९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

लक्ष्मी विद्या पदक–२०७२ प्रदान

Share:
  

स्नातक र स्नातकोत्तर तहमा सर्वाधिक अंक ल्याउने कास्कीका विद्यार्थीलाई २०७२ सालको लक्ष्मी विद्या पदक प्रदान गरिएको छ। कास्की जिल्लाका क्याम्पसमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पोखरा उद्योग वाणिज्य संघमार्फत प्रदान गरिंदै आएको लक्ष्मी विद्या पदक पृथ्वीनारायण बहुमुखी क्याम्पस स्नातकोत्तर (एमबीएस) का लक्ष्मण कुँवर, जनप्रिया बहुमुखी क्याम्पसका स्नातक (बीबीएस) का कृष्णमुरारि पौडेल र पोखरा कलेज अफ म्यानेजमेन्ट (बीबीए) का नवराज भण्डारीलाई प्रदान गरिएको हो। पदकमा स्नातकोत्तर तहलाई रु.२५ हजार र स्नातक तहलाई रु.१५ हजारसहित चाँदीको तक्मा र प्रशंसापत्र छ।

एनसेल द्वारा स्कूटी उपहार

एनसेल ले 'च्यानल लोयल्टी' योजना अन्तर्गत तनहुँको दुलेगौडास्थित सिमरन एन्ड शिन्जा इन्टरप्राइजेजका सञ्चालक गणेशकुमार श्रेष्ठलाई स्कूटर उपहार प्रदान गरेको छ। सिम कार्ड, रिचार्ज कार्ड र अन्य उत्पादनहरू बिक्री गर्ने दश हजार आधिकारिक रिटेलरमध्येबाट सिमरन श्रेष्ठ छानिएका हुन्।

म्याट्रेसमा तकिया उपहार

स्लीपवेल म्याट्रेस कम्पनीले म्याट्रेस खरीदमा तकिया उपहार दिने योजना ल्याएको छ। कम्पनीका भाइस प्रेजिडेन्ट बसन्त सिंघलले २ असोजको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार दशैं–तिहारका लागि ल्याइएको यो योजना अन्तर्गत कात्तिक १७ गतेसम्म स्लीपवेल म्याट्रेस खरीदमा तकिया उपहार पाइनेछ। आईएसओ ९००१ प्रमाणित स्लीपवेल पियु फोम कम्पनीका १२ वटा अत्याधुनिक उत्पादन केन्द्र र १०० भन्दा बढी डिष्ट्रिब्यूटर छन्।

जियोनी को दुबई अफर

दशैं–तिहारको अवसरमा जियोनी ले 'जियोनी उत्सव अफर, दुबई सफर' योजना ल्याएको छ। १५ असोजदेखि ४ कात्तिकसम्म लागू हुने यो अफरमा ग्राहकहरूले जियोनी स्मार्टफोनको खरीदमा स्क्र्याच कार्डमार्फत जियोनी को एक्सक्लुसिभ उपहार, ५० जियोनी एफ १०३ प्रो–मोबाइल सेट, दुबई टि्रप पाउने छन्। चार दिन तीन रातको दुबई टि्रप १२ जनाले पाउने छन्।

आर्क इन्टरनेशनल नेपालमा

इन्टरनेशनल डिष्ट्रिब्यूटर्स प्रा.लि.ले फ्रान्सको आर्क इन्टरनेशनल टेबलवेयर कम्पनीका उत्पादनहरू नेपाली बजारमा ल्याएको छ। आर्कले उत्पादन गरेका ड्रिक्स र डाइनिङको लागि चाहिने ग्लासवेयर र ओपलवेयर अब नेपालमा पाइने छन्। आर्कका उत्पादनहरूमा खास गरेर होटल, रेस्टुरेन्ट, क्याटरिङ र हस्पिटालिटी क्षेत्रका लागि आकर्षक ग्लास, भास र डेकोरेटिभ एसेसरिजको कलेक्सन बिक्री हुने इन्टरनेशनल डिष्ट्रिब्यूटर्स प्रा.लि.ले जनाएको छ।

हिमालय ले कोलोम्बो उडान भर्ने

हिमालय एअरलाइन्सले १५ असोजदेखि काठमाडौं–कोलोम्बो नियमित उडान गर्ने भएको छ। हिमालय का भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले कोलोम्बो उडानबारे जानकारी दिंदै दुई देशबीच वर्षौंदेखिको यात्रुहरूको चापलाई अध्ययन गरेर यो गन्तव्य शुरु गर्ने निर्णय गरेको बताए। “यसबाट दुई देशबीच पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौं”, श्रेष्ठले भने। हिमालय को ८ बिजनेस र १५० इकोनोमी क्लाससहित १५८ सीट क्षमताको एअरबस ३२०–२१४ ले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार नयाँ रुटमा उडान भर्नेछ।

आईएमई को नयाँ योजना

आईएमई लिमिटेडले दशैं–तिहार लक्षित 'आईएमई हात हुँदैन खाली' योजना सार्वजनिक गरेको छ। असोजभर लागू हुने यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टिसर्ट, क्याप, टर्च, सपिङ्ग व्याग, पेन, स्टेशनरी सेट आदि उपहार पाउने छन्। त्यस्तै दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही दुई वटा चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराइनेछ भने साप्ताहिक लक्की ड्रमा विजयी हुनेलाई प्रत्येक हप्ता एक जनाको दरले चारवटा यूएम स्कूटर प्रदान गरिने कम्पनीले जनाएको छ।

कोकाकोला को दशैंतिहार योजना

कोकाकोला ले दशैंतिहारलाई लक्षित गरेर नयाँ योजना 'मन खोलौं कोकसँग' ल्याएको छ। यो योजना अन्तर्गत जीवनका १५ महत्वपूर्ण सम्बन्ध दर्शाउने गरी १५ वटा सन्देशसहितका नयाँ लेबलप्याक सार्वजनिक गरिएको छ। ती सम्बन्धहरू नियमित लोगोको स्थानमा राखिएको कम्पनीले जनाएको छ। मनपरेका व्यक्तिहरूका लागि चाहेको प्याक खरीद गरेर सन्देशसहित उपहार दिन सकिने जानकारी कोकाकोला नेपालका देशीय निर्देशक अलोक कोहलीले दिएका छन्।


सिटीजन्स ब्यांक इन्टरनेशनल लिमिटेडले नुवाकोटको नजरामण्डप गाविसमा शाखारहित सेवा शुरु गरेको छ। यु.के. एडको लगानीमा सञ्चालित सक्षम–एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा सिटीजन्सको यो सेवा शुरु भएको हो। नजरामण्डपमा अब निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरणलगायत ब्यांकिङ सेवाहरू उपलब्ध हुनेछ।

एभरेष्ट ब्यांकले सिंहदरबार परिसरमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ। २ असोजमा अर्थ सचिव शान्तराज सुवेदी र ब्यांकका प्रमुख कार्यकारी अधिकृत ए.के. हलुवालियाले उद्घाटन गरेको यो सहित एभरेष्टका एटीएम संख्या ८६ पुगेको छ। देशभर एभरेष्टका ६१ शाखा, ५ एक्सटेन्सन काउन्टर र २४ राजश्व संकलन काउन्टर छन्।

comments powered by Disqus

रमझम