब्लूटूथलगायतका कनेक्टिभी सुविधा पनि छन्। यो स्मार्टफोनको अर्को विशेषता फिंगरप्रिन्ट सेन्सर हो। यसैगरी माइक्रोम्याक्स क्यानभास यूनाइट फोर प्रो स्मार्टफोनको खरीदमा एङ्कर ब्रान्डको ३३५० एमएएचको पावर ब्यांक निःशुल्क प्राप्त गर्ने कम्पनीले दाबी गरेको छ। क्यू–४६५ को मूल्य रु.१६ हजार २३६ निर्धारण गरिएको छ।

एनसेल को नयाँ लोगो

एनसेल प्रालि र एक्जिएटा ग्रुप बर्हाद (एक्जिएटा) ले एनसेल को नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेका छन्। एनसेल को ८० प्रतिशत शेयर धनी विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा एक्जिएटाको एकल लगानी रहेको छ। एनसेल को नयाँ ब्रान्डमा रुपान्तरणसँगै एक्जिएटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेल को उत्कृष्ट गुणस्तर तथा सुपथ सेवाको मेल भएको एनसेल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कलर्स को स्मार्ट डिल

कलर्स मोबाइलले केही स्मार्टफोन खरीदमा फ्रि पावर ब्यांकसहित मूल्यमा पनि छूट दिने भएको छ। जस अनुसार, रु.१३ हजार ९९५ पर्ने कलर्स इ–१५ रु.१२ हजार ४९५ मा उपलब्ध हुनेछ भने कलर्स इ–२० स्मार्टफोनको मूल्य रु.१३ हजार ९९५ कायम गरिएको छ। यसअघि यसको मूल्य रु.१५ हजार ९९५ थियो।

यस्तै कलर्स के–३ को मूल्य रु.१७ हजार ४९५ बाट घटेर रु.१५ हजार ९९५ कायम गरिएको छ। यसका साथै १० हजार एमएएच पावर ब्यांक पनि सित्तैंमा दिइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, यो योजना केही दिनसम्म मात्र सञ्चालन हुनेछ।

केश को अफरमा अपाची बाइक सित्तैंमा

केश कन्स्ट्रक्सनको आधिकारिक बिक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रालिले 'दमदार मेशीन दमदार अफर, टीभीएस अपाचीको सानदार सफर' योजना ल्याएको छ। योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरीदमा टीभीएस अपाची आरटीआर १६० बाइक सित्तैंमा पाइने कम्पनीले जनाएको छ। यो योजना सीमित अवधिका लागि सीमित संख्याका ब्याकहो लोडरमा लागू रहने कम्पनीलेे जानकारी दिएको छ।

डिस होम को एप

डिस होम ले मोबाइल एप शुरु गरेको छ। एपमार्फत ग्राहकले रिचार्ज पनि गर्न सक्नेछन्। रिचार्ज कार्ड खरीद सम्भव नभएमा एससीटीको एटीएम कार्डको कार्ड नम्बर र पीन नम्बर राखेर सजिलै रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
एपमार्फत काटिएको लाइन तीन दिनका लागि खुलाउन क्रेडिट सेवा पनि प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। बचतबारे जानकारी लिन, साताभरको कार्यक्रम तालिका हेर्न, वितरकसँग सम्पर्क गर्न र बिक्रीपछिका सेवा प्राप्त गर्न समेत एप उपयोगी हुने कम्पनीले जनाएको छ।

बजाज को पल्सर डेयरभेन्चर–२

बजाज को अधिकृत बित्रे्कता हंसराज हुलास चन्दले पल्सर डेयरभेन्चरको दोस्रो सिजन–सार्वजनिक गरेको छ। रोमाञ्चक तथा साहसिक खेल प्रदर्शन गर्न सकिने यो प्रतियोगिताका विजेताले रु.१० लाख र पल्सर एनएस, उपविजेताले रु.५ लाख र पल्सर एनएस तथा तेस्रो स्थान प्राप्त गर्नेले पल्सर एनएस पाउनेछन्। योजनामा सहभागी १० साहसी प्रतियोगीले पल्सर बाइकमा 'अन–अफ रोड' हुँदै साहसिक राइडमा जाने मौका पाउनेछन्। उनीहरुले शुरुआतमा भने विभिन्न तालीम लिनुपर्ने शर्त राखिएको छ।

यो प्रतियोगितामा क्लियर, एनएमबी ब्यांक, शिखर इन्सुरेन्स, बाइकर्स नेपाल, सर्भो, इसीएस मिडिया ग्रुप र ग्राण्डी इन्टरनेशनल हस्पिटल साझ्ोदार रहेका छन्। प्रतियोगितामा सहभागी हुन चाहनेले नजिकको शोरुम वाwww. pulsardareventure, bajajauto.com.np,facebook.com/pulsarnepal मा लग–इन गरी जानकारी हासिल गर्न र एनएमबी ब्यांकमा रु.५०० को भौचर भर्न कम्पनीले आग्रह गरेको छ।

नेपाल बङ्गलादेश ब्यांक लिमिटेडले 'एनबी गौरव बचत खाता' योजना सञ्चालनमा ल्याएको छ। साउन अन्तिम साता सार्वजनिक यो योजनामा मौज्दात रकम अनुसारको व्याजदर प्रदान गरिन्छ। योजनामा सहभागी हुन न्यूनतम मौज्दात रु.१ लाख राख्नुपर्ने ब्यांकले जनाएको छ। धेरै मौज्दातमा धेरै र थोरै मौज्दातमा थोरै ब्याजदर निर्धारण गरिएको छ। योजनामा नयाँ तथा पुराना ग्राहक सहभागी हुन पाउने पनि ब्यांकले उल्लेख गरेको छ। एनबी गौरव बचत खाता खोलेका ग्राहकलाई भिसा कार्ड जारी खर्च नलाग्ने, मोबाइल ब्यांकिङ, अनलाइन ब्यांकिङको सुविधा पनि निःशुल्क प्रदान गरिने जनाइएको छ।

हिमालयन ब्यांक लिमिटेड र जापानको रेमिट्यान्स कम्पनी एन एण्ड पी १००४ कम्पनी लि. (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ। जापानको टोकियोमा अगष्ट ६ र ७ मा सम्पन्न भएको नेपाल फेस्टिभल २०१६ मा ब्यांकले क्युएस रेमिटमार्फत कारोबार शुभारम्भ गरेको ब्यांकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। क्युएस रेमिटमार्फत नेपाल आउने विप्रेषण हिमालयन ब्यांकका ४२ वटै शाखा तथा सात हजार पाँच सयभन्दा बढी हिमाल रेमिट काउन्टरबाट भुक्तानी लिन सकिनेछ। सम्झौताबाट जापानमा कार्यरत करीब ६० हजार नेपालीले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने ब्यांकको विश्वास छ। विश्वभर हिमाल रेमिटका ९० भन्दा बढी व्यावसायिक साझेदार छन्।

यसैबीच हिमालयन ब्यांक लिमिटेड र लाइफ इन्स्युरेन्स नेपाल लिमिटेडबीच ब्यांकासुरेन्स सम्झौता भएको छ। सम्झौता अनुसार ब्यांकले लाइफ इन्स्युरेन्स नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवन बीमा सेवा प्रदान गर्नेछ।

ग्लोबल आईएमई ब्यांकले सामाजिक युवा कार्य नेपालसँगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयलाई कम्प्युटर सहयोग गर्ने भएको छ। ब्यांकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले युवा कार्य नेपाललाई १२ कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

comments powered by Disqus

रमझम